नयाँ नेपालको परिकल्पना


चन्द्र तामाङ्ग, कुवेत 

बिबिधता प्रकृति सम्पदाले भरिएको हाम्रो देश नेपालको पहिचान बिश्वमा अलग छ । धेरै जात जाती, भाषा भाषी मिलेको भु-भाग हिमाल, पहाड र  तराइ सबै किसिमको धर्म, संस्कृति कती सुन्दर लाली गुराँस देखी टाकी हुने मौसमी अन्तर भिन्नता, लाग्छ मेरो नेपाल मेरो लागि सृजिएको ।  तर कती मनिसले म भनेको सुन्छु- अभिषाप भु-बनावाट  Land Lock ले मुलुक बिकास र उन्नतिको गतिशीलतामा दौडिन नसकेको भनेको सुन्दा मेरो मन दुख्छ, म छट्पटिन्छु बादबिबाद र प्रतिबादमा उत्रिन्छु । त्यसो भए भुटान, सिक्किम र दार्जीलिङ हामी भन्दा अग्र बिकास गतिमा छन किन ? 

नेपाल आफुमानै पूर्ण छ तर यहाँ हुने छक्का- पञ्जाको खेल डरलाग्दो छ । राज्यका नेताहरु अल्छी भएका छन, जहाँ पनि कमिसन र घुसतन्त्रको जड अग्रगामी छ । यी महान पुरुषहरुको बुद्धी सप्रिय धेरै रफ्तरमा नेपालको बिकास हुन सक्छ । हाम्रो सामु धेरै बिकासित देशको उदाहरणहरु छन, विश्वयुद्वमा सखाप भएको हिरोसिमा र नगसिकी शहर कती रफ्तरमा बिकास भयो । मलेसिया, सिङ्गापुर र दक्षिण कोरियाले कती रफ्तरमा देशलाई आर्थिक सम्पन्नता बनाए, के यो कडा मेहनत बिना सम्भव छ ? निश्चितरुपमा सम्भब छैन । तिनी र हामीमा आज पनि धेरै अन्तर भिन्न छ, एक जापानिज र कोरियली नागरिक १२ देखी १६ घण्टा काम गर्छन् त्यो पनि मेसिन सरी तर हामीलाई ८ घण्टा काम गरेपछी थकाई लाग्छ अनी ८ घण्टा सुत्नै पर्छ त्यसपछी बचेको समय बकम्फुशे गफगाफमा व्यस्त राजनीतिक र धार्मिक अनी खुइलिएको दन्ते कथामा । नभएका हैनन थोरै मात्रमा नेपालीहरु मेहेनती, असल र परिबर्तनशिल छन तर त्यतीले मात्र मुलुकमा बिकास सम्भव छैन । नयाँ नेपालको, नयाँ कल्पना अनुरुप धेरै असल र मेहेनती मनिसहरुको देशलाई खाँचो छ । मुलुकलाई अनी मात्र नयाँ कल्पनाको नेपाल बनाउन सम्भव हुन्छ ।

गाँठी कुरा के छ भनें हामी मेहेनती, इमन्दारी र असल नागरिक मात्र हुने हो भनें मुलुकलाई १० बर्षमा आर्थिक सम्पन्न राष्ट बनाउन सकिन्छ । हामी सँग पूँजी नभएर बिकास नभएको हैन नेपाल र नेपाली सँग पूँजी धेरै छ तर पूँजी चलयमान बनाउने रुप रेखाहरु गलत छन यो कुरा धुर्बसत्य हो । यदी नेपालमा पर्यटकिय क्षेत्र, कृषि क्षेत्र, मात्र दिलोज्यान दिएर लाग्न सके हामीले विश्वका सामु १० बर्षा भित्र नयाँ नेपाल भनेर नयाँ पहिचान देखाउन सक्छौं । पर्यटकिय क्षेत्रमा आमुल नयाँ परीयोजनाको आधारमा बिकास हुनु पर्छ, सडक पुल-पुलेशो र निकुञ्ज क्षेत्रमा सर सफाइ, ताल क्षेत्रमा नयाँ आधुनिक यन्त्रको थप प्रवन्ध, पहाडी पर्यटकिय क्षेत्रको पहिचान गरी लगानी र यातायातको सुविधा यो सबै काम हाम्रो नेपाली जनशक्तीले नै गर्नुपर्छ । हिमाली क्षेत्रमा अझ प्रभाबकारी सेवा सुविधा सपन्न ५ तारे देखी स-साना होटल ब्यावस्थापन गर्ने Wel-come का शब्दवलीहरु देश र कुन मुलको आगन्तुक हो भनी पहिचान गरी वेलकम कोटको सिर्जना गर्ने अनी राजनीति स्थिरता हुने हो भने पर्यटक संख्या निचित्तरुपमा बढोत्तरी हुने छ ।

अर्को पाटा १ गाँउ १ उत्पादनको नीति लागु गरी कृषिकलाई प्रोतोसाहन गर्ने जमिनको उर्बरा क्षमता अनुसार बस्तु उत्पादनमा जोड दिने । हामीले किन स्याउ अष्ट्रेलियन आयत गर्ने ? नेपालको पहाडी क्षेत्रको स्याउले नै नेपाली बजार पूर्ण सप्लाई गर्न सकिन्छ । नेपालमा तालुखुइले झैं खुईलिएको डाँडामा ईलामको जस्तै चिया खेती हुन्छ । अलैंची र अम्लिसोको उत्पादनले नै बिश्व बजारनै पूर्ती गर्न सकिन्छ । सबै नेपाली जनशक्तीलाई देशमा नै रोजगारी मिल्छ सक्छ । मुल्लाको भेंडा गोठबाट सबै नेपालीलाई मुक्ती मिल्नेछ, हामी आशा गरौं छिट्टै नयाँ कल्पनाको नेपाल सृजना होस् ।

One Response to नयाँ नेपालको परिकल्पना

  1. Ati mitho lagoyo hajur ko socha haru, tapai jasta mihineti nepal ko lagi khacho chha….. all the best keep it up.

    Ramesh.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s