चन्द्र तामाङ्ग, कुवेत
भावना जीवन अचम्मको नियम बोकेको प्रतिमुर्ती हो तर यो प्रतिमुर्तिको यथास्थिती भित्रको रहस्यामा लुकेको बिकिरणहरु धेरै हुन्छन, यस्को निर्मूलिकरण के हो भन्ने पत्ता सबैले लगएका छन । किन्तु लागु हुन सकेको छैन, आखिर किन यस्तो भएको होला ? यहाँ यहाँ बुझाई र सोंचाइ भित्र तार्किक अन्तरभिन्नता छन । अन कन्ट्रोल माउसले क्लिक गरेझैं, अनर्थको पेजहरु डिस्प्ले भएका छन । तर अन कन्ट्रोल माउसलाई कन्ट्रोल गर्ने मुल फर्मुला के हो भन्ने बुझाई भएमा मात्र शाब्दिक खोजलाई सहि मार्गसुत्रमा परिमार्जन गर्न सकिन्छ ।
प्रवासमा बालुवा नै बलुवाको पहाड र उराठले जीवनका सोंचनै भङ्ग गर्न खोज्छ, रफ्तार र दौडानहरुमा म ठिङ्ग समुन्द्रको किनारमा गएर उभिन्छु अनी अनवरत यात्रा शुरु हुन्छ पानी पनि उत्ताउलो बनेर छछल्की दिन्छ असार पछीको बर्षा झैं । किनार लागेका पानीका कणहरु आतुरमा क्षितिजतिर रफ्तार बढाउँछ, दुरीहरु अन्तरकोणमा बिभाजित हुन्छन, सतही क्षितिजमा किनराबाट पनि पराइ हुँदै जान्छ, आखिर किन प्रकृति सँग पनि मेरो बिछन्दको अभिवादनहरु… यो धर्ती श्रष्टाले अनुकल नीतिहरु लागु गरेर सृर्जना गर्नु भएको छ ।
भावना रहरहरु परिवन्दको फन्दामा परिणत भएका छन् । अलग अलग क्षेत्रमा भावनाको बस्ती- जहाँ जुन बस्तिमा हामी रहेपनी हाम्रो जीवनको मुलधार भनेको नयाँ चिनारी र खोज सँग जोडीएका छन, हाम्रा आत्महरु अलग परिवेशमा चित्कार र थकानको सुस्केरा हैन बुलन्दको ध्वनी रन्जित आवाजहरु खोजिरहेका छन, कसमहरु पानी भित्रको अक्षर जस्तो हैन पूर्णता दिने प्रतिज्ञा गरिरहेका छन । हामीले यी सबै बाचा पुरा गर्न चूनौतीपूर्ण यात्राको भागी बन्नै छ । हामी अलग छौं त्यो भनेको मात्र नक्साको आधारपद हो, भावना भित्रको संसारमा हामी एकदम नजिक छौं । यो दुरी मात्र स्मरण अनी क्षणभरको दुरी जब यादहरु आउँछन मिलनको एक खास्टो ओढेर… संगमको चौतारीमा दुरीहरु खुम्चिदिन्छ स्नेहको गहन अर्थबोध गरेर…
छोरीको पनि आवाज प्रष्फुटन भएको छैन होला, अझै २,४ महिना लाग्ला त्यसैले सबैभन्दा धेरै समय शुभालाई नै दिनु किनभने बिमार हुँदा अर्ध संकेतले स्पष्ट हुन धेरै कठिन हुन्छ । भावना जगबिरे काकाको पनी यो महिना सबै रकम म चुक्ता गरी दिन्छु सबै ॠणहरु ४ महिनामा फत्ते हुनेछ । राष्ट्र र राष्ट्रियता निम्ती हामीले दिने चुनौतीपूर्ण र अमिट कार्यपङ्तीहरु पनि धेरै छन । शुभाको ख्याल गर्दै भएपनि तिम्रा यात्राको रफ्तरमा रत्तिभर पनि आँच आउनु हुन्न । मलाई थाहा छ तिमी एक निडर स्त्री हौ जसलाई झिनो मसिनो समस्याले कहिल्यै दुर्बल बनाउन सक्दैन । सुबिधा सम्पन्न बन्न आजको संसार आतुर छ सडक, चोक, गल्ली र बस्तीहरुमा मानिसको पाइला परि नसक्दै अर्को पाइलाको गतिशिलता अगाडि हुईंकिसकेको हुन्छ । मनिस चिन्तन सँग भन्दा धेरै भन्दा धेरै चरम सुख र सस्तो चिज सँग सुबिधा भोगी हुँदै छन ।
कुन चाहीं बाटो बिराइरहेका छन यात्रीहरुले…. भावना तिम्रो नयाँ सोध र अनुसन्धानले समाजको नयाँ पाटा र लोप भएका गन्तब्यलाई स्पष्ट रुपमा Recovery गरी अनन्त सम्म हिंड्ने एक नयाँ परिमार्जनशिल गोरेटो बनाउनु छ । जुन भोलीका दिनमा धेरै पिडिहरुको सिंडी बन्न सकोस । यात्रा हो जिन्दगी सँग रङ, बिरङ, तिरङ र अपबादहरु धेरै छन । यहाँ अपबादको नियम चलन चल्तिमा लिनेहरुको जमात धेरै छ तर त्यो भनेको सदा र अटल भने हुन्न सक्दैन… किनभनें यि बाटाहरु भौतिक दुनियाँमा क्षणिक सुबिधा भोगीहरुको बिकल्प मात्र हुन । तर आम जनमानस र यसको स्थायि सुबिधा, शान्ति र एककेन्द्रीकरणको खोजी आजसम्म संसारमा रहस्यमयनै बन्दै गएको छ । जती जती मन्थिगलले गहिराइमा गएर अन्तर गहिराइबाट ज्ञानका नयाँ सन्देशहरु रगत रेशिकामा प्रत्यारोपण गरेर नयाँ प्रभुत्व जमाउन थाल्छ तब नयाँ सन्देहको राज्य पूर्णता प्राप्ती गर्दै जानेछ । यो नियमबाट शायद अन्तिम पत्र र अन्तिम भोज खाने पात्रहरु चरम सन्तुष्टीको उपयोगीता लिन सक्नेछन ।
अन्तिम पत्रको नवौं अध्याय पुन…
















































Dear Chandra, hajur ko lekha parti nikai ni yatharta haru lukekaa chhan . yatharta sagai hajurko kalam kahile pani narokiyosa yahi mero hajurlai subhakaamanaa
Ramesh ( Kuwait)
पहिलो देखि आठौं अध्याय सम्म का पत्रका भावना ले अब त मनै मन-मग्ध भएर आयो अत्यान्तै एकोहोरिएर पढ्ने गर्छु पलभर को लागी अन्तिम पत्रको दुनियामा हराउन पाउदा धेरै रमाइलो महसुस हुने रहेछ प्यारा चन्द्र जी सबै अध्याय उत्तिकै गहकिला र रटिक छन् मरुभूमि को तातो भुमि मा रुखको छायाँ नपाएर रुमल्ली रहेको मन तपाइको अन्तिम पत्रको नवौ अध्याय को पर्खाइमा छ l
मनोज काफ्ले “मनसुन”
मोबाइल नम्बर 99646183
Email – manojmansun@yahoo.com
sarai ramro kahani lai mode dinu bhayeraheko ma lekhak lai dherai dhera dhanyabad……
Thankx priyaa mitra haru hajurharuko maya mamata ra lekh padhera yestai mitho support milekoma ma hajur haru parti aabhari chu ma aasha garrchu. mero galti-kami-kamjori bhayama sallha, Sujab dinu hola. tapai haruko sallha sujhabnaui yo lekh ko purnu sakti ra sudharane aabasar ho.
Thankx all the best
Chandra