चन्द्र तामाङ्ग, कुवेत
अर्थशास्त्रको सिद्दान्तमा जुन एक चक्रव्यूह त्यसभित्र गरीब र धनीको दुरीलाई केलाएर हेर्दा किन गरीब, गरीब नै हुन्छ र धनी, धनी नै रहन्छ ? आर्थशास्त्रले के भन्छ ? किन यो खाडल निमिट्यान्नै हुन सक्दैन ? किनभनें गरीबको पहिलो प्राथमिकता भनेको बिहान र बेलुकीको दैनिक आवश्यकिय बस्तुको पुर्ति गर्नु हो । जुन बस्तु बिना उसले प्राण सञ्चय गर्न सक्दैन । जस्तै : खानपिन, लत्ताकपडा र बस्नको प्रबन्ध । यि प्राण धान्न आवश्यकिय बस्तु भित्र पर्ने दैनिकीहरु हुन ।
तर धनीको सोंचको परिधी यो भन्दा धेरै भिन्न हुन्छ, उसले आफ्नो सन्ततिलाई सबैभन्दा राम्रो बोर्डिङ् स्कुलमा पठनपाठन गराई भोली MBA गराएर कुनै ब्याबसाय सम्हाल्न आग्रिम पङ्तिमा राख्छ । भोली धनीको छोराछोरी राम्रो Education लिएर एक सक्षम नागरिक बन्छ । तर गरीबले आफ्नो सन्ततिलाई खासै Education को लागि लगानी गर्न सक्ने क्षमता नै हुन्न । किनभनें उसको दैनिक आवश्यकता टार्न मुश्किल भएको हुन्छ । त्यसै कारणले पनि गरीबको सन्तती राम्रो शिक्षा, दिक्षाबाट बन्चित भएका हुन्छन् र खासगरी अवसर नै पाउँदैनन् । अपवादमा कोही सामान्य परिवारबाट पनि उधोगपती बन्न सक्छ, त्यो भनेको चक्रव्यूह् भन्दा बहिरको नियम हो । तर पनि त्यहाँ कसै न कसैको पूँजी लगानी भएको नै हुन्छ । यसरी हेर्दा पनि हरेक कामको लागि पहिल्यै जरुरी पूँजी लगानी गर्नु पर्ने हुन्छ ।
यसरी नै एक गरीब परिवारको मनिसले कुनै ब्यवसायमा जति नै चतुर र सुपर भिजनहरु प्रस्तुत गर्न सके पनि बिना पूँजी मात्र सपना र कल्पनामा सिमित हुन्छ । तर एक धनी मनिसको सदस्यले कुनै व्यक्तिको सुपर भिजन खरिद गरेर वा सो व्यक्तिलाई आफ्नो लगानीबाट सञ्चालित व्यवसायमा रोजगारी दिएर, त्यसबाट भएको मूनाफा न्युन हिस्सा रोजगारी गर्ने व्यक्तिलाई दिएर, अधिकतम हिस्सा भनेको लगानीकर्ताको भागमा नै पर्न जान्छ । यसले पनि के देखाउँछ भनें लगानीकर्ता वा मालिक नै धनी हुँदै जाँदैछ । गरिबको चक्रव्यूह उकालो चढेपनी उसले त्यो मूनाफाको हिस्सा न्युन प्राप्तिले रोजगार कर्ताको दयनिय आवश्यकिय मापदण्ड भन्दा अरु पूरक हुने हैसियत देखिंदैन ।
नेपाल जस्तो बिकासोन्मुख मुलुकमा कती मानिस गरीबीको रेखामुनी छन् भन्ने कुरा एक जनचासोको बिषयवस्तु बन्नु समयानुकुल नै हो । नेपालमा १४ लाख, ५९ हजार घर धुरी गरीबीको रेखामुनी छन । गरीब कसलाई भन्ने, कुन अंकले यो सिमालाई मापन गरिएको छ ? नेपालमा जुन घर धुरिलाई आफुले बर्षदिन भरी गरेको उत्पादनले ३ महिना मात्र खान पुग्छ भनें ति सबै घर धुरी गरीबीको रेखा मुनी पर्छन, यो गरीबी निवारण सँघको मापदण्डले जनाएको छ । नेपालमा २०६४ सालमा “गरीबी निवारण कार्यक्रम” अन्तर्गत २४ जिल्लामा दुर्त गतिले सेवा सन्चालन गरी ३ लाख भन्दा माथि घर धुरिलाई राहत पुर्याएको छ । अबको १० बर्षभित्र नेपाल अधिराज्यका सबै जिल्लाहरुमा गरीबी निवारण गर्ने लक्ष्य गरिबी निवारण सँघले राखेको छ । तर यसको लागि लगभग पूँजी ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
तर बिभिन्न कार्यक्रम योजना र परियोजना अपनाए पनि नेपालमा दिगो गरीबी निवारण गर्न सक्ने माध्याम भनेको दिगो शान्ति, मुलुकमा भएका कलकारखाना पून: जिवित गराउने, नयाँ उधोग धन्दामा निजी लगनीलाई प्रोत्साहन गरी छिटो भन्दा छिटो नयाँ बस्तुको उत्पादन गरी बिदेशमा निर्यात गर्ने, बिदेशबाट आयात कम गरी नेपालमा नै उत्पादन भएका बस्तुको उपभोग गर्ने बनी बसल्ने हो भनें यो १४ लाख घर धुरीको अवस्था छिट्टै निर्मूलिकरण हुनेछ । किनभने जब हामीले देशको उत्पादन उपभोग गर्छौ हामी त्याहाँबाट रोजगारी पनि पाएका हुन्छौं र मुलुकमा नै उत्पादन भएको सस्तो र सुलभ पनि पर्न जान्छ यसो भएपछी थोरै पूँजिबाट धेरै आवश्यकता पुरा गर्न सकिन्छ । सरकारले निजी वा सरकारको लगानीबाट चलेको कलकारखानाबाट उत्पादन भएको बस्तुको आन्तर्राष्ट्रिय बजार प्रवर्धन गरेर नेपाली उत्पादनलाई राम्रो खपत, निर्यात बढाउन सके नेपालमा केही मात्रमा गरिबी निर्मूलिकरण हुँदै जानेछ ।
तर यो सबै हुनलाई मुलुकमा दिगो शान्ति, राजनैतिक निकासको ठोस् मार्गदर्शन, मुलुकमा नै लगानिको राम्रो वातावरण, पारदर्शी वित्तिय नीति र बन्द सडक आन्दोलन निर्मूल भएमा नेपाल हामी सबैको कल्पनाको होइन यथार्थको नेपाल हुनेछ । जहाँ गरीब र धनीको दुरी पनि केही मात्रमा भएपनी समानन्तर दिशामा जानेछ ।
आशा गरौं, मुलुक छिट्टै उन्नतिशिल बन्न सकोस् हामी सबैको कल्पनाको नेपाल बनाउन सकौं…….















































