ओमान एयरलाई काठमाडौं उडानको अनुमति


ओमान एयरलाई नेपाल र ओमानबीच सीधा हवाई उडान गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुमति प्रदान गरेको छ । सो उडानसम्बन्धी सम्झौतामा नेपाल र ओमान सरकारबीच सम्झौतासमेत सम्पत्र भएको छ । ओमान एयरले आउँदो जुनको तेस्रो सातादेखि ओमान–काठमाडौं–ओमान खण्डमा प्रतिहप्ता सात उडान गर्ने योजना प्रस्तुत गरेको छ ।
ओमान एयरको उडान सञ्चालनले नेपाल सरकारले नेपाल पर्यटन वर्ष २०११ मा १० लाख पर्यटक भित्र्याउन राखेको लक्ष्य प्राप्तिमा थप टेवा पुग्ने विश्वास लिएको मन्त्रालयले जनाएको छ । नेपाल र ओमानबीचको सीधा हवाई सम्पर्कले वैदेशिक रोजगारीको सिलसिलामा ओमान जाने नेपालीलाई सहज हुने बताइएको छ ।

- रासस -

One Response to ओमान एयरलाई काठमाडौं उडानको अनुमति

  1. hey hey thats great news for us
    especially those who are working in oman and i hope its help for those peple who are working in this gulf country too.congrarulation for all nepaless.
    not only they should make contract with in kuwait airways also so that we can invite more tourist in nepal .in this coming new 2011.
    hope it will come come soon thanks

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s