चन्द्र तामाङ्ग, कुवेत
उपहार भन्ने लिने र दिने दुवै धेरै महत्वपूर्ण हुन्छन । जसले दिन्छ महान हुन्छ, जसले लिन्छ उ पनि महान नै रहन्छ । यो लिने भन्दा पनि दिने चाँही को हो ? भन्ने हामीले प्रथम प्राथमिकतामा राखेर अघी जानु छ । भावना मलाई अनुभव छ, तिम्रा दिनहरु एकदम व्यस्ततामा गुज्रिरहेका छन तर झनै मैले तिमीलाई धेरै कर्तब्यबोधका पाटाहरु उजगार गरी रहेको छु । मलाई अवगत छ, तिमीले एम.एड. पनि यो बर्ष भित्र नै सक्नु छ, तिमीले गहन Study गर्नु छ । अनी तिमीले अवोध बालकहरुको माता बन्नु छ जो प्रेम र शिक्षाको तृष्णामा छट्पट्याई रहेका छन । हो धुर्व सत्यको पक्षमा दौडदा सबै काम कार्ययोजना सफल-असफल हुन्छन, त्यस्तो बखत तिमी अलिकती पनि बिचलित नहुनु ‘भावना’ म जहिले पनि तिम्रो साथमा छु । म धेरै असफलताहरु सँग मिलन र बिछोड भएको छु, जसले मलाई ज्ञान छाडेर गएको छ । तर त्यस्को यथार्थ पहिचान गर्न सक्नु पर्छ, हो हेरक अवगुणमा केही न केही गुण लुकेका हुन्छन त्यस ज्ञानको सदुपयोग गर्न सके अवस्य मनिस सफल बन्न सक्छ । तिम्रो एम.एड. पछीका दिनहरु…….
फिलोसोफी सहित सोध र अनुसन्धान पनि थाल्नु छ । जसबाट समाज परिवर्तन र नयाँ Modality लिन सकोस तिमीले दिएको शब्द यो समाजको उर्जा बन्नु छ । मौसम बदलिन ॠतुको प्रतिक्षा गर्नु पर्छ ॠतुहरु सदाबहार हुन्नन्, प्रकृती अनुकुलताको प्रत्याभूतीलाई स्वीकार्नु पर्छ । यसलाई कुनै परिवन्द हैन प्रतिकुल मान्नु पर्छ, किनभनें समयलाई प्रतिकुल बनाउने पहिलो कदम भनेको लगनशिलता र आत्मविश्वाश हो । भावना आउने हरेक कार्ययोजना जटिल र चुनौतीपूर्ण छन, जती जीवनले चुनौतिका खुड्किला फत्ते गर्छ त्यती नै सफलताको प्रतिफल प्राप्ति पनी हुन्छ । यो उपहार समाज, लिङ्ग, बर्ग, जात, धर्म र रङ्गको आधारमा नभई समग्र मानब इतिहाँसबाट नै चल्दै आएको पुरानो आडम्बरी निती र खोक्रोपनलाई उपहास गरी नयाँ चक्रव्यूहको सुत्रपात गर्दै समाजको लगनशिलतालाई उर्जा बनाएर २१औं शताब्दिको दोस्रो दशकमा तिम्रा झिना औंलाहरुले लेखेका महान सिद्वान्त समाजको दोस्रो दशकको चूनौती बन्नु छ । शारीरिक रुपमा यो अबधिसम्म तिमी धेरै कमजोर हुनेछौ, तिम्रा औंला र माँशपेशीहरु शिथिल हुनेछन, शायद हामीले धेरै आर्थिक बिकराल पनि झेल्नु पर्नेछ । तर हामी २ को सामिप्यको यात्रा कहिल्यै पनि यसखाले समस्याले बिचलन आउन दिने छैन मैले धेरै धैर्यताको पाठ सिकेको छु जुन हाम्रो लागि बिचलनको प्रतिरोधक हुनेछ ।
जीवनको मन्जिल र सन्तानको मामताले हामीले पनि समयानुकुल समर्पण गर्नु पर्ने हुन्छ । प्राकृतिक संरचना र समाजको नियमलाई आत्मसात गर्नु पर्ने हुन्छ । रगतको पिण्डपिण्ड कोसेली हामीले पनि धर्तिलाई दिनु छ । यो जन्म, धर्म र प्राकृतिक पदत्ती पनी हो । हाम्रो मन्जिल हाम्रो मात्र हैन, दुनियाँको मन्जिल बन्नु पर्नेछ । जसलाई नियम, परिवन्द, दायरा, कर्तव्य बोधप्रति अनुबन्धित गराएर नयाँ उर्जाको अनुपम उदयको आभाष दिन सकोस । भावना म अपेक्षा गर्छु तिमीले जहिले पनि कदम-कदम हाम्रो मन्जिललाई नयाँ उत्सर्गमा आगमन गराउने छौ । अनी यो परिवेशलाई नै नयाँ प्रतिमुर्तीमा ढाल्न सक्नेछौ । हो विवस्ता धेरै हुन सक्छन, अंकमाल गर्ने नसाहरुमा रगत पातलिन सक्लान तर बिचारमा बिकराल कहिल्यै आउन सक्ने छैन । हाम्रो यो जीवनको प्रतिवद्वता सम्झौं र कसम पनि……
अन्तिम पत्रको छैटौं अध्याय पून: अर्को बिहीवार….














































Dear Chandra ji, hajur ko lakha aatinai ramro lagoyo yasarinai hajur ko kalam chalerahos . ra hajur ko pragatiko kaamana gardachhu. aaindakaa dina harumaa pani yasari nai paDana paiyos yahi mero subhakamana chha hajurlai.
Ramesh
its good like a teaching a lession for us
thank you very much
oh kati ramro lekha ho very good mr chandra ji
nabin tamu
kuwait
oh kuwait nepal thanks garet news
samundra thapa
Dear Dai chandra
Tapaiko Lekh sarai marmik cha. kalam chalaudai janu hola.
Bhai D.B. Limbu
HYUNDAI