सिद्धिपुरमा नेपालकै पहिलो मूत्र बैंक स्थापना

मानवमूत्रको उचित व्यवस्थापन गर्न र बालीनालीमा मलखादका रूपमा प्रयोग गर्न सिद्धिपुरका किसानहरूले आफ्नै गाउँमा नेपालकै पहिलो मूत्र बैंक स्थापना गरेका छन् । रासायनिक मलको प्रयोगबाट उत्पादित कृषिजन्य खाद्यवस्तुको गुणस्तरमा कमी आउनुका साथै माटोको उर्बरा क्षमतामा पनि ह्रास आउन थालेपछि उक्त क्षेत्रका किसानहरूले खेतीका लागि मानवमूत्र प्रयोग गर्न थालेका हुन् । प्रांगारिक मलका रूपमा मानवमूत्र प्रयोग गरी उत्पादन गरिएको खाद्यवस्तु स्वास्थ्यका दृष्टिकोणबाट पनि लाभदायक हुने उनीहरूको दाबी छ । उक्त मूत्रबैंकको सोमबार उद्घाटन गर्नुहुँदै युएन हाविटाट दक्षिण एसिया क्षेत्रका प्रमुख प्राविधिक सल्लाहकार डा. रोशनराज श्रेष्ठले मूत्रबैंकको स्थापनाले खेतबारीका लागि आवश्यक मूत्रको व्यवस्था गर्न कृषकहरूलाई सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार उक्त कार्यले समुदायमा वातावरणीय सरसफाइ सुधारमा पनि प्रभावकारी भूमिका खेल्ने देखिन्छ । हाल सानो स्तरमा शुरू गरिएको उक्त मूत्रबैंकको प्रभावकारिताअनुरूप भविष्यमा उक्त बैंकलाई बिस्तार गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s