दुबईको भिसा अब मोवाइलमा


दुबई जानेहरुका लागि आउदा दिनहरुमा भिसा पाउन अझै सजिलो बन्ने भएको छ । जसमा मोबाइल वा ई-मेलमार्फत पनि भिसा प्राप्त गर्न सकिने बताइएको छ । दुबई नेचुरलाइजेसन एन्ड रेसिडन्सी डिपार्टमेन्ट (डीएनआरडी) र दुबईको सहकार्यमा यात्रीलाई मोबाइल वा ईमेलमार्फत भिसा उपलब्ध गराउने व्यवस्था गर्न लागिएको हो । दुबई विमान सेवाका अनुसार मे १९ तारिखदेखि लागू गरिने यो सेवा परीक्षणका लागि तीन महिनासम्म हुने र त्यसका लागि सो विमान सेवाले विमान यात्री भाडाका अतिरिक्त अन्य शुल्क नलिने बताएको छ ।

यो सेवाले यात्रीका लागि हवाई सेवाका लागि दिएको सूचनाबाटै भिसाका लागि आवश्यक सूचनासमेत उपलब्ध हुने र विमान सेवाले नै भिसा उपलब्ध गराइदिने भएपछि भिसाको झन्झटिलो प्रक्रियाको अन्त्य हुने बताइएको छ । डीएनआरडीका निर्देशक मोहमद अहमद अलमारीका अनुसार यस प्रकारको सेवाले यात्रीलाई निकै सुविधा पुग्ने र सो सेवाका लागि अत्याधुनिक सूचना र प्रविधिको प्रयोग गरिनेभएको छ । यात्रीको भिसा स्वीकृति भएको कुरा ग्राहकलाई तत्काल एसएमएस वा ई-मेलमार्फत पठाउने व्यवस्था गरिएको छ ।

Sabhar : Weeklynepal

One Response to दुबईको भिसा अब मोवाइलमा

  1. mobile ma pani visa aauchha??

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s