Daily Archives: 20/05/2010

सिद्धिपुरमा नेपालकै पहिलो मूत्र बैंक स्थापना

मानवमूत्रको उचित व्यवस्थापन गर्न र बालीनालीमा मलखादका रूपमा प्रयोग गर्न सिद्धिपुरका किसानहरूले आफ्नै गाउँमा नेपालकै पहिलो मूत्र बैंक स्थापना गरेका छन् । रासायनिक मलको प्रयोगबाट उत्पादित कृषिजन्य खाद्यवस्तुको गुणस्तरमा कमी आउनुका साथै माटोको उर्बरा क्षमतामा पनि ह्रास आउन थालेपछि उक्त क्षेत्रका किसानहरूले खेतीका लागि मानवमूत्र प्रयोग गर्न थालेका हुन् । प्रांगारिक मलका रूपमा मानवमूत्र प्रयोग गरी उत्पादन गरिएको खाद्यवस्तु स्वास्थ्यका दृष्टिकोणबाट पनि लाभदायक हुने उनीहरूको दाबी छ । Continue reading

नेपाली दूतावास साउदी अरेबियाद्वारा ३० नेपाली कामदारको उद्वार

जय आले, कुवेत

वैदेशिक रोजगारीको शिलशिलामा ११ महिना अघि साउदी अरब पुगेका नेपाली कामदारहरु रोजगार सम्झौतापत्रमा उल्लेख भएनुसारको तलब, खाना सुविधा र उपयुक्त आवासको ब्यवस्था नभएको एवं डर, त्रास, धम्कि देखाई कुट्ने, पिट्ने गरेकोले कम्पनी छाड्न वाध्य भई समस्यामा परेका ३८ जना मध्ये ३० जना कामदारहरुलाई नेपाली राजदूतावास रियादका प्रथम सचिव श्री खड्ग प्रसाद दाहाल एवं जेद्धास्थित नेपाली सेवा समितिका पदाधिकारीहरु श्रीकृष्ण बहादुर श्रेष्ठ र नर बहादुर श्रेष्ठको संयुक्त प्रयासबाट उद्धार गरिएको छ । Continue reading

अन्तिम पत्रको पाचौं अध्याय !!!

चन्द्र तामाङ्ग, कुवेत

उपहार भन्ने लिने र दिने दुवै धेरै महत्वपूर्ण हुन्छन । जसले दिन्छ महान हुन्छ, जसले लिन्छ उ पनि महान नै रहन्छ । यो लिने भन्दा पनि दिने चाँही को हो ? भन्ने हामीले प्रथम प्राथमिकतामा राखेर अघी जानु छ । भावना मलाई अनुभव छ, तिम्रा दिनहरु एकदम व्यस्ततामा गुज्रिरहेका छन तर झनै मैले तिमीलाई धेरै कर्तब्यबोधका पाटाहरु उजगार गरी रहेको छु । मलाई अवगत छ, तिमीले एम.एड. पनि यो बर्ष भित्र नै सक्नु छ, तिमीले गहन Study गर्नु छ । अनी तिमीले अवोध बालकहरुको माता बन्नु छ जो प्रेम र शिक्षाको तृष्णामा छट्पट्याई रहेका छन । हो धुर्व सत्यको पक्षमा दौडदा सबै काम कार्ययोजना सफल-असफल हुन्छन, त्यस्तो बखत तिमी अलिकती पनि बिचलित नहुनु ‘भावना’ म जहिले पनि तिम्रो साथमा छु । Continue reading

नेपालकी पुनमाया बनिन्, कोरियाको सउल नेशनल यूनिभर्सिटीकी तारा

Puru Joshi, Seoul
सउल नेशनल यूनिभर्सिटीको अन्तराष्ट्रिय बिधार्थीहरुको संगठन, SISA (SNU International Students Association) ले आयोजना गरेको प्रथम अन्तराष्ट्रिय बिद्यार्थी प्रतिभा प्रदर्शन प्रतियोगिता (The First SNU International Students Talent Show Competition), २०१०, मा ११ देशका १५ समुहलाई पछाडी पार्दै नेपालकी पुनमाया महर्जन प्रथम भएकी छिन् ।

उहाँ सोही यूनिभर्सिटीमा प्लान्ट बायोकेमेस्ट्रिमा बिधाबारिधी गर्दै हुनुहुन्छ । सउल नेशनल यूनिभर्सिटीमा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुका माझ मे १५ मा आयोजित उक्त प्रतियोगितामा उहाँले स्वर्ण पदक सहित नगद पुरस्कार जितेकी हुन् । Continue reading

स्थगित लिगको समय लम्बियो

काठमाडौं,  अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्थगित सहिद स्मारक सानमिगेल ‘ए’ डिभिजन लिग सुरु गर्ने मिति अझै तय गर्न सकेको छैन। बुधबार एन्फा र सहभागी क्लबको संयुक्त बैठकले अनिश्चितकालका लागि लिग स्थगनलाई निरन्तरता दिने निर्णय गरेको छ। Continue reading

कुवेतमा नेपाली महिलाले झुण्डिएर आत्महत्या गरिन

जय आले, कुवेत

कुवेत सिटी, १९ मे : कुवेतको उम अल-हाईमानस्थित घरेलु कामदारमा कार्यरत एक ३४ वर्षिया नेपाली महिला आफुले काम गर्ने घरमा झुण्डिएर आत्महत्या गरेकी छिन् । उनले आत्महत्या गर्नुको कारण र उनको अन्य विवरण भनें केही खुलाईएको छैन । आत्महत्या बारे कुवेत पुलिसलाई खबर प्राप्त भएपश्चात स्वास्थ्य कर्मीहरुको साथमा पुलिस पुगी परिक्षण गर्दा उनको मृत्‍यु भई सकेको र उनको मृत शरीर अहिले पुलिसले सम्बन्धित निकायमा लगेको स्रोतले जनाएको छ ।   

Source : Arab Times, dated 20.05.2010

गर्मीले जनजीवन कष्टकर

बुटवल, केही दिनयता बढेको अत्यधिक गर्मीले रूपन्देहीलगायत तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । एक्कासि गर्मी बढ्दै गएको र समयमा वर्षा नभएपछि रूपन्देहीको भैरहवा, बुटवलका साथै नवलपरासी र कपिलवस्तुको जनजीवनसमेत कष्टकर बनेको छ ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थलको मौसम विज्ञान शाखाका अनुसार यस वर्ष सबैभन्दा बढी तापक्रम गएको ६ वैशाखमा ४३ दशमलव ४ डिग्री मापन गरिएको थियो । तर, बीचमा फाटफुट वषा भएपछि घटेको तापक्रम पुनः एक्कासि बढ्न थालेपछि जनजीवन कष्टकर बन्दै गएको हो । Continue reading

माओवादीको जनसंविधान घोषणा हिंसात्मक हुनसक्ने निश्कर्ष

सबै सुरक्षा निकालयलाई सतर्क रहन निर्देशन-
काठमाडौँ,  माओवादीले सडकबाट गर्ने भनेको जनसंविधान घोषणा कार्यक्रम हिंसात्मक हुनसक्ने निश्कर्ष आज बिहान सिंहदरबारमा बसेको सुरक्षा परिषद्‍को बैठकले निकालेको छ। बैठकले सुरक्षाका सबै निकायलाई सतर्क रहन निर्देशन दिएको छ। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री विजयकुमार गच्छदारले माओवादीको लक्ष्य सत्ताकब्जा भएकोले गम्भीर सुरक्षा खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाउने निर्देशन बैठकले दिएको जानकारी दिए। Continue reading

नेपालीलाई हलिउड अभिनेत्रीको करोड डलर मूल्यको धनसम्पत्ति

न्युयोर्क – वर्षौंको सेवा र वफादारीको इनाम के हुनसक्छ? नेपाली मूलका अमेरिकी इन्द्र तामाङ उदाहरण बनेका छन्। पहिले घरायसी कामदार रहेका तामाङ अहिले आफै लगभग एक करोड डलर मूल्यको धनसम्पत्तिका मालिक भएका छन्। उनलाई यी सबै सम्पत्ति गत वर्ष ९८ वर्षको उमेरमा निधन भएकी हलिउड फिल्म अभिनेत्री रुथ फोर्डबाट प्राप्त भएको हो।
 
रुथको महल न्युयोर्क सिटीका भव्य महलहरूमा गनिन्थ्यो। रुथको महलसँगै उनका भाइ लेखक तथा फिल्मकर्मी चार्ल्स हेनरी फोर्डको पनि घर छ। सन् २००० मा निधन हुनुअघि चार्ल्सले उक्त घर रुथलाई सुम्पेका थिए। ती दुवै महलका ब Continue reading

रगतकै नाता दाजु-बहिनीको हुने भयो बिहे

२०६७ ज्येष्ठ ६, तपाईंलाई सुन्दा अचम लाग्न सक्छ तर ठुला खान्दानमा जे पनि हुदो रहेछ भने कुरा यो न्युजबाट पनि अनुमान लगाउन सकिनछ ।  नाताले दाजु-बहिनी पर्ने एउटै बाबुका सन्तानबीच बिहेको कल्पना प्रायः गरिँदैन । तर, काठमाडौंमा निकट भविष्यमै हाडनाता पर्ने केटा र केटीबीच धुमधामका साथ बिहे हुँदै छ । जे-जस्तो नाता परे पनि र जसले जे भने पनि आफ्नो प्रेमलाई दाम्पत्य जीवनमा परिणत गरिछाड्ने निर्णयमा पुगेका युवक र युवती केशरशमशेर राणाका खलक हुन् । Continue reading

जनसंपर्क समिति एकता अधिवेशनका केन्द्रीय सदस्यद्वारा संयुक्त राजीनामा

नेपाली जनसंपर्क समिति एकता अधिवेशन तयारी समितिका संयोजक खगेन्द्र जिसीले नेपाली काँग्रेसको सिद्धान्त, आदर्श र नीतिलाई तिलाञ्जली दिएर एकलौटी र विवेकहीन तरिकाले निर्णय गर्दै आएको भन्दै समितिका सातजना केन्द्रीय सदस्यहरुले संयुक्त राजीनामा दिनुभएको छ । काँग्रेसका कार्यवाहक सभापति सुशील कोइरालासमक्ष सात केन्द्रीय सदस्यले राजीनामा पत्र बुझाएका हुन् । Continue reading