ज्वालामुखी विस्फोटले फेरि विमानस्थल बन्द


आइसल्यान्ड ज्वालामुखी विस्फोटको धुवाँ युरोपतिर फैलिएपछि बेलायतका धेरैजसो विमानस्थल फेरि बन्द भएका छन् । बेलायतको एयर ट्राफिक नियमक निकाय नाट्सका अनुसार बेलायतका पूर्वी मिडल्यान्ड, म्यानचेस्टर, लिभरपुल, डोन्कास्टर, हम्बरसाइड र कार्लिस्ले विमानस्थलहरू ज्वालामुखीका कारण प्रभावित भएका छन् । बेलायतको नागरिक उड्डयन प्राधिकरणले ती विमानस्थललाई ‘नो फ्लाई जोन’ घोषणा गरेको छ । उत्तरी आयरल्यान्ड, ग्लास्गो र स्कटल्यान्डका विमानस्थलसमेत यसबाट प्रभावित भएका छन् ।

यात्रुलाई घर छोड्नुअघि आफ्नो एयरलाइन्स कम्पनीसँग सम्पर्क गर्न आग्रह गरिएको छ । मौसमी अनुमानअनुसार मंगलबारसम्ममा ज्वालामुखीको धुवाँ बेलायतका अन्य स्थानसम्म फैलिन सक्नेछ । बेलायतको मौसम विभागका प्रमुख प्राध्यापक ब्रायन गोल्डिङले बिहीबारबाट धुवाँ कम हुने बताएका छन् । लन्डन विमानस्थल भने ज्वालामुखीको धुवाँबाट प्रभावित भएको छैन । आइतबारसम्म जर्मनीको डब्लिन विमानस्थल पनि सञ्चालनमा छ । एजेन्सी

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s