विश्व साइकलयात्री शाह सर्वोच्च शिखरमा

काठमाडौं, ३ जेठ,  विश्व साइकलयात्रीका नामबाट आफ्नो परिचयलाई उच्च स्थानमा पुर्‍याउन सफल पुष्कर शाह विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पनि सफल भएका छन् । विश्व शान्तिको कामनासहित साइकलबाट एक सय ५० मुलुकको यात्रा गरेका शाहको सगरमाथाको शिखर चुम्ने सपना सोमबार बिहान साढे १० बजे पूरा भएको हो। त्यहाँ पुगेपछि उनले आफूले साइकलयात्रा गरेका एक सय ५० वटै मुलुकको राष्ट्रिय झन्डा फहराए। ‘एक सय ५० वटै मुलुकको राष्ट्रिय झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउन पाउँदा आफूले साइकलयात्रा गर्दा भोग्नुपरेका सबै दुःख, पीडा र वेदना बिर्सिएँ,’ शिखर चुमेको खुसीयाली विश्व साइकलयात्री शाहले यसरी व्यक्त गरे। ‘पिस एक्सपिडिसन-२०१०’ आरोहण अभियान अर्न्तर्गत दक्षिणी मोहडाबाट सगरमाथाको शिखर चुमेका उनी २५ चैतमा त्यसतर्फलागेका थिए। महाशाखाका अनुसार उनले एक सदस्यीय आरोहण दलबाटै सगरमाथाको शिखर चुमेका हुन्। शाह १२ वर्षघि मुलुकमा माओवादी सशस्त्र द्वन्द्व चर्किएका बेला विश्वमा शान्ति फलियोस् भन्ने कामनासहित १२ मंसिर २०५५ मा चन्द्र-र्सर्ूयअंकित राष्ट्रिय झन्डा र एउटा साइकलको भरमा विश्व भ्रमणमा निस्किएका थिए । २४ फागुन २०२४ मा दोलखाको भीमेश्वर नगरपालिका-१२ मा जन्मेका ४३ वषर्ीय शाहको यात्राका क्रममा आफूले घुमेका राष्ट्रको झन्डा सर्वोच्च शिखरमा फहराउने सपना थियो। सगरमाथातर्फजाने दिन राष्ट्रपति कार्यालयमा भएको बिदाइ समारोहमा उनले जसरी भए पनि सगरमाथाको सफल आरोहण पूरा गर्ने अठोट गरेका थिए। र् पर्यटन उद्योग महाशाखाका उपसचिव बाबुराम भण्डारीले विश्व साइकलयात्री शाहसहित सोमबार एकै दिन विभिन्न मुलुकका ९२ जनाले सगरमाथाको पाइला टेकेको बताए। उनले ४२ जना विदेशी र ५० जना नेपालीले सगरमाथाको पाइला टेकेको जानकारी दिए। महाशाखाका शाखा अधिकृत डोरेन्द्र निरौलाले स्वदेशी र विदेशी गरी यस वर्षो वसन्त ऋतुमा सगरमाथा चढ्नका लागि २५ वटा आरोहण दलले अनुमति लिएको बताए।

2 Responses to विश्व साइकलयात्री शाह सर्वोच्च शिखरमा

  1. tapaiko lagi shuv kamana tapaiko 150 desh ko bharmar pachhi nepal uchcha sagarmatha ma safal ko lagi thanks

  2. SHAHA SIR. SA DHANDEBAD KO PATRA HUNUHUNCHA MERO TARFA BATA HARDIK BADHAI CHA NEPAL RA NEPALI KO NAM SANSAR BHAR FAILAYEKO MA .

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s