जय आले, कुवेत
वैदेशिक रोजगारीको शिलशिलामा ११ महिना अघि साउदी अरब पुगेका नेपाली कामदारहरु रोजगार सम्झौतापत्रमा उल्लेख भएनुसारको तलब, खाना सुविधा र उपयुक्त आवासको ब्यवस्था नभएको एवं डर, त्रास, धम्कि देखाई कुट्ने, पिट्ने गरेकोले कम्पनी छाड्न वाध्य भई समस्यामा परेका ३८ जना मध्ये ३० जना कामदारहरुलाई नेपाली राजदूतावास रियादका प्रथम सचिव श्री खड्ग प्रसाद दाहाल एवं जेद्धास्थित नेपाली सेवा समितिका पदाधिकारीहरु श्रीकृष्ण बहादुर श्रेष्ठ र नर बहादुर श्रेष्ठको संयुक्त प्रयासबाट उद्धार गरिएको छ । उद्वार गरिएका ३० जना नेपाली कामदारहरु मध्ये १४ जना एअर अरेबियाको उडान नं. G9537 बाट शारजाह हुँदै २१ मे २०१० शुक्रबारको दिन अपरान्ह १ बजे स्वेदश फिर्दैछन भनें सोही नं. को उडानबाट २२ मे २०१० मा १५ जन स्वदेश फिर्दैछन भनें अर्का एकजना फिर्ने तरखरमा छन ।
![Image2000[1]](http://kuwaitnepal.files.wordpress.com/2010/05/image20001.jpg?w=468&h=334)
यस सम्बन्धी थप तथा विस्तृत जानकारीको लागि नेपाली राजदूतावास साउदी अरेबियाबाट हामीलाई प्राप्त भएको प्रेस बिज्ञप्ति तल लिंक गरी राखिएकोले तलको लिंकमा ल्किक गरी हेर्नु हुन समेत अनुरोध गरिन्छ ।
















































Saudi ditabas le dherai gareko chha Nepali labor haru ko lagi tara Kuwait dutawas le gare pani thaha dinna bhanne suniyo ke chal ho yo timi haru ko???