साउदी अरबका गैर आवासीय नेपालीहरूले पीडित र असहाय नेपाली महीलालाई सहयोग गरे


राम श्रेष्ठ, साउदी अरब

“फर्क फर्क हे जाउ समाउ मानिसहरूको पाउ, मलम लगाउ आर्तहरूको चहर्‍याई रहेको घाउ”

मन्दिर जांदै गरेका यात्रीहरूलाई आफ्नो “यात्री” शिर्षकको कवितामा महाकवि लक्ष्मी प्रसाद देवकोटाले सम्बोधन गर्नुभएको उद्गार हो यो । यतिखेर साउदी अरबमा पुरूष कामदार मात्र होइन, हाउस मेडमा आएका अधिकांश महीला कामदारहरू पनी अत्यन्त पीडाका साथ नारकिय जीवन ब्यतित गर्दै रहेको तथ्य पटक पटक मिडियाहरू मार्फत सार्बजनिक भएकै छ । यिनै पीडित (आर्त) महीलाहरू जसलाई कतैबाट पनी सहयोग मिल्न नसकी असहाय अवस्थामा पुग्छन, लाई थोरै भए पनि सहयोग पुर्‍याउन हेतु बिभिन्न १२ जना श्रमजिवी गैर आवासीय नेपालीहरूले आफ्नो श्रमको आर्जनबाट कटौति गर्दै जनही ८५ साउदी रियालका दरले कुल सा.रि. १,०२० उठाई दोस्रो गणतन्त्र दिवसका अवसरमा शुक्रबार २८ मई २०१० का दिन नेपाली राजदुतावास रियादको प्रांगणमा आयोजित एक समारोहमा NRNA-NCC साउदी अरबका अध्यक्ष धरम के.सी. ले महामहीम राजदुत श्री हमिद अन्सारीज्युलाई हस्तान्तरण गर्नुभएको हो । यो सहयोग पुर्‍याउने दाता महानुभावहरूको नामावली यसप्रकार छ:

१. राजु सैयद, मध्यपुर्ब सह संयोजक, एनआरएनए आइसिसी
२. श्रीमति यास्मिन बेगम, मनोनित सदस्य, एनआरएनए आइसिसी
३. तारा भण्डारी, प्रमुख सल्लाहकार, एनआरएनए एनसिसी
४. चोला पाठक, सल्लाहकार, एनआरएनए एनसिसी
५. राजु पौडेल, सचिव, एनआरएनए एनसिसी
६. पुरूषोत्तम श्रेष्ठ, कोषाध्यक्ष, एनआरएनए एनसिसी
७. नारायण पासवान, सदस्य, एनआरएनए एनसिसी
८. शंकर श्रेष्ठ, अध्यक्ष, एनआरएनए आरसिसी अबकिक-अलहासा
९. रमेश भण्डारी, उपाध्यक्ष, एनआरएनए आरसिसी रियाद
१०. डम्बर तामांग, सदस्य, एनआरएनए आरसिसी दमाम
११. प्रेम ध्वज लामा, महा सचिव, नेपाली जन प्रगतिशिल मञ्च
१२. धरम के.सी., अध्यक्ष, एनआरएनए एनसिसी

साउदी अरबमा यस्तो सहयोग बेला बेलामा अन्य ब्यक्ती तथा संघ संस्थाहरूले पनी पुर्‍याउंदै आएका छन र पीडित महीलाहरूको पीडाको श्रींखला अन्त नभएसम्म या यसको उद्धारको स्थाई र प्रयाप्त ब्यवस्था नभएसम्म यस्तो सहयोगको आवश्यक्ता परिरहने धरातलीय यथार्थ देखिन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s