बालकृष्ण घिमिरे, कुवेत
फराकिलो छाती, सुन्दर र निश्चल हृदय भएकी संसारका आँखामा आफ्नो सुन्दरताको पहिचान छर्न सफल नेपाल आमा तिमीलाई प्रदेशबाट मेरो कोटीकोटी प्रणाम !!
आमा, स्वदेशमा बस्दा भन्दा बिदेशमा बस्दा आमाको महत्व अझ बढ्ता बुझिने अवसर पाईंदो रहेछ । तिमीसित सँगै हुँदा जानी-नजानी तिम्रा कुपुत्रहरुका लहै-लहैमा लागेर मैले पनि हजारौ गल्ती गरेको थिएं मलाई अहिले ति मेरी नेपाल आमा प्रति गरेको गल्तिको पश्चाताप भई रहेको छ । आमा मैले त्यहाँ हुँदा तिमी माथि जान-अन्जानमा गरेको गल्तिहरुलाई क्षमा पक्कै देउली भन्ने आशा राख्दै यो पत्र कोर्दै छु ।
नेपाल आमा, बर्षौ पहिले तिम्रा सुपुत्रहरुले तिम्रो सुन्दर निश्चल र पवित्र रुपबाट मोहित बनी तिमी माथि गिद्दे नजर लाउने वारीपारी गाउँका छिमेकिहरुको बिरुद्द एकजुट भई तिम्रो स्वाभिमान, स्वाधिनता र एकताको रक्षाका लागि आफ्नो ज्यान आहूती दिएका थिए तर अहिले ति वीर योद्धाहरुको रगतको अवमूल्यन गर्दै अहिलेका तिम्रा कुपुत्रहरु एकताको दह्रो तिम्रो पटुकी छिनाउन चारैतिर बाट मरी मेटेर लागेका छन । आमा ऊ बेला तिम्रो रक्षाका लागि आफ्नो ज्यान अर्पण गर्नेहरुलाई राष्ट्रिय सम्मान दिंदै शहीद घोषणा गरिन्थ्यो तर अहिले डाँका, फटाहा, लुटुवा र सोझा-साझा गरिब निमुखा तिम्रा छोरा छोरीहरुको हत्या गर्ने हत्याराहरुलाई शहीद घोषणा गरी तिम्रो सम्पत्तिको दुरुपयोग गरिंदै छ । यी कुपुत्रहरुको यस्तो गतिबिधिका कारण कती असहाय भएको होला हगी तिमीलाई ? त्यती मात्रै कहाँ हो र आमा तिम्रो बिशाल छाती माथि खेलवाड गर्दै तिम्रो अस्मिता लुट्ने कार्यमा तल्लिन यि कपुतहरु धर्म र जातियताको नाममा हामी भाई भाईमा बिद्रोह गराई आफ्नो स्वार्थ पुरा गर्ने तयारीमा लागेका छन् ।
नेपाल आमा यसरी पनि आफ्नो स्वार्थ पुरा गर्न नसके तिम्रै लाम्टा चुसिरहेका यि कुपुत्रहरु तिमीलाई नै लिलामिमा छिमेकिलाई बिक्री गरेर भएपनी आफ्नो र आफ्नाहरुका लागि पुष्तौं पुष्तालाई पुग्ने सम्पत्ति जोड्न तल्लिन भएका छन । तिम्रा केही टाठाबाठा भनिएका कपुतहरु बाहिर-बाहिर झगडा गरेको अभिनय गर्दै भित्र-भित्र एकजुट हुँदै हामी सोझा निमुखा गरिबहरुलाई सडकमा उतारी आफु-आफु बिच काटाकाट र मारामार गराई रहेका छन् । हामी अबुजहरु पनी यिनिहरुको बहकावमा परि भाई-भाई, बैनी-बैनी बिचमा दुश्मनी बढाई रहेका छौं ।
हिजो चप्पल लाउन नजान्नेहरु आज महलमा राज गर्दै प्राडो र पजेरोमा सवारी भएको आफ्नै आँखा अगाडि देख्दा-देख्दै हामी यिनैका कुतर्कका पछाडि कुद्न वाध्य छौं किन ? आफ्नी जननी नेपाल आमाको बलात्कार गर्ने कुचेष्टा हुँदासम्म हामी केही भन्न र बोल्न नसक्ने भएका छौं किन ? हो आमा पहिलेका शोषक, सामन्त, पुजींपती, नोकर शाही र दलालहरुले पनि हामी गरिबहरुलाई नै चुसे । त्यस्ताका बिरुद्द आवाज बुलन्ध गर्दै धेरै पटक तिनिहरुका बिरुद्द लड्नु पर्यो ।
अहिलेका यि टाठाबाठाहरु पनि हिजो सम्म गरीब नै थिए । तिनै शोषकहरुका बिरुद्द यिनिहरु नलागेका हैनन् तर आज रातारात यिनिहरु करोडपती भए, सुकिला-मुकिला भए अनी सर्वहारा वर्गको नेतृत्व गर्नेहरु आफु कहाँ बाट कहाँ पुगियो भन्ने ख्यालै नगरि अझ गरिब तिम्रा सन्तानलाई झन गरिब पार्दै सर्वहाराको नेता बनी नै रहने चाहाना गर्दै छन् । मैले माथि नै भनी सकें यहाँ एउटा दल वा व्यक्ती मात्रै हैन नेपाल आमा माथि हाल नेपालमा राजनीति गर्ने सबै दलहरु आ-आफ्ना ठाउँबाट लुट्न, चुस्न र फुटाउनमा तल्लिन छन् होशियार !!
लौ त आमा, आगामी दिनमा तिम्रा कुपुत्रहरुले तिम्रो नाम जिवितै राखे भनें म लगायत प्रदेशमा रहेका लाखौं तिम्रा सन्तानहरु आफ्नी प्यारी आमाको साथमा फर्कने बाचा गर्दै बिदा हुन्छु । जय नेपाल, जय आमा !!
















































first fall great salute for you sir.
tapaiko lekahi malai ati nai man paryo dai i am really happy. sabai nepali daju bhaile aafno nepal aama lai bujidinu bhayo bhane kasto hunthyo hola?
ruiraheko aamako aasulai ek patak samjinus ta.
ahile chhora chhora bijko jhagadalai dekhera aama kati runubhayo hola hai????????? esto chhora haru ta janmine bitikai mareko bhaya aananda nai hunthyo holanai haina ta sathi dajubhai haru????????????
you just keep on going. its really great mail.
by the way balkrishna sir write some more about our mom nepal. thanks
Balkrishna g Namaskar,
Dhanyabad 6 tapailai Nepal aama ko Samjhana Garaidinu Bho , Tapaiko Lekh Ramro Lagyo . Yasarinai Pardafas Garnus Ti Daka , Fatahaharulai Ani Pravasi Nepaliko Manma Deshprem Jagaudai Garnus . Lakh Lakh Shubhkamana Sathai Patrikako Safaltako Kamana.