विश्वकप फुटबल खेलाडीले यौन सम्पर्क राख्न सक्ने

व्यूनोस आयर्स, अर्जेन्टिना, जेठ १५ (एपी)-’फुटबल र यौन विश्वकपका लागि उचित छ’, यो भनाई हो अर्जेन्टिनी टोलीका चिकित्सक डोनाटो भाल्लानीको। जो आफ्ना खेलाडीले दक्षिण अफ्रिकामा हुने महिना दिन लामो विश्वकपका क्रममा आफ्नो नियमित साथीसँग यौन सम्पर्क राख्न सक्ने बताउँछन्।

‘खेलाडीले विश्व कपका क्रममा आफ्नी श्रीमती अथवा प्रेमीकासँग यौन सम्बन्ध राख्न सक्छन् ,’ चिकित्सक डोनाटो यौन जीवनको अङ्ग भएको बताउँदै भन्छन्। उनले रेडियो डेल प्लाटालाई भर्खरै दिएको एक अर्न्तवार्तामा आफु खेलाडीहरुको यौनक्रियाको पक्षमा रहेको बताएका छन्। ‘उनीहरु अर्कै ग्रहका त होइनन् नी!’ तर, उनको भनाई छ – ‘ यो स्याम्पेन र हभाना सिगारसँगै विहानको दुई वजे भने हुनुहुँदैन।’

डोनाटोले यौनको निश्चित तरिका भने बताएनन्। तर, उनी नियमित ठिकसमयमा निद्रा लिनु पर्ने बताउँछन्। उनले आफ्ना खेलाडीले अर्जेन्टिनामा विशेष मानिने गोरुको मासु, एक गिलास वाइनसँग खान सक्ने बताए। ‘ बढी मात्रामा पिउने सल्लाह दिन्न्’, उनले भने। शुक्रबार दक्षिण अफ्रिकातर्फ लागेको अर्जेन्टिनाले विश्वकपको पहिलो खेल जुन १२ मा नाइजेरियाविरुद्ध खेल्दैछ।

Source : Nagarik

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s