नानी देखी लागेको गलत बानी त्याग


बालकृष्ण घिमिरे, कुवेत

लामो युद्वको समाप्ती पश्चात त नेपाली जनताले आशा गरेको शान्ती अब पुन: नेपालका प्रमुख राजनैतिक दलहरु कै कारण धरापमा पर्दै गएको छ । दलहरुको आ-आफ्नै हटका कारण देशलाई पुन: युद्वमा धकेल्ने तयारी गरिंदै छ । एकले अर्कालाई बिदेशी प्रभुको ईशारामा चलेको आरोप लगाएर आफु र आफ्नो दललाई चोखो र पवित्र पार्ने काम गरी नेपाली जनताहरुको आँखामा छारो हाल्ने काम ठुला भनिएका दलहरु नै गर्दै गई रहेका छन ।

बिशेष गरी लामो युद्व कालमा ने.क.पा. माओवादीका अध्यक्ष प्रचण्डले जुन खालको स्तर वा हैसियत हाँसिल गरेका थिए त्यो अब बिस्तारै समाप्त हुँदै गईरहेको छ । त्यसो हुनुमा प्रमुख कारण उनी स्वयमको रहेको देखिन्छ, उनी लगाएत सिङ्गो नेकपा माओवादी पार्टीको हतारमा निर्णय गरी फुर्सदमा पछुताउने बानिकै कारण स्वत: प्रचण्ड जनताको विश्वाशबाट टाढिदै गएका छन । केही ठुलो भिड देख्ने बित्तिकै बहकाउमा के बोले, के बोलिन आफैलाई पत्तो नहुने गरी बोल्दिने र पछी माफि माग्दै जाने उनको पुरानो बानी नै भएको पाईन्छ । त्यसो त नेकपा माओवादिले भन्ने गरेको जनयुद्व कालमा समेत उसले खासै शोषक सामन्त, दलाल र पूँजीपतिहरुलाई कुनै खालको कारवाही गरेको पाईंदैन, कारवाहिको सिकार केवल गाउँका अन्य राजनीतिक पार्टिमा आस्था राख्ने गरी खाने र झुत्रे झाम्रे बर्गकै ब्यक्तिहरु भएका थिय । माओवादिको त्यो अन्यायका बिरोधमा स्वदेश तथा बिदेशबाट ब्यापक बिरोध आएपछी नेकपा माओवादी पार्टिको अध्यक्षका हैसियतले प्रचण्डले क्षेमा याचना सहीत माफि माग्दै प्रेश बक्तब्य पटक पटक निकाल्नु परेको थियो । भूमिगत कालमा समेत आफ्नो निर्णयमा अडिक रहन नसकेको नेकपा माओवादी शान्ती प्रकृयामा आई सकेपश्चात नेपाल र नेपालीहरुलाई मात्रै हैन विश्वलाइ नै चकित पार्दै आफ्नो साम, दाम, दण्डभेद जे जसरी प्रयोग गरेर भएपनि नेपालको सबैभन्दा ठुलो राजनैतिक दल बन्न सफल भयो । जुन कुरा नेकपा माओवादिले समेत अपेक्षा गरेको थिएन । त्यही नेपाली जनताहरुले कर, बल, डर र स्वैच्छाले गर्दिनाले माओवादिका केही नेताहरुमा अहमता बढेर गयो । जनमतको कदर गर्दै अन्य राजनीतिक दलहरुसित भएका सहमतिहरुको पालना गर्दै सबैलाई विश्वाशमा लिई आफ्नो अन्तिम लक्ष्य प्राप्ती गर्न तिर लाग्नु पर्नेमा त्यसो नगरि बल मिचाईबाट अगाडि बढ्ने कोशीस गरेका कारण सरकारमा बसेर गरेका प्राय: निर्णयहरु, निर्णय गर्दै फिर्ता लिंदै जानु पर्ने स्थिती आयो ।

आखिरमा सेना सम्बन्धी निर्णय फिर्ता नगर्ने अडिकका कारण सरकारबाट बाहिरियो र हालसम्म पनि नेकपा माओवादी भित्र हतारमा निर्णय गरी फुर्सदमा पछुताउने बानी कायमै देखिन्छ । माओवादिको यस्तो चरित्रको फाईदा अरु राजनीतिक दल र नेपालमा शान्ती नचाहने स्वदेशी तथा बिदेशी तत्वलाई पक्कै पुग्ला तर देश भने अरु पचास बर्ष पछाडि धकेलिएको छ । आफुलाई सर्वहारा बर्गको एकमात्र पार्टी भन्न रुचाउने माओवादी पार्टिका नेता कार्यकर्ताहरुले अब पनि बदला र प्रतिशोधको भावना नत्याग्ने हो भने उ समाप्त हुन धेरै दिन लाग्ने छैन । देशी बिदेशी प्रतिकृयावादिहरुको चाहना पनि यही हो, खासगरी २०४६ सालको प्रजातन्त्र पश्चात नेपालमा जुनसुकै दल ठुलो वा बहुमत प्राप्त गरेको भएपनि त्यसलाई समाप्त पार्ने तत्व सकृय भएकै कारण आज नेपाली कांग्रेस दोस्रो ठुलो दल भएर पनि सत्ता संचालनको चाबी आफ्नो हातमा लिई दुई बामपन्थी दल हौं भन्नेहरुलाई बिरालाले मुसो खेलाए झैं खेलाई रहेको छ भनें आफुलाई आफै बामपन्थी दलको प्रमुख हौं भन्नेहरु आफु-आफुमा द्वन्द निम्त्याई समाप्तिको बाटोमा लागि रहेका छन ।

नेकपा माओवादिले साँच्चै जनभावनाको कदर गर्ने हो भनें आफ्नो नानी देखी लागेको गलत बानी तत्काल छाडि आफुले बोलेका र पुरा गर्छु भनेका सहमतिका बुंदाहरु तत्काल पुरा गर्नु पर्ने समय खड्की सकेको छ भनें नेकपा एमालेका केही नेता लगायत खासगरी हालका प्रधानमन्त्री माधव कुमार नेपालमा पनि माओवादिमा देखिएको रोग सल्कदै गएको देखिन्छ । प्रधानमन्त्री माधव कुमार नेपाल सत्ताको मोहमा फसी पटक पटक नेपाली जनताहरुलाई ढाँट्ने र छल्ने काम गरिरहेका छन, त्यसो त अब उनी प्रजातन्त्र र गणतन्त्रको बिरुद्द दिल खोलेर लागेका देखिन्छन । राष्ट्रको जिम्मेवारि पदमा बसेका प्रधानमन्त्री माधव कुमार नेपालले सार्वजानिक रुपमा मिडियाहरुमा जे पायो त्यही बोली जिब्रो चिप्लिएको भनिरहेका छन, उनको दिमागमा संविधान सभाको बारेमा गलत सोंचाई नरहेको भए के जिब्रो मात्रै चिप्लिन्छ ?

नेकपा एमालेका बरिष्ट नेता समेत रहेका प्रधानमन्त्री माधव कुमार नेपालले साँच्चै आफ्नो आत्मको कुरा बोलेका हुन वा प्रतिकृयावादिहरुको भावना त्यो त आउँदो समयले नै बताउला तर उनको यो भनाइ कार्यान्वयन भयो भने नेकपा एमाले नामको पार्टी त सिद्धियो सिद्धियो नेपाली जनाता र देशका लागि समेत यो भन्दा ठुलो धोका र घात अरु के नै हुन सक्छ र ? त्यसैले त्यस्ता गलत सोंच र बिचार तत्काल त्यागी देश र जनाताका लागि पार्टी र ब्यक्तिगत स्वार्थबाट माथि उठ्न सक्यौं भनें मात्रै सबैको कल्याण होला । यदी यसो गर्न सकेनौं भनें अब नेपाली जनताले तिमीहरुको विश्वाश गर्ने त छैनन् नै इतिहाँसले समेत तिमीहरुलाई छाड्ने छैन । सबैको चेतना भया !!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s