जेष्ठ १५, अभिनेत्री सञ्चिता लुइँटेललाई अज्ञात समूहले धम्क्याएपछि उनी भूमिगत हुनु परेको छ । निखिल उप्रेतीसँग वैवाहिक सम्बन्धमा बाँधिएर तीन महिनादेखि मुर्म्बई बसिरहेकी उनी बुधबार काठमाडौं आएकी हुन् । काठमाडौं फर्किएपछि राजधानीको भीमसेनगोला नजिक आफ्नो माइतीमा उनी बस्दै आएकी थिइन् । सञ्चिताको परिवारका अनुसार बिहीबारदेखि उनलाई विभिन्न किसिमका धम्की आउन थाले । एउटा अज्ञात समूहले शुक्रबार सञ्चितालाई माइतमा आएर ज्यानको धम्की दियो । जसका कारण सुरक्षाका लागि उनी शनिबारबाट राजधानीमै भूमिगत हुनु परेको छ ।
सञ्चितालाई हमला गर्न आउने समूहका बारेमा पारिवार स्रोतले स्पष्ट पार्न सकेको छैन । उनीहरू अज्ञात भएको मात्र पारिवारका तर्फाट जनाइयो । सञ्चिता शुक्रबार नै निखिलको सर्लाहीस्थित घर गएको चर्चा बजारमा नचलेको होइन । तर, उनी यतिबेला राजधानीमै भएको पारिवारक स्रोतका तर्फाट प्रस्ट्याइएको छ । उनी राजधानीमा सुरक्षित स्थानमा छन् । फिल्म ‘कोही मेरो’को स्वरांकनका लागि सञ्चिता काठमाडौं आएकी हुन् । सो फिल्मको स्वरांकन सकेलगत्तै उनी मुर्म्बई र्फकने छिन् ।
आलोक नेम्वाङको फिल्म ‘कोही मेरो’को डबिङका लागि उनी काठमाडौं आए पनि उनका थप दुईवटा फिल्मको डबिङ बाँकी नै छ । बाबुराम ढकालको फिल्म पर्खिराख है र विजय केरुङको बन्दीको पनि डबिङ बाँकी छ । उनी काठमाडौं भए पनि कहाँ छिन् भन्ने जानकारी आफूले अझै नपाएको पर्खिराख हैका निर्देशक बाबुरामले बताए । सञ्चिता आएका बेला आफ्नो फिल्मको डबिङ पूरा गर्न उनी पनि लागी परेका छन् ।
उता, विजय केरुङ पनि शुक्रबारबाट सञ्चितालाई भेट्ने प्रयासमा छन् । उनी पनि आफ्नो फिल्म बन्दीको डबिङका लागि सञ्चिताको पर्खाइमा थिए । आलोक नेम्वाङले भने सञ्चिताको डबिङ सोमबारबाट गराउँदै छन् ।
Source : Rajdhani
















































जव कसैलाइ ज्यान लिने धम्की आउँछ पीडित यहाँ छन उहाँ छन भनेर किन भन्नु पर्यो ! मिडियाले पीडितको पक्ष लिन खोजेको कि अपराधी गिरोहको? हेर्नुस् खबर पाइयो भनेर जे पनि लेखिदिने? सामजिक सुरक्षामा मेडियाको दायीत्वलाइ नभुल्नुहोस् बन्धुहरु !