बाह्र बजे नै सहमती किन ?


बिमल लामीछाने, कुवेत

२०६५ साल जेष्ट १४ गते पहिलो पटक संविधान सभाको बैठक बस्दा शायदै आम नेपाली जनमानसले सोंचेका थिए होलान, दुई बर्ष पुग्दा नपुग्दै राष्ट्रले यो किसिमको उधोगती पाउने छ । माओवादीलाई एक्ल्याउने शुरमा देखिएका कांग्रेस, एमाले देखी साना राजनैतिक दल अनि फौजी अनमत्तता बोकेको स्वयं माओवादीहरु पनि आजको अवस्थामा आम जनमानसलाई उत्तिकै जवाफदेहि छन । के जनताको नाम दिएर गरिएका हरेक चुनौतीहरुमा आजको आम मानसिकताले कल्पना गरेको नेपाल यही हो ? कुन खाले नेपाली जनता आज यस किसिमको नेपाल चाहन्छन ? राष्टको जिम्मेवारी लिएर तथाकथित यथस्थितबासका पक्षपोरकहरुले देशलाई साँच्चै नै बिर्सेको जस्तो छ ।

संविधान सभाको नाम दिएर ६०१ जना सदस्यहरु दैनिकी रुपमा आईजाई गरि राष्ट्र निर्णयतीत बनाईएको हललाई छोडेर प्रमुख दलका प्रमुख नेताहरुले तारे होटलमा बसेर हरेक किसिमका बाह्रे निर्णय गर्नु नै थियो भने ति अवोध जस्ता देखीने ६०१ जना बलीको बोका सभासदको कल्पना किन गरियो ? किन राज्यलाई आतंकित गरियो ? राज्य बिहिन राज्यका तथाकथित प्रजाहरुलाई अझ गहिरो किसिमको परजिवी प्रजा बनाउनुको जिम्मेदार आज को ?

राणा शासनको पतन पछि करिब दश बर्षसम्म तत्कालीक कांग्रेस लगायतकाहरुको चुरिफुरि हेरेका तत्कालीक राजा महेन्द्रले किन १७ साल ल्याएका थिए होलान । आजको नेपाली राजनीतिको धरातल बुझ्नेहरुलाई यो बारेमा सजिलै अनुमान गराउन सकिन्छ । जसबाट नेपाली जनताले सम्मुनताको आशा गरे उनिहरु नै आतंकित राज्यको कल्पना गरि रहेको देख्दा एक आम मानसिकताले के बुझ्ने के राज्यको परीभाषा यही हो ।

नागरिक सु-शासनको नाममा देशको कुनै कन्दराबाट कुनै पनि ब्यक्ती तत्काल अपहरित हुन्छ, राज्यका पहरेदारहरु रात्रीकालीन मन्द भोजहरुमा लालायीत हुन्छन, नागरीक आम आवश्यकताहरुको फेरिहस्त बुनीरहेको हुन्छ, राज्यका हिमायतीहरु अट्टहासका साथ दैत्य बनेर निरिह नेपालीको नाममा पाङदुरे नाच नाचिरहेका हुन्छन,

पिडा कती हुन्छ ? ति बेपत्ता हुनेहरुको आफ्न्तलाई सोध,

जलन कती हुन्छ ? मुटु जलिरहेका ती शहिदका परिवारलाई सोध,

अनि, पर खेतको डिलमा बसेर आकासे पानिको भर परिरहेको किसानलाई सोध… !!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s