अलैंची उत्पादनमा नेपाल विश्वमै पहिलो

इलाम, जेष्ठ १० – करिब शताब्दीअघि सुरु भएको अलैंची खेती विस्तारित भई पूर्वका जिल्ला हुँदै पश्चिमतिर फैलन थालेको छ । मसला, औषधि, पेय पदार्थ तथा घरेलु अन्य प्रयोजनका लागि महत्त्वपूर्ण यो मसलाजन्य नगदेबालीको माग यतिबेला भारत र अन्य मुलुकमा उच्च छ । मुलुकभरमा ११ हजार ४ सय हेक्टर जमिनमा अलैंची खेती हुन्छ । जसको कुल उत्पादन सरदर ५ हजार ८ सय मेटि्रकटनभन्दा बढी रहेको अलैंची विकास केन्द्र पान्दामको तथ्यांक छ । पछिल्लो समयमा पश्चिमी जिल्लामा पनि अलैंची खेती विस्तार भइरहेको केन्द्रले जनाएको छ । हरेक वर्ष केन्द्रले उत्पादन गरेको बिरुवा देशका विभिन्न जिल्लामा पुग्ने गरेको छ ।

‘खोल्साको सुन’ उपनाम पाएको अलैंचीले अहिलेसम्मकै उच्च मूल्य पाएको छ । यतिबेला इलाममा अलैंचीको मूल्य प्रतिमन ३८ हजार पुगेको छ । अधिकांश किसानले अलैंची बिक्री गरी सकेको र उत्पादन पनि न्यून भएकाले यो मूल्यले किसानलाई उति फाइदा भने पुग्न सकेन । उत्पादनको सुरुमा छ हजार रुपैयाँ प्रतिमनबाट किनबेच भएको अलैंचीको मूल्य भदौमा १० हजार र असोजमा १२ हजार रुपैयाँ थियो । रोगको प्रकोपले उत्पादन घट्दै गएकाले मूल्य आकासिएको व्यापारीको भनाइ छ । विसं १९७६ सालमा भारतको सिक्किमबाट इलाम भित्रिएको अलैंची २०१५ सालदेखि किसानको आम्दानीको गतिलो स्रोत बन्दै आएको हो । त्यसैबेलादेखि व्यावसायिक उत्पादनका रूपमा विस्तार हुन थालेको अलैंची इलामका समालबुङ, श्रीअन्तु, पशुपतिनगर लगायत सीमावर्ती क्षेत्रबाट भित्रिएको अलैंची मुलुकका अन्य भागमा विस्तार भएको पाइन्छ ।

विश्वमा सबैभन्दा धेरै अलैंची उत्पादन गर्ने नेपालका किसान बजार अनिश्चितता र रोगको महामारीका कारण समस्यामा छन् । पछिल्लो समयमा रोगको प्रकोपले किसान धेरै प्रभावित छन् । अलैंचीको अनिश्चित भविष्यले किसानले जडिबुटी तथा अन्य नगदेबालीलाई प्राथमिकतामा राख्न थालेका छन् । ‘मूल्यमा सुधार आए पनि उत्पादन न्यून भएकाले बजारमा अलैंची आउने क्रम न्यून छ,’ बिब्ल्याँटेका व्यपारी कृष्ण पौडेलले भने, ‘अघिल्ला वर्षहरूमा सिजनमा अलैंचीमय बजार हुने गरेकामा यस वर्ष त्यस्तो छैन ।’ बिब्ल्याँटे बजारमा गत वर्षको तुलनामा ६० प्रतिशत कम मात्र अलैंची अउने गरेको छ ।

अलैंची व्यवसायी संघका अनुसार यस वर्ष उत्पादनमा ६० प्रतिशत घट्ने अनुमान छ । संघको तथ्यांकअनुसार ०६५/ ०६६ मा १ अर्ब १३ करोड १० लाख २१ हजार मूल्य बराबरको ९८ लाख ८७ हजार ५ सय ४५ किलो अलैंची तेस्रो मुलुक निर्यात भएको थियो । यो अघिल्लो वर्षको तुलनामा ११ करोड २० लाख ८४ हजार रुपैयाँले बढी हो । उत्पादन घटे पनि मूल्य बढेकाले यस्तो भएको हो ।

जिल्लामा आर्थिक वर्ष २०६५/ ०६६ मा २ हजार ४ सय ७१ हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएकामा १ हजार २ सय २४ मेटि्रक टन अलैंची उत्पादन भएको थियो । यो आर्थिक वर्षमा क्षेत्रफल घटेर २ हजार १ सय हेक्टर भएको छ भने उत्पादन ९ सय ६३ मेटि्रकटन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।

संघका अनुसार यो वर्ष तीन लाख मन अलैंची उत्पादन भएको छ । मुलुकभरमा ४० जिल्लामा अलैंचीको खेती विस्तार भएको छ । मेचीका इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा मात्र आठ हजार हेक्टर जमिनमा अलैंची खेती हुन्छ । कोसी र सगरमाथाका पहाडी जिल्लामा पनि यसको व्यावसायिक उत्पादन हुन्छ । अलैंची खेतीबाट ७० हजार किसान लभान्वित छन् ।

रोगको उपयुक्त निदान नहुँदा बर्सेनि अलैंचीको उत्पादन घट्दो छ । यसपटक हिउँदको लामो खडेरीका कारण पनि उत्पादन घटेको हो । ‘रोगको प्रकोप त छँदै थियो बचेको बगान पनि खडेरीले सखाप बनायो,’ विगतमा सात मनसम्म अलैंची उत्पादन गर्दै आएका माबुका दलबहादुर लिम्बुले भने । हाल उनको बगानबाट मुस्किलले एक मन अलैंची मात्र उत्पादन हुन्छ । विज्ञहरूका अनुसार नेपालबाहेक भारत र भुटानमा मात्र अलैंची उत्पादन हुने गरेको छ । अलैंची विकास केन्द्रका अनुसार छिर्के, फुर्केजस्ता भाइरसका कारण लाग्ने रोगले अलैंची बगानलाई असर पारेको छ । बगानलाई भाइरसबाट बचाउन नयाँ निरोगी बिरुवाबाट उत्पादित स्वच्छ बिरुवा लगाउनुपर्ने बाहेकको विकल्प नभएको प्राविधिकहरू बताउँछन् ।

किसानहरूबीचको एकताको कमीका कारण अलैंची खेतीमा देखिएका समस्या समधान हुन नसकेको उद्योग वाणिज्य संघ इलामले जनाएको छ । ‘जिल्लाभरका किसानलाई गुणस्तरीय उत्पादनका लागि प्रेरित गर्न पटकपटक कार्यक्रम चलाएका छौं,’ संस्थाका विजय खाकीले भने । सामूहिक रूपमा किसानले पहल गरेमा रोग निदान र बजारको निश्चितता हुने उनको तर्क छ । मसलाका रूपमा प्रयोगमा आउने अलैंचीको प्रमुख बजार समुद्र पार नै हो । अलैंचीका रामशाही, गोलशाही, डम्बर शाही प्रजातिहरू खेती गरिन्छ । ओसिलो जमिनमा यो खेती राम्रो सप्रन्छ ।

3 Responses to अलैंची उत्पादनमा नेपाल विश्वमै पहिलो

  1. min magar

    we must proud to our country alaichi matrai hoina dherai chij haru chhan jo nepal ma badhi utpadan hunchhan.

  2. ‘खोल्साको सुन’ उपनाम पाएको अलैंचीले अहिलेसम्मकै उच्च मूल्य पाएको छ । यतिबेला इलाममा अलैंचीको मूल्य प्रतिमन ३८ हजार पुगेको छ । अधिकांश किसानले अलैंची बिक्री गरी सकेको र उत्पादन पनि न्यून भएकाले यो मूल्यले किसानलाई उति फाइदा भने पुग्न सकेन । उत्पादनको सुरुमा छ हजार रुपैयाँ प्रतिमनबाट किनबेच भएको अलैंचीको मूल्य भदौमा १० हजार र असोजमा १२ हजार रुपैयाँ थियो । रोगको प्रकोपले उत्पादन घट्दै गएकाले मूल्य आकासिएको व्यापारीको भनाइ छ । विसं १९७६ सालमा भारतको सिक्किमबाट इलाम भित्रिएको अलैंची २०१५ सालदेखि किसानको आम्दानीको गतिलो स्रोत बन्दै आएको हो । त्यसैबेलादेखि व्यावसायिक उत्पादनका रूपमा विस्तार हुन थालेको अलैंची इलामका समालबुङ, श्रीअन्तु, पशुपतिनगर लगायत सीमावर्ती क्षेत्रबाट भित्रिएको अलैंची मुलुकका अन्य भागमा विस्तार भएको पाइन्छ ।

    विश्वमा सबैभन्दा धेरै अलैंची उत्पादन गर्ने नेपालका किसान बजार अनिश्चितता र रोगको महामारीका कारण समस्यामा छन् । पछिल्लो समयमा रोगको प्रकोपले किसान धेरै प्रभावित छन् । अलैंचीको अनिश्चित भविष्यले किसानले जडिबुटी तथा अन्य नगदेबालीलाई प्राथमिकतामा राख्न थालेका छन् । ‘मूल्यमा सुधार आए पनि उत्पादन न्यून भएकाले बजारमा अलैंची आउने क्रम न्यून छ,’ बिब्ल्याँटेका व्यपारी कृष्ण पौडेलले भने, ‘अघिल्ला वर्षहरूमा सिजनमा अलैंचीमय बजार हुने गरेकामा यस वर्ष त्यस्तो छैन ।’ बिब्ल्याँटे बजारमा गत वर्षको तुलनामा ६० प्रतिशत कम मात्र अलैंची अउने गरेको छ ।

    अलैंची व्यवसायी संघका अनुसार यस वर्ष उत्पादनमा ६० प्रतिशत घट्ने अनुमान छ । संघको तथ्यांकअनुसार ०६५/ ०६६ मा १ अर्ब १३ करोड १० लाख २१ हजार मूल्य बराबरको ९८ लाख ८७ हजार ५ सय ४५ किलो अलैंची तेस्रो मुलुक निर्यात भएको थियो । यो अघिल्लो वर्षको तुलनामा ११ करोड २० लाख ८४ हजार रुपैयाँले बढी हो । उत्पादन घटे पनि मूल्य बढेकाले यस्तो भएको हो ।

    जिल्लामा आर्थिक वर्ष २०६५/ ०६६ मा २ हजार ४ सय ७१ हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएकामा १ हजार २ सय २४ मेटि्रक टन अलैंची उत्पादन भएको थियो । यो आर्थिक वर्षमा क्षेत्रफल घटेर २ हजार १ सय हेक्टर भएको छ भने उत्पादन ९ सय ६३ मेटि्रकटन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।

    संघका अनुसार यो वर्ष तीन लाख मन अलैंची उत्पादन भएको छ । मुलुकभरमा ४० जिल्लामा अलैंचीको खेती विस्तार भएको छ । मेचीका इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा मात्र आठ हजार हेक्टर जमिनमा अलैंची खेती हुन्छ । कोसी र सगरमाथाका पहाडी जिल्लामा पनि यसको व्यावसायिक उत्पादन हुन्छ । अलैंची खेतीबाट ७० हजार किसान लभान्वित छन् ।

    रोगको उपयुक्त निदान नहुँदा बर्सेनि अलैंचीको उत्पादन घट्दो छ । यसपटक हिउँदको लामो खडेरीका कारण पनि उत्पादन घटेको हो । ‘रोगको प्रकोप त छँदै थियो बचेको बगान पनि खडेरीले सखाप बनायो,’ विगतमा सात मनसम्म अलैंची उत्पादन गर्दै आएका माबुका दलबहादुर लिम्बुले भने । हाल उनको बगानबाट मुस्किलले एक मन अलैंची मात्र उत्पादन हुन्छ । विज्ञहरूका अनुसार नेपालबाहेक भारत र भुटानमा मात्र अलैंची उत्पादन हुने गरेको छ । अलैंची विकास केन्द्रका अनुसार छिर्के, फुर्केजस्ता भाइरसका कारण लाग्ने रोगले अलैंची बगानलाई असर पारेको छ । बगानलाई भाइरसबाट बचाउन नयाँ निरोगी बिरुवाबाट उत्पादित स्वच्छ बिरुवा लगाउनुपर्ने बाहेकको विकल्प नभएको प्राविधिकहरू बताउँछन् ।

    किसानहरूबीचको एकताको कमीका कारण अलैंची खेतीमा देखिएका समस्या समधान हुन नसकेको उद्योग वाणिज्य संघ इलामले जनाएको छ । ‘जिल्लाभरका किसानलाई गुणस्तरीय उत्पादनका लागि प्रेरित गर्न पटकपटक कार्यक्रम चलाएका छौं,’ संस्थाका विजय खाकीले भने । सामूहिक रूपमा किसानले पहल गरेमा रोग निदान र बजारको निश्चितता हुने उनको तर्क छ । मसलाका रूपमा प्रयोगमा आउने अलैंचीको प्रमुख बजार समुद्र पार नै हो । अलैंचीका रामशाही, गोलशाही, डम्बर शाही प्रजातिहरू खेती गरिन्छ । ओसिलो जमिनमा यो खेती राम्रो सप्रन्छ ।

  3. saune aliachi ko biruwa chaiyo

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s