सुन तोलाको ३६ हजार नाघ्यो


 
काठमाडौं, जेठ २६ (नागरिक)- अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि नेपालमा पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। मंगलबार सुनको कारोबार सकिँदा प्रतितोला ३६ हजार २ सय पुगेको छ। सोमबार कारोबार सकिँदा ३६ हजार ५० रुपैयाँ थियो।
युरोपियन युनियनमा आर्थिक संकट परेपछि एकाएक सुनको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले जनाए।
युरोपेली देश ग्रिस, हंगेरी, युगोस्लाभाकिया, स्पेन र पोर्चुगलमा आर्थिक संकट परेपछि अन्तर्राष्ट्रिय सुन बजारमा प्रभाव परेको हो। गत जेठ १९ गतेदेखि बढ्न थालेको मूल्य अहिलेसम्मकै बढी मूल्य रहेको शाक्यले बताए।
विश्व बजारमा सोमबारभन्दा १८ डलरले भाउ बढेको छ। अघिल्लो दिन प्रतिऔंस १ हजार २ सय १८ डलर थियो भने मंगलबार बढेर प्रतिऔंस १ हजार २ सय ३७ पुगेको छ। विश्व बजारमा १ डलर बढ्दा नेपालमा प्रतिदसग्राम २० देखि २५ रुपैयाँसम्म भाउ बढ्छ।
‘आर्थिक संकट पर्न थालेपछि मानिसहरु सुनतिर लगानी गर्न थाले,’ शाक्यले भने, ‘सुन लगानीको लागि भरपार्दो र सुरक्षित क्षेत्र हो।’
यसैगरी अनतर्राष्ट्रिय जगतमा सेयर कारोबार पनि घट्न थालेपछि सुनको भाउ बढ्न थालेको हो। ‘सबैको लगानीको आकर्षण सुन बन्यो,’ शाक्यले भने।
नेपालमा सुनको भाउ बढ्नुमा भारतीय रुपैयाँ डलरको तुलनामा कमजोर भएर पनि आकासिएको छ। यस्तै अवस्था रही आएमा अझै केही दिन बढ्ने अनुमान व्यवसायीले लागाएका छन्। प्रतितोला चालीस हजारसम्म पुग्न सक्छ शाक्यले भने, नेपालमा त बिहेको मौसम पनि छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s