नयाँ पत्रिका, काठमाडौं, १९ जेठ, राजधानीको कपनस्थित एक प्रहरी निरीक्षकको घरमा काम गर्न बसेका बालमजदुरले चरम यातना पाएका छन् । उनलाई आइरन तताएर जताततै डामिएको तथा शरीरमा चक्कुले काटेर नुन-खुर्सानी हालिएको अवस्थामा उद्दार गरिएको छ ।
झापा गौरीगन्ज-७ का १४ वर्षीय घनश्याम महतोलाई प्रहरी निरीक्षक चेतबहादुर पाठककी श्रीमती सुशीला पाठकले यस्तो यातना दिएकी हुन् । बुधबार साँझ स्वास्थ्यउपचारका लागि कान्ति बालअस्पताल पुर्याइएका बालकको पूरै शरीरभरि पोलेर छाला खुइलिएको, ओठ काटिएको र अनुहार पूरै सुन्निएको छ । पैसा चोरेको निहुँमा आफूलाई यस्तो यातना दिइएको पीडित बालकले बताएका छन् ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी निरीक्षक पाठकले महतोलाई गएको दसैँमा घरमा काम गर्न ल्याएका थिए । पाठकको सालोको अफिसमा काम गर्ने एक महिलाको अनुरोधमा काठमाडौं आएको महतोले बताए । पैसा दिने सर्तमा काठमाडौं आए पनि हालसम्म कुनै पारिश्रमिक नपाएको उनको भनाइ छ ।
‘आउँदा पैसा पनि दिउँला भनिएको थियो, तर अहिलेसम्म एक रुपैयाँ पनि पाएको छैन,’ उनले भने । निरीक्षककी पत्नी पाठकले हराएको पैसा नपाएसम्म छाड्दिनँ भन्दै हातखुट्टा बाँधेर पिटेको पनि उनले बताए । ‘आलु ताछ्नेले खुट्टाको छाला नै ताछिदिए,’ उनले रुँदै भने ।
यातना सहन नसकी हराएको पैसा चुक्ता नहुन्जेल भाँडा माझ्छु, नपिट्नूस् भन्दै रोइकराई गर्दा पनि नसुनेको उनले बताए । ‘देख्दै नदेखेको पैसा मैले कहाँबाट ल्याउनु ?’ उनले भने । पीडित बालकका अनुसार श्रीमती पाठकले यातना दिँदै गर्दा उनकी छोरी पनि घरमै थिइन् । ‘म रोएँ, चिच्याएँ, तर कोही आएन, कसैले पनि सुनेन,’ उनले भने । दिदीले दिएको यातनाले नपुगेर उनका भाइले समेत मुखमा लात्ती हानेका थिए ।
बाबुआमा सानैमा बितेको र फुपूले आफूलाई भीख मागेर हुर्काएको बालकले सुनाए । प्रहरी निरीक्षक पाठकको घरमा आउनुअघि उनी होटलमा भाँडा माझ्थे । ‘घर, सम्पत्ति, बाबुआमा कोही पनि छैनन्, सानै छँदा बितेका हुन्,’ उनले भने ।
पाठककी श्रीमती सुशीलाले यसअघि पनि यातना दिने गरेको उनको भनाइ छ । भात पकाउँदा गिलो भए पनि पिट्थिन्,’ उनले भने, ‘भाँडा माज्दा प्लेट झर्यो भने पनि झम्टिन्थिन् ।’ घरका सबै काम उनैलाई लगाउने गरिएको थियो । ‘मालिकको कट्टु, पेन्टीदेखि मालिक्नीको म्याक्सी, पेटिकोटसम्म धुन्थेँ,’ उनले भने ।
मालिक्नीको पैसा कसरी हरायो ? भन्ने आफूलाई थाहा नभएको उनले बताए । ‘पैसा तैँले चोरेको होस्, निकाल्’ भन्दै कुटेकी थिइन् । बालकको शरीर पूरै डामेपछि श्रीमती पाठक बाहिरबाट ताल्चा लगाएर छतमा उक्लिन् । पछि घाइते बालकलाई भाँडा माझ्न भनेर ताल्चा खोलिदिएकी थिइन् ।
भाँडा माझ्ने बहानामा बालक बाहिर निस्केर नजिकैको पत्रिका पसलेको सहयोगमा बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविसको शरणमा पुगेका थिए ।
यसैबीच बालकलाई निरीक्षक पाठकले प्रहरीको सहयोग लिएर संस्थाको प्रतिनिधिबाट खोस्न खोजेका थिए । तर, स्थानीयवासीले प्रहरीको प्रतिकार गरे । बालकलाई उपचारको साटो घटना ढाकछोप गर्न खोजेपछि स्थानीयवासीले प्रतिकार गरेका हुन् । सो क्रममा भएको झडपमा परी केही स्थानीयवासीसमेत घाइते भएका छन् । यसैबीच प्रहरीले बुधबार साँझ पीडक सुशीला, प्रहरी निरीक्षक पाठक र अर्का एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ ।














































yoo randi lai bich road ma nango banayera kutdai ghumaunu parcha..
जुन देशमा रत्क्षेक नै भक्षेक भएपछी कस्को के लाग्छ र ? नेपालको कानुन कानुन बनाउने नै जानुन भनेझै नेपाल प्रहरिका उच्च पोस्टमा आसिन ब्यक्तिको घरमा काम गर्ने नाबालकलाई यसरी हदैसम्म गिरी भत्क्षेककी श्रीमती भनाउदिले ज्यानै जानेगरी कुटपिट गर्दा समेत हाम्रो देशको प्रशासन मौन छ | एक्त नाबालक र टुहुरो कामदार कामगर्न राखियको छ त्यो पनि बिना पारिश्र्मिकमै होला त्यमा पनि कुटपीट गरिन्छ यस्तो जघन्य अपराधीलाई कडा कार्वाही गर्नुको बदला २४ घण्टा बित्दा समेत रत्क्षेक प्रमुखहरु मौन छन किन ? मौन नहुन पनि किन | नेपाली जनता माथि जुन भत्क्षेकहरुले सबै भन्दा बड्ता अन्याय,अत्याचार,शोषण र दमन गर्छन् तिनै भत्क्षेकहरुलाई बिभुषण बाट सम्मानित गर्ने सरकारी निती भएपछी | राष्ट्रको मान,सम्मान,प्रतिष्ठा उच्च राख्नु त कता हो कता नाम र दाम कमाउन कै लागि रत्क्षेक भएकाहरु बाट शान्ती सुरक्षाको आशा गर्नु नै बेकार छ | होइन र ?
She is baldy bitch we should damn her @@@@@ very well guys
tyo randi lai sarir bhari chili dalera gham ma sutauna parcha dikkar hos talai randi. talai jindagi ma sukha hunna talai tyo bacha ko sarap lagcha.
yestoo manchey lai ta aagoo ma polnu parcha