Daily Archives: 18/05/2010

दुबईको भिसा अब मोवाइलमा

दुबई जानेहरुका लागि आउदा दिनहरुमा भिसा पाउन अझै सजिलो बन्ने भएको छ । जसमा मोबाइल वा ई-मेलमार्फत पनि भिसा प्राप्त गर्न सकिने बताइएको छ । दुबई नेचुरलाइजेसन एन्ड रेसिडन्सी डिपार्टमेन्ट (डीएनआरडी) र दुबईको सहकार्यमा यात्रीलाई मोबाइल वा ईमेलमार्फत भिसा उपलब्ध गराउने व्यवस्था गर्न लागिएको हो । दुबई विमान सेवाका अनुसार मे १९ तारिखदेखि लागू गरिने यो सेवा परीक्षणका लागि तीन महिनासम्म हुने र त्यसका लागि सो विमान सेवाले विमान यात्री भाडाका अतिरिक्त अन्य शुल्क नलिने बताएको छ । Continue reading

२२ वर्षीय महिलाले एक साथ तिन बच्चालाई जन्म दिइन

जनकपुरमा आज एक महिलाले एकै साथ तिन जिवित बच्चालाई जन्म दिएकी छिन् । धनुषाको कुर्था –३ बस्ने २२ वर्षीय ममता देवी साहले एक साथ तिन बच्चालाई जन्म दिएकी छिन् । यसअघि दुई छोरालाई जन्म दिसकेकी ममताले आज विहान एक छोरी दुई छोरालाई जन्म दिएकी छिन भने ममता सकुशल रहेको अस्पताल श्रोतले जनाएको छ । ममताले जन्म दिएकी छोरीको तौल १३ सय ग्राम र दुई छोराको तौल क्रमशः ११ सय ग्राम र १२ सय ग्राम रहेको छ । Continue reading

घाँस काट्न गएकी महिलाको हत्या

रिम गाविसमा आज बिहान एक महिलाको हत्या भएको छ । बिहान घर नजिकैको कान्लामा घाँस काट्न गएकी रिम–४ जामुनेकी २२ वर्षीया कमला साहुको अज्ञात समूहले हत्या गरेको हो । हत्याको कारण र हत्याराको पहिचान हुन सकेको छैन । अहिले कपुरकोट प्रहरी चौकीबाट प्रहरीको एक टोली घटनास्थल पुगेको छ । यसैबीच हत्याको आरोपमा स्थानीय बासिन्दाले कुपिण्डे गाविसका पूर्णबहादुर यरीलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

Sabhar : Dainikee

साठी प्रकारका क्यान्सर रोगी फेला परे

भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि आउने क्यान्सरका बिरामी बढेका छन् । क्यान्सर रोगीको वृद्धिसँगै बिरामीको चाप पनि बढ्दै गएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सुदीप श्रेष्ठले बताउनुभयो । अस्पतालमा ओपिडी सेवा लिनमात्र दैनिक एकसयभन्दा बढी बिरामी तथा रेडियोथेरापीका लागि दैनिक ६० भन्दा बढी बिरामी आउने गरेका छन् । गत वर्ष पाँच हजार ४४४ जना नयाँ बिरामीलाई सेवा दिएको सो अस्पतालले यस वर्ष पाँच हजार ८१२ जना नयाँ बिरामीलाई सेवा दिएको छ । Continue reading

संविधानसभाको म्याद थप हुन्छः नारायणकाजी

कान्तिपुर संवाददाता                    
काठमाडौं, जेष्ठ ४ – संविधानसभाको म्याद थप गर्न सर्त राखिरहेको माओवादीका एक बरिष्ठ नेताले संविधानसभाको म्याद थप गर्नुको विकल्प नरहेको बताएका छन् । माओवादीले संविधानसभाको म्याद थप्न सरकारको राजिनामा र सहमतीय प्रणालीमा जानुपर्ने माग गर्दै आएको छ । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानसभाको म्याद थप अघि राष्ट्रिय सहमतिको आवश्यकत्ता रहेको बताए । Continue reading

खासीसँग भएको झडपमा तीन नेपालीभाषीको मृत्यु

सिलिगुडी (भारत), जेष्ठ ४ – अल्पसंख्यक नेपालीभाषी र बहुसंख्यक खासीवीचको तनावले उग्र रुप लिएको छ । यस क्रममा सोमवार पुनः भएको झडपमा तीन जना  नेपालीभाषी मारिएका छन् । मेघालय गोर्खा वेल्फेयर सेन्टरका सदस्य टीआर जोशीले दिएको जानकारी अनुसार मारिनेमा मेघालयको वडापानी भन्ने स्थानका ७० वर्षिय धनपति वास्तोला छन् । अन्य दुईको नाम खुल्न सकेको छैन । Continue reading

सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक थापाको निधन

काठमाडौँ, जेठ ४ । सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक सहवीर थापाको सोमबार राति ५९ बर्षको उमेरमा निधन भएको छ । करिव एक बर्षदेखि क्यान्सरपीडित रहेका  थापाको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वास्थ्यमा गम्भिर समस्या देखा परेपछि उनलाई बैशाख २७ गते अस्पताल भर्ना गरिएको हो । थापाका श्रीमती , एक छोरा र एक छोरी छन् । उनको पार्थिव शरिरलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा राखिएको छ । Continue reading

विश्व साइकलयात्री शाह सर्वोच्च शिखरमा

काठमाडौं, ३ जेठ,  विश्व साइकलयात्रीका नामबाट आफ्नो परिचयलाई उच्च स्थानमा पुर्‍याउन सफल पुष्कर शाह विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पनि सफल भएका छन् । विश्व शान्तिको कामनासहित साइकलबाट एक सय ५० मुलुकको यात्रा गरेका शाहको सगरमाथाको शिखर चुम्ने सपना सोमबार बिहान साढे १० बजे पूरा भएको हो। त्यहाँ पुगेपछि उनले आफूले साइकलयात्रा गरेका एक सय ५० वटै मुलुकको राष्ट्रिय झन्डा फहराए। Continue reading