चन्द्र तामाङ्ग, कुवेत
जीवनको छोटो अवधिमा गर्नु पर्ने कार्यक्षेत्र अनगन्ती छन । कुनै पूर्णबिराम भए, कुनै अर्ध, कुनै मुहर्त र कुनै रिहर्सल- बिभिन्न सन्त्रास र चुनौतीहरु छन । -७५ बाट सुरु भएको चश्माको पावर -१२५ को रफ्तारमा छ, फेरीपनि नक्कली र सक्कली छान्नै गाह्रो, धिम ज्योतिमा, चुनौती, अभिशाप, बिडम्बना, अतित, बर्तमान, भबिष्य, अड्कल बिन्दुहिन धेरै छन । मेरा सगरमाथा देखी कुवेतसम्म मेरो दोषी चश्माको नजर अन्दाज…
महेन्द मोरङ बहुमुखि देखी नेहेरु बिस्वाबिधालय सम्म दा भिन्ची, कार्ल माक्स, माओको नाती आफुलाई सोंचे बिरक्त र रिक्तताका दिनहरु जेल पनि मेरो लागि बनिएका सोंचे हो-हल्ला पनि संगीत सरह नाराबाजी गीत सरह जिन्दगीको दोषी चस्माको म दोषी नजर अन्दाज दोषी…. जनताको मुक्ती हैन सुन्दर कोठिको सपनामा बिलाए महान बिचार बेच्ने नेताहरु…
कुवेतमा त झन धेरै थरिका चस्मा पाए मैले दोषी, देशी, बिदेशी र स्वदेशी यहाँ त झन चिन्नै गाह्रो… आफ्नोले आफ्नैलाई आलुको भाउमा बेची दिन्छन यो बजारमा र बिक्रेताको मोल मोलाइनै कस्तो-कस्तो नेपाली बजारको आलुको मुल्य भन्दा पनि सस्तो । बिश्वास गरेर कुवेत आउनेहरुको दोषी चश्मा यहाँ देशी, बिदेशी र स्वदेशी चश्मा लगाउनेहरुलाई त फाईदा न चहिएको छ….
घरमा काम गर्न क्रेताले लान्छ कन्याको मोबाईल मा २ दिन पछीनै घन्टी आउँछ हेल्लो को तपाईं, आवाज आउछ सुस्तरी सरी मेम गलत नं. परेछ फेरी अर्को दिन सोही नं. बाट हेल्लो परिचय कृयाप्रकृया पो शुरु अचम्म तर सक्कली हैन नक्कली कैलालि घर हुनेले काठमाडौं बताउँछन । २ जनाका हजुर बा ले कुमार हुँ भनी सताइ दिन्छन । २ जनाका ममिले पनि कुमारी हुँ भनी सताइ दिन्छन उमेर कती भन्यो भने १८ नै भन्ने कती साले भनेपछी औंला भाची गन्ने साह्रै अचम्म…
बिहा डुब्लिकेट, कन्या डुब्लिकेट, कुमार डुब्लिकेट, विश्वाशघाती दिदी बहिनी सम्म यहाँ डुप्लिकेट तर मैले सबै आफु जस्तै सोंचे । तर आत्मियता भएकाहरु पनी छन… श्रदेय सदाबहार र दु:ख सुखका । डुब्लिकेटहरुको हैन सामुन्ने दृष्टि भरम भएको दोषी मेरो चश्मा….















































