अन्तिम पत्रको सातौं अध्याय


चन्द्र तामाङ्ग, कुवेत

जीवनमा जती बियोग भएपनी नयाँ चुनौती र नयाँ संघर्षलाई मुहर्त गर्नै पर्छ । जीवनका पाटामा धेरै किसिमका हर्ष, बिस्मतका आँशुहरु आउँछन । बियोगान्तको नियम र परिवन्द आनीको लाश आज खरानी भयो उसले दिएका ममताका दिवार ताजा छन् । उसका औंलाका किस्मतहरु मेरो जीवन हो । जसले आज म यो समाजमा आफ्नो पहिचान बनाएर बाँच्न सफल भएं । आनी तिमीलाई मेरो हार्दिक श्रदाञ्जली युगौं युग सम्म ……

मेरो रगतमा अस्तित्व रहेसम्म सबै कर्मका खेल हुन । भावना चाहँदा चाहँदै पनि  आनीले तिमीलाई आन्तिम पटक देख्न सक्नु भएन आनीको सपना पनि हाम्रो सन्तानलाई एक सक्षम र असल नागरिक बनाउनु भनेर बारम्बार भन्नु हुन्थ्यो । दैवको खेल आनीले शुभालाई देख्न सक्नु भएन यो समयको नियती हो यस्तै हुन्छ यहाँ …….

भावना घुम्ती र मोड जीवनको यात्रा अब म पनि आफ्नो मुलुकको जती ममता भएपनि यहाँबाट केही टाढा जानै छ । साहुको ॠण धेरै छ । जगबिरे साहुको पनि रकम दिने मितिले डाँडा काट्न लाग्यो । शुभालाई राम्रो ख्याल गर्नु एक बच्चाको लागि आमा र बाबु दुबैको ममताको धेरै खाँचो हुन्छ, भएपनी यहाँ विवसता छ । हामीमा दुबैले अलग अलग परिवेशमा संघर्ष गर्नु पर्ने वाध्यता, संसारमा हामी जस्ता धेरै युगल छन
जो एक आपसमा  अलग बसेर पनि धेरै ममता दिन सफल यो भनेको हरेक गरीब माथी लागु हुने कानून हो भावना म जान्छु तिमीलाई बेला बेला म फोन गर्दै गर्नेछु ।

बित्यासमा पनि रमाउने प्रयास गर्दैछु शुभा र तिम्रो सम्झनामा । तर तिमी बिचलित नहुनु जीवनमा कहिल्यै पनि रफ्तारलाई रोक्नु हुन्न, संघर्ष हाम्रो कोसेली मलाई ठिकै छ, तिमीलाई पनि सन्चै होला काम पनि ठीक छ । अब हाम्रो बिन्दु भनेको शुभालाई केही गराउने र उसको भबिष्यको बारेमा केही सोंच्नु छ । तिमी पनि समय मिलएर आफ्नो अध्ययनलाई अगाडी लानु । मैले केही रकम तलब आउनसाथ पठाई दिनेछु ।
कसलाई मन हुन्छ र आफ्नोलाई धेरै टाढा राखी बिदेशमा रगत, पसिना र आँशु बेच्न ? फेरिपनी यो हामी बिचको  गरीबीको वाध्यता हो भावना ।

संसारमा हामी जस्ता धेरै युगल छन् जो आफुलाई चुनौती दिंदै जीवनलाई अगाडी बढाउँछन् ममता र स्नेहलाई लिएर अलग अलग परिवेश र नयाँ सोधको खोजिमा भावना जीवन अर्थपूर्ण बनाउनु जती संघर्ष गरेर भएपनि साहुको ॠण तिरी सक्नासाथ म पनि नेपाल आउँछु । मलाई मेरो माटोले सिकाएको धेरै ज्ञान त्यो मैले जुन धर्तीमा टेक्दा पनि  भुल्नु हुँदैन, मेरो माटो, मेरो धर्ती, मेरो नेपाली पनको पहिचान,
मेरो आफ्नो मौलिकता, भेष-भुषा र भाषा मेरो कति नै बिकराल परिस्थितीमा पनि म नेपाली र मेरो नेपाल भनेर एक नेपालको पुरै मानवचित्रको प्रतिविम्ब मेरो मानसपाटलमा कैद नै छ, जहाँ म हुन्छु मेरो नेपाल हुन्छ मेरो साथ साथ… 
 
अन्तिम पत्रको आठौं अध्याय पुन…

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s