धमाधम अपहरणमा पर्दै मलेसियामा नेपाली

रुसाहाङ चेम्जोङ, क्वालालम्पुर । मलेसियामा श्रम गरिरहेका नेपाली कामदार पछिल्ला दिनमा धमाधम अपहरणमा पर्न थालेका छन् । अपहरण र लुटपाटका घटना भइरहने मलेसियामा पछिल्लो दिनमा नेपाली कामदार अपहरणकारीको निशाना बन्न थालेका छन् । गत एक महिनामा मात्र तीन जना नेपाली कामदार अपहरणमा परेका छन् ।

गत मे १ तारिख साँझ जोहोरबारुबाट क्वालालम्पुर आउने क्रममा बुकितजालीलस्थित बस स्टेसनबाट राजेन्द्र आलेमगर अपहरणमा परेका थिए । दुई हजार ९ सय रिंगेट अर्थात करिव ६४ हजार रुपैयाँ फिरौती बुझाएर आलेममगर ६ दिनपछि अपहरणमुक्त भए ।

त्यसको भोलीपल्टै मलेसियाकै मेरुस्थित एक कम्पनीमा कार्यरत अजयबहादुर ठडाराई ड्युटी सकेर होस्टल फर्किदैगर्दा बाटाबाटै अपहरणमा परे । उनको अबस्था अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन् । स्थानीय प्रहरी स्टेशनलाई अपहरणबारे जानकारी गराएपछि बिभिन्न स्थानमा छापा मारिएपनि अपहरित राई र अपहरणकारीको टुंगो लाग्न सकेको छैन् । अपहरणकारीले ३ हजार रिंगेट फिरौती मागेकोमा २ हजार दुई सय रिंगेट बुझाएपनि बाँकी रकम बुझाउन नसक्दा उनी अझै अज्ञात छन् ।

1 अपहरणमुक्त भएपछि त्यसबारे जानकारी दिंदै मदनकुमार नेम्वाङ

 त्यस्तै जोहोरबारु राज्यको गेलाङपातास्थित एक कम्पनीमा कार्यरत मदनकुमार लिम्बूलाई यही मे १४ का दिन अपहरण गरिएको छ । काम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिले फोन गरी नजिकैको रेष्टुरामा भेट्न बोलाएपछि उनी आफ्नो मोटरसाइकलमा त्यहाँ पुगेका थिए । अपहरणकारीले रेष्टुरेष्टबाट उनलाई आफ्नो कोठासम्म पुर्‍याउन अनुरोध गरेपछि आफ्नो मोटरसाइकलसँगै उनी अपहरणमा परेका हुन । अपहरण गरेको दुईदिन पछि अपहरणकारीहरुले मागेको १० हजार रिंगेट फिरौती बुझाई मुक्त भएका छन् ।

मदनको अपहरणमा संलग्न रहेको आशंकामा गत शनिबार कोतारायास्थित स्थानीय चाईनिज रेष्टुरेण्टमा काम गरीरहेको अवस्थामा तोकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरिएको छ । निज तामाङ धादिङ निवासी हुन । नेपालीकै प्रत्यक्ष अप्रत्यक्ष संलग्नतामा नेपाली श्रमिकहरुको अपहरण भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सामान्य कमाई भएका नेपाली श्रमिकको अपहरण गरि हजारौं रिंगेट फिरौती माग्न थालिएपछि मलेसियामा रहेका नेपाली श्रमिक र ब्यबसायीहरु आतंकित हुन थालेका छन् ।

दुई बर्षअघि पनि मलेसियामा ब्यबसाय गरिरहेका नेपाली ब्यबसायीको अपहरण तिब्र भएको थियो । नेपाली दूतावास र ब्यबसायीको पहलमा केही ब्यक्तिलाई प्रहरी जिम्मा लगाएपछि शान्त बनेको मलेसिया पुनः आतंकित बन्न थालेको छ । मलेसियामा करिव पांच लाख नेपाली कामदार कार्यरत रहेको अनुमान गरिन्छ । क्वालालम्पुरको कोतारायसहित मुख्य शहरहरुमा नेपाली ब्यबसायीहरुले रेमिट्यान्स, रेष्टुँरा तथा पसल सञ्चालन गर्दै आएका छन् ।

 अपहरणमा संलग्न रहेको आशंकामा धादिङ घर भएका तोकबहादुर तामाङलाइ पक्राउ गर्दै मलेसियन प्रहरी अपहरणमा संलग्न रहेको आशंकामा धादिङ घर भएका तोकबहादुर तामाङलाइ पक्राउ गर्दै मलेसियन प्रहरी

 गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष शंकरबहादुर पौडेलले बाहिर हिड्दा सजकता अपनाउन श्रमिकहरुलाई सुझाव दिनुभएको छ । अपरिचित मानिसले बोलाएका स्थानमा नजान, एक्लै नहिड्न तथा आफुले प्रयोग गरेको ट्याक्सी नम्बरको जानकारी लिएर आफ्ना साथीहरुलाई एसएमएसमार्फत जानकारी गराउन पौडेलले आग्रह गर्नुभयो । ‘यसो भयो भने अपहरणमा परिहाले पनि अपराधीलाई पत्ता लगाउन र पक्राउ गर्न सजिलो हुन्छ’- पौडेलले भन्नुभयो ।

Source : Onlinekhabar 

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s