शुभालाई सन्देश (दित्तिय भाग)

चन्द्र तामाङ्ग, कुवेत

प्यारी छोरी शुभा, न्यानो माया तथा अमर आशिष !!

तिम्रो मामु र तिमीसँगको छोटो अवधीको नेपाल बसाइले अब मलाई लाग्छ तिम्रा बौद्विक क्षमताले पनि जीवनको गोरेटो पहिल्याउन थालेको छ । किनभनें छोरी तिमीले कसम खायौ यो धर्तिमा केही गर्छु बाबा, मामु भनेर । तिमीले पनि ८ बसन्तहरु पार गरी सकेकी छ्यौ, कक्षा ३ मा राम्रो अंक ल्याएर उत्तिर्ण भएकोमा माया, आशिष, डायरी र कलम ऊपहार तिमीलाई !!

यि मेरा ४ उपहार र तिम्रो मामुका झिना औंला, रफ्तार, स्नायु र खग्रास शरीर बनाएर प्रतिपादन गरेको सोध र अनुसन्धानलाई संसार भरी कार्यान्वयन गर्‍यौ भनें तिमी एक नेपालकी सफल छोरी बन्न सफल हुनेछ्यौ । तर तिमी सबै कुरामा अहिल्यै एकाग्र हुन जरुरी छैन, पहिला तिम्रो पढाईलाई सुचारु रुपमा अगाडि लैजाउ, जब पढाईको स्तर केही उचाइमा पुग्दछ, त्यस पछाडि तिमी अरु पाटाहरुलाई अगाडि लानु, २ वटा डुंगामा बसेर नदी पार हुन सकिंदैन, एकाग्र चाहनाले हजारौं परिवेशलाई समाल्ने कोशीस गर्‍यौ भनें सफलता प्राप्तीमा कुनै कठिनाई हुँदैन ।

जन्मेपछी नमरुन्जेलसम्म सिकिने सबै कुरा ज्ञान हुन । जसले खराब र असलको पहिचान गराएको हुन्छ । यि सबैबाट असल कुराको आशयलाई ग्रहण गरी असल कुरा मात्र समाज र वर्गमा लागु गराउन सके पक्का हामी सफल हुन सकिन्छ । आज ४० बसन्तको मेरो अनुनुभव धेरै दु:ख र सुख मिश्रित छन । जसले मलाई प्रवाशमा पनि एक्लो अनुभुती भएको छैन, जब म पहिलो पटक मुलुक छाडेर खाडी आएं त्यसबेला धेरै छट्पटीएको थिएं । समयानुकुल तिम्रो मामुको सोध र नयाँ अनुसन्धानका केही बुंदाहरु मेरा लागि बाँच्ने आधार बने, जहाँ मैले जीवन, प्रेम, जन्म, मृत्‍यु, बस्तु र परिवेश कती समयानुकुल र महत्वपूर्ण हुन्छन भन्ने पूर्ण जानकारी प्राप्त गरें ।

छोरी म प्रवाशमा भए पनि तिम्रो मामु तिम्रो साथमा छिन, तिम्रो पढाई निरन्तर अगाडि बढी रहेको छ, म साह्रै खुशी छु । मामुले भनेका नयाँ सोध र अनुसन्धानका शब्दहरुको सहि पलना गर्नु । कुनैपनि काम गर्दा दुविधा नहुनु, पूर्णरुपमा एकलाई चूनौती दिनु किनभनें एक असल भन्ने पक्षबाट हजार सफलताहरु प्राप्ती गर्न सकिन्छ, यही बाटो नै जीवनको मुलबाटो हो । गोरेटोहरुलाई तिमीले मुलबाटो र सडकहरु बनाउदै लानु छ । २१औं शताब्दीको दोस्रो दशकको अन्तिम चरणमा मानिसहरु आजको पहिलो दशकको भन्दा धेरै फरक हुने छन । तिमीले अझ तेस्रो, चौथो र पाचौं दशकमा अझ उर्जाशिल भएर Flexible भूमिकामा अभिनय गर्नु पर्ने हुन्छ । जुन भूमिकाको अभिनयले तिम्रो अपार सफलताको सपना मैले बुनेको छु ।

छोरी त्याग, धैर्य, शालिन, नम्र र सिद्द भएपछी सफलता प्राप्ती गर्न कुनै कठिनाई हुँदैन । मैले निरन्तरताको बारेमा ‘गौतम बुद्धको जीवन असफल भएको थियो’ तर बुद्वले कसरी सफल बनाउनु भयो भन्ने बारे अध्ययन गरेको छु । जब गौतम बुद्वले गयामा गएर ७९ बर्ष ६ महिनाको उमेरसम्म तपस्या गर्नु भयो, फेरीपनि बुद्धत्व प्राप्त गर्न सक्नु भएन र हार खाएर बुढेसकालको सुकेको शरीर र तनाव लिएर कपिलबस्तु आउँदै हुनु हुन्थ्यो त्यही समय थकित भएर उहाँ एक चौतरीमा बस्नु भयो । त्यहाँ नजिकै उहाँले एक तलाउ देख्नु भयो र त्यहाँ अर्को दृष्‍य अवलोकन गर्नु भएछ, जहाँ एक लोखर्केले ठुलो तलाउमा पुच्छर भिजाउँछ- फेरी बाहिर सुक्खा जमिनमा निस्केर पुच्छर टक्टक्याउँछ, त्यो कार्य निरन्तर भई रहन्छ । त्यो देखेर अचम्ममा पर्नु भएको गौतम बुद्वमा किन यसो गरेको होला भन्ने प्रश्न सृजना भयो र उहाँले लोखर्केलाई सोध्नु भयो, यो तिमीले के गरेको ? लोखर्के भन्छ यो तलाउ सुकाउने निरन्तरता हो, सम्भब छ, निरन्तर गरिरहने छु । बुद्वले सोध्नु भयो किन ? लोखर्के भन्छ, यो तलाउ निर्माण हुँदा मेरो पुरा खानदान नाश भएको छ, यो सँग मेरो नाता दुश्मनिको छ, त्यसैले मलाई यो तलाउ सुकाउनु छ । “असम्भव फेरी पनि निरन्तर” अनी गौतम बुद्व फेरी गहन सोंचमा पर्नु भयो र ज्ञान हाँसिल गर्न सम्भव छ भन्ने निर्णयमा पून: गया जानु भयो, फेरी तपस्या शुरु भयो ६ महिनाको पून: तपस्या पश्चात गौतम बुद्वलाई बुद्वत्व प्राप्ती भयो र नै गौतम बुद्धले आज संसारमा शान्तिको सन्देश दिन सफल रहनु भयो । आज आम मनिसले शान्ति भन्ने बिचार र शब्दलाई सम्मान गर्छन्, जुन जीवनको लागि अपरिहार्य छ, जगतको लागि…..

छोरी त्यसैले तिमीले पढाईको क्रममा शान्त भएर निरन्तरताको बाटो आपनाएमा सफल सन्देश दिन तिमी सक्षम रहने छ्यौ । तिमिले शताब्दिलाई नयाँ परीभाषामा ढाल्नु छ, युग परिवर्तनलाई नयाँ परिमार्जन दिनु छ, यो सरल छ तर चानचुने भने हैन, नयाँ सोध र नयाँ खोज भएन भने यो अधुरो रहन्छ, सपना अधुरो कहिल्यै बन्न दिनु हुँदैन । तिम्रो मामुको अधुरो सोध र अनुसन्धान तिमीले पुरा गर्नु छ, छोरी अब २ बर्षपछी तिम्रो स्कुल स्तर पनि फत्ते हुन्छ तर तिमीले अहिलेबाट नै जीवनको एक सफल नक्सा कोर्न शुरु गर ।

“भावना” छोरीलाई तिमीले जहिले पनि तिम्रो सोध र अनुसन्धान बारे बताउदै गर्नु । तिमीले आफ्नो शरीरको पनि ख्याल गर्नु, जीवनको मुल्य तोक्नै नसकिने र संख्याले  पत्ता लगाउनै नसकिने अंकहरुमा हुन्छ । जीबन बाँचे दशक र शताब्दिले नयाँ काँचुली फेरेको हेर्न सकिन्छ । तिम्रो अपुरो गाथा छोरी शुभाबाट पुरा हुनेछ, त्यो दिनको प्रतिक्षा, तिम्रो माया, अनी शुभाको नयाँ सन्देशको खातिर…….

 

शुभलाई सन्देशको तृतिय भाग पून…….

 

2 Responses to शुभालाई सन्देश (दित्तिय भाग)

  1. Dear Chandra, very nice your letter pls keep it up. we are always with u and support anywhere. thks

    Ramesh

  2. mohit sharma

    chandra ji sarai ramro lagyo tapaiko lekh.

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s