कुर्सी कप

केशब प्रसाद घोरासैने, कुबेत

संसारमै खेलिने खेलहरु मध्ये सबैभन्दा लोकप्रिय फिफा विश्वकप २०१० फुटवल खेल दक्षिण अफ्रिकामा शुरु हुनै लागेको पूर्व सन्ध्यामा त्यो भन्दा पनी ठुलो (नेपालीहरुका लागि) खेल कुर्सी कप हाम्रो नेपालमा भई रहेको छ । खेल त बर्सौ पहिले देखी खेलिंदै आएको हो तर चारवर्ष अगाडि देखि चाँही नेपालीहरुका लागि नयाँखाले खेल खेलिंदैछ । त्यो खेलका दर्शक चाँही पौने तिन करोड नेपाली हुन । खेल नियमित होस भनेर बिदेशी रेफ्रीलाई महँगो रकम दिएर मगाईएको छ । सहायक रेफ्रिहरु त कति छन कती, बिभिन्न मुलुकबाट आएका तर मुल रेफ्रि चाँही UN भनिने संस्थाबाट आएका छन वा छिन । यि बिदेशी रेफ्री सहायक रेफ्रीहरु बिभिन्न भेषमा आएका छन सहयोगका नाममा तर कसरी नेपाली समाजलाई फुटाउन सकिन्छ, कसरी नेपालको प्राकृतिक श्रोतलाई आफ्नो देशमा भित्र्याउन सकिन्छ, जातीको र धर्मको नाममा मिलेर बसेको नेपाली समाजलाई टुटाउन फुटाउन सकिन्छ भनेर पनि आएका छन ।

खैर खेलकै बारेमा चर्चा गरौं । आजभन्दा दुईबर्ष, दुई महिना अघि यो खेलको लागी खेलाडी छान्ने छनौट चरणको खेल आयोजना भएको थियो । अरबौं रुपियाँ खर्च गरेर खेलाईएको सो छनौट खेलबाट अत्याधिक मात्रामा नयाँ खाले खेलाडीहरु छनौट भएर आए, नेपालीलाई लाग्यो यि खेलाडीहरुले राम्रै खेल खेल्लान र फाइनलसम्म पुर्‍याउलान । हुन त छनौट चरणबाट यस्ता-यस्ता खेलाडी छनौट भएर आए कि ती अधिकांश खेलाडिहरुलाई खेल सम्बन्धी सुको ज्ञान थिएन तैपनी खेल त आखिर खेल्नै थियो, त्यसपछी शुरु भयो क्वार्टर फाइनल २०६५ जेष्ट १५ गते खेलाइयो त्यो खेलबाट एउटा पुरानो खेलाडिलाई रेड कार्ड देखाइ दिए नेपालीहरुले ।

हाल त्यो खेलाडी कता नागार्जुन तिर बस्दैछ । क्वाटर फाइनल शानदार रुपले सफल भयो । त्यसपछी खेलको सेमिफाइनल चाँही यही जेष्ठ १४ गते थियो तर के गर्नु खेलाडिहरुको झगडाको कारणले गर्दा खेल रोकियो रे भन्ने सुनिन्छ । यो सेमिफाइनल र ६ महिना, बर्षदिन पछी खेलिने फाइनल हेर्नलाई नेपालीहरु आतुर छन । अब खेलनै रोकिए पछी के हेर्लान र खोइ !

वोर्ल्ड कपमा बिभिन्न देशका नाम चलेका खेलाडी जस्तै हाम्रामा पनि खप्पिस-खप्पिस खेलाडीहरु छन । एकजना कोइराला थरका बडो हिट पुराना खेलाडी थिए, उनको साह्रै नाम चलेका थियो देशमा मात्रै हैन बिदेशमा पनी चर्चा थियो उनको । ब्राजिलका रोनाल्डो, अर्जेन्टिनाका म्याराडोना, इङल्यान्डका बेकह्याम भन्दा पनि चर्चित थिए, उनी । आफ्नो टक्करको अर्को खेलाडी नपाएर ३/४ बर्ष अगाडि नयाँ खेलाडी खोज्नु पर्‍यो भनेर जङलतिर गएका थिए तर भेट्न चाँही दिल्लितिर पुगेर पो भेटेछन उनले, ति नयाँ खेलाडिलाई खुब मिहनेत गरेर खेल्ने तरिका सिकाए, यतिकैमा खेल क्षेत्रबाट मात्रै होइन आफ्नो जीबन बाटै बिदा भए ।

२/३ महिना  अगाडि उनैले खोजि गरेका एकजना प्रचण्ड नामका खेलाडी हदै चर्चामा छन ति खेलाडिको गोल गर्ने कला भन्दा पनि दिन दिनै कुरा फेरिरहने र अरुलाई सुकिलो लुगा लगायो भनेर गाली गर्ने अनि आफु चाँही डेड लाखको घडी, लाखको औंठी, लाखकै सुकिलो पोसाक लगाएर इङ्गल्याण्डका चर्चित फुटबलर डेबिट बेकह्याम कै शैलिमा दर्शक सामु प्रस्तुत हुने । उनी बेकह्याम भन्दा कुनै अर्थमा पनि पछी छैनन, बेकह्यामलाई पनि तरुनी केटीहरुले साह्रै पछ्याउँछन्, सन २००२ को कोरिया, जापानमा खेलाइएको विश्वकप सिद्धिएपछी बेकह्याम सुतेको पलङमा सुत्नलाई जापानिज केटीहरुको हान थापनै परेको कुरा पत्रपत्रीकामा छापिएको थियो । त्यस्तै हाम्रा यि खेलाडीलाई पनि तरुनी केटीहरुले साह्रै पछ्याउँछन् ति मध्ये केहीको नाम लिई हालौं जस्तै फिल्म स्टार रेखा थापा, गायिका अन्जु पन्थ लगायत अरु पनी धेरैले मरिहत्ते गर्दैछन, द्वापर युगका श्री कृष्णलाई गोपिनीहरुले पछ्याएको भन्दापनी नराम्रोसँग घेरेका छन तरुनिहरुले यिनलाई । बेकह्याम पनि कपालमा जेल लगाएर आफ्नो कपाल ठाडो पारेर हिड्थे भने हाम्रा यिनले पनी आफ्नो केशमा जेल दलेर सर्लक्क कपाल पछाडि फर्काएर हिंड्छन । अब कुरो फेरी खेलकै गरौं ।

यिनी खेल भन्दा पनि झेल गर्न चाँही साह्रै खप्पिस छन । उनको सिद्धान्त अनुसार उनले खेल्ने खेलमा बिपक्षी टिम भएको उनलाई मन पर्दैन । उनले आफ्नो टिमलाइ खाली पोष्टमा गोल गर्न मात्रै सिकाएका छन । लगभग एक महिना अगाडि पनी उनले झन्डै खाली पोष्टमा गोल गर्न लागिसकेका थिए । बिपक्षी टिम हेरेको हेरै भएका बेलामा दर्शकहरुले खेलाडिको भूमिका निभाएका थिए । त्यसपछी उनी ति सुकिला दर्शक प्रति निकै क्रोधित पनि भएका थिए र फेरी भोलिपल्टै माफि मागेका थिए । उनको टिममा पनि हरिप-हरिप खेलाडी छन । जस्तै : भट्टराई, बैद्य, कुहिरो, अध्यारो बादल, उज्यालो प्रकाश, धेरै छन तर अरु खेलाडिलाई उनी गोल हान्ने ठाउँमा पुग्नै दिदैनन, छिर्के हानेर पछारी हाल्छन एकजना बुढा छन बैध्य थरका उनी जहिलेपनी उनको पछाडिबाट अगुली लगाउनी काम मात्रै गर्छन् ।

त्यस्तै अर्का चर्चित खेलाडी हुन माकुने उनले त छनोट चरण नै पार गर्न सकेका थिएनन् तर के गर्नु घर बसीबसी चिठ्ठा पर्‍यो उनलाई र उनी अहिले प्रमुख खेलाडी भएका छन । उनको टिममा पनि माहिर-माहिर खेलाडी छन । जस्तै : ओली, झल्लु उनले अब म खेल्न नसक्ने भएं भन्दा पनी ओलिज्युले काँधमा बोकेर भएपनी खेलाउदै छन । अर्का छन बामे उनी त झन यस्ता झेली छन कि आफ्नै पोष्ट तिर मात्रै गोल हान्न खोज्छन । उनलाई अरु कुनै कुराको वास्ता छैन खेलमा खाली भाँडभैलो गर्न मात्रै रुचाउँछन । अर्का छन शेर उनि पनी गोल हान्न चाँही सक्दैनन, दौडन चाँही खुबै दौडनछन । सुशिल, रामचन्द्र, निधी, केसी अरुपनी धेरै छन उनिहरुको बयान गरेर किन आफ्नो समय बर्बाद गर्नु भनेर यति मै टुङ्ग्याउ होला ।

अन्त्यमा फिफा वोर्ल्डकप त जुलाइको १२ मा साउथ अफ्रिकामा सम्पन्न हुन्छ हुन्छ अब हेरौं हाम्रो कुर्सीकप चाँही कैले सम्पन्न हुन्छ ! भविष्य त अन्ध्यारै छ होइन र ??

4 Responses to कुर्सी कप

  1. keshav ji malai tapainko lekh hamro desko kurshi khel asadhai man paryo feri feri pani yestai lavdaik lekh haru hamilai paskai rahanus vanne anurodh ka sath dhanyabad dina chahanchu tapainlai. thanx a lot.

  2. बालकृष्ण घिमिरे, कुवेत

    केशब जि,लेख त अती उपयुक्त लाग्यो तर हाम्रा फोहोरी खेलाडिका सामु ति विश्व चर्चित फुटबल खेलाडी लाई दाज्न मिल्ला र ? विश्व कप फुट्बल होस वा अन्य कुनै राष्ट्रिय अन्तराष्ट्रिय खेल ! त्यसमा भाग लिने खेलाडिहरुले आफ्नो राष्ट्रको इजत,मान र प्रस्तिष्ठा उच्च राख्न आफ्नो दिलो ज्यान अर्पण गर्दै आफ्नो कौसलता प्रस्तुत गर्छन् तर हाम्रो देशका राजनीतिक खेलाडी भनिएकाहरुले नेपाल भन्ने देश पनि थियो रे भन्ने गरी गोल पोस्टमा गोल गर्दै छन,के त्यस्ता राष्ट्र घातीहरुलाई विश्व प्रख्यात खेलाडिहरुको दाजोमा दाज्न मिल्ला र ?

  3. Ramsharan Ghorsaine

    Lekh nikai ramro lagyo…

  4. अमित

    होइना होऊ एकदम राम्रो कुरा सोची सोची लेख्नु भएछ, यस्तै छन हाम्रो नेपालको फीफा खेलाडीहरु, हा हा हा हा हा ….

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s