
प्रेस विज्ञप्ति
नेपालबाट सोझै वा अन्य कुनै विदेशी मुलुकबाट कुवेतमा प्राइभेट सर्भेन्ट भिषामा (जसलाइ भिषा नं २० वा खादिम भिषा वा प्राइभेट सर्भेन्ट भिषा पनि भनिन्छ) र भिजिट वा इन्ट्री भीषामा कुवेत आइ कुवेतको रेसिडेन्सि भीषा लिएर काम गर्न चाहने नेपाली कामदारहरूको (हाउसमेड लगायत घरको काम गर्ने ड्राइभर, सेक्युरिटी गार्ड, खेतीमा काम गर्ने) सम्बन्धमा नेपाली राजदूतावास, कुवेतले प्रमाणित गरेको सक्कल करारनामा का साथै देहाय बमोजिमका कागजातहरू नभइकन कसैको पनि यहांको रेसिडेन्सि भीषा (आवासीय भीषा) नलाग्ने भएकोले सम्बन्धित सरकारी तथा गैह्र सरकारी निकायको जानकारीको लागि अनुरोध गरिएको छ । साथै यहां काम गर्न आउन चाहने कामदारहरूले पनि दूतावासबाट प्रमाणित गरेको करारनामाका अलावा तल लेखिएका कागजहरू प्राप्त गरेपछि मात्र नेपालबाट उडान गर्नुहुन अनुरोध गरिएको छ ।
क. विमा पोलिसिको कागजात
ख. सर्भिस Certiificate
ग. कामदारको नाममा कुवेती सरकारले जारी गरेको भिषा पेपर
घ. नेपाल प्रहरीबाट सम्बन्धित कामदारका नाममा जारी भएको र सो मा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखाबाट प्रमाणित गरिएको चालचलन प्रमाणपत्र (Police Clearance Certificate)
दूतावासबाट प्रमाणित भएका नामावली सहितका कागजातहरूको विवरण यस दूतावासको वेभ साइट http://kuwait.mofa.gov.np मा पनि राखिने छ ।

















































कुवेत मा भएको नेपाली दुत्तावास ले प्रकाशित गरेको भिसा को सुचना बारेमा खुसी कुरा थियो तर दुत्ता वास ले कुवेत को घरेलू कामदार ऑफिस हरुलाई इजाजत दिएर घरेलू कामदार लाउने कुरा बाहिर आएको छ कति को साचो हो/-यदि दुत्तावास ले साचिकई इजाजत दिएर कुवेत मा घरेलू कामदार भित्राउने हो भने अझै नेपाली चेली हरू कुवेत मा खसी को भाऊ मा बिक्री हुने जस्ताको तस्तै हुने भयो/-अहिले सम्म कुवेत मा घरेलू कामदार माँ आउने देश हरू नेपाल, इंडिया, इन्दोनिसिया, श्रीलंका,फिलिपीन,इथोपिया, तर यी मुलुक हरुले अहिले सम्म कुनै घरेलू कामदार लाउने ऑफिस हरू लाई इजाजत दिएको थाहा छैन/-यदि हाम्रो दुत्तावास ले त्यसरी इजाजत दिएर काम गर्नु लाई उचित होला जस्तो लाग्दीन/- कुवेत मा १९ बर्ष को बसाई मा भोगेको कुरा १९९८ मा जून बेला नेपाली चेली कानी शेर्पा को कुवेत मा निधन भएको थियो/-त्यति बेला देखि नेपाल सरकारले खाड़ी मुलुक हरुमा नेपाली घरेलू कामदार मा आउने नेपाली चिली हरुलाई प्रतिबंद लगाएको थियो/-तर कुवेत मा भएको नेपाली दुत्तावास ले घरेलू कामदार लाउने प्रतिक्रिया मा ध्यान दिनु पर्ने कुरा हरू:
१.कुवेत मा भएको नेपाली दुत्तावास ले स्पोंसर को प्रमाणित गर्नु पर्ने:
२. स्पोंसर को प्रमाणित गर्दा स्पोंसर को पासपोर्ट कपि कुवेत सिटीजन कार्ड को कपि पराईभेत या कुनै सरकारी निकाय मा काम गर्ने भय कंपनी बात सेलरी सार्टिफिकेट उपलब्ध भय मात्र भिसा को प्रतिकिरिया को लागि इजाजत दिने/-
३. जसलाई घरेलू कामदार को जरुर भएको हो त्यही ब्यक्ति आएर दुत्तावास बात इजाजत लिनू पर्ने/-
४.इजाजत दिनु भन्दा पहिला दुत्तावास को कानूनी तरह को कागजात मा सही छाप लगाउने/-
५.भिसा प्राप्त भई सके पछि नेपाल पठाउनु भन्दा पहिला दुत्तावास ले प्रमाणित गरेर नेपाल बात घरेलू काम दार आउन को लागि श्रम मंत्रालय लाई इजाजत दिने/- यसरी प्रतिकिरिया पूरा गरेर घरेलु कामदार कुवेत मा आएर कुनै समस्या परि आएमा कुवेत मा भएको दुत्तावास र नेपाल सरकार लाई काम गर्नु सजिलो हुने छ/
६. कुवेत को घरेलू कामदार ऑफिस मार्फत नै दोकुमेंट उपलब्ध हुने छन तर दुत्तावास मा इजाजत लिने प्रतिकिरिया स्पोंसर नै उपस्थित भएर इजाजत लिनू पर्ने कानून दुत्तावास ले बनाउनु पर्ने छ/-
कुनै पनि प्रतिकिरिया नभएर कानून हुडा हुदै पनि घरेलू कामदार ऑफिस मा काम गर्ने दलाल हरुले हजारौ नेपाली चेली हरुलाई बिचिल्ली परेको छन/-ति कुरा अहिले हाम्रो दुत्तावास ले ब्यहोर्नु परेको छ/-नेपाली एजेंट हरू जो कोही घरेलू कामदार ऑफिस मा काम गर्ने हरुलाई इजाजत दिनु कानूनी तरह बात मिलने जस्तो मलाई लाग्दीन/- दुत्तावास ले त्यसरी प्रतिक्रिया पूरा गरे स्पोंसर नै जिमेवार हुने छ/-यदि स्पोंसर ले कुनै कानून मिचे स्पोंसर को पूरा प्रमाण दुत्तावास मा हुने छ, दुत्तावास लाई काम गर्नु को लागि सजिलो हुनेछ/- यो कानूनी प्रतिक्रिया पूरा गरेमा अहिले को हालतमा जस्तो ति घरेलु कामदार हरू दुत्तावास को सरण लिनू पनि आबस्यक हुने छैन/-
७. अहिले दुत्तावास मा सरण लिन आएको घरेलू कामदार हरुको न त भनेको बेलामा स्पोंसर फेला परछन न त ऑफिस मा काम गर्ने दलाल नै/-
धन्य बाद
दिल बहादुर पुन
कुवेत
good news
tar nepali embassy ley yestoo kisim ley garnu saknu pareyoo
if i need to change my name what i have to do?how i can change the name?it will be greatful if u provide the details.thanks
with regards
Maila
LIKHIT NIYAM KANUN KO BEWASTA GARI BHARTIYA BOTO HUDAI NEPALI CHELI KO CHRANBADDHA TARIKA LE NAITIK, MANSIK r SARIRIK SOSHAN GARDAI KUWAITI KO DHOKA SAMMA PURYAUNE SAMMANNIYA NEPALI r GAIRNEPALI HARU LE KAILE BUJHLAN NEPALI CHELI KO PIR-MARKA/KASLE JOGAU6 NEPALI KO NAAAAK