बिमल लामिछाने, कुवेत
संपर्क : ६६५२९७३७
“खोज र अनुसन्धान”
कुवेतको आन्तरीक मन्त्रालयको हवाला दिंदै सार्वजनिक हुन आएको तथ्यांक अनुसार कुवेतमा हालसम्म करिब ६ लाखको हाराहारीमा घरेलु कामदारहरु कार्यरत छन । कुवेतको पाराम्परिक कानूनका कारण कपिल (स्पोन्सर) सिस्टमको कारणले धेरै युवाहरु पनि घरेलु कामदारको रुपमा भित्रिएर अन्य काममा कार्यरत छन । अधिकांश अपराधिक गतिबिधिहरु त्यही कफिल सिस्टमको कारणले नै हुन आएको कुरा कुवेतको आन्तरिक मामिला सम्बन्धी अधिकारीहरुको ठम्याई छ । लागू औषध, रक्सिको ब्यापार लगायत बेश्यालय सम्म युवतीको बेच-बिखनमा पनि ति खाले मानिसहरु प्रयोग भएको तथ्यांक सार्वजनिक भएको छ ।
सामान्य मानिसहरुलाई अचम्म लाग्न सक्छ, कुवेत जस्तो सरिया कानून भएको देशमा पनि बेश्यालय हुन्छ र ? तर कानूनको परिधि नाघेर गरिएका सबै किसिमका चुनौतीहरु कानूनको फन्दामा नपरिउन्जेल उल्लेखित समाजको लागि सदैव गौण बिषय नै हुन सक्छ । स्थानिय पत्रकार रिक्कि ल्याक्सका अनुसार कुवेतको बिभीन्न स्थानमा गरिएको स्थलगत अध्ययनमा दलालका माध्यमले बिभिन्न बैदेशीक युवतीहरु देहब्यापारको सन्जालमा परेको जनाउछन । कुवेतको फाहहिल, सालमिया लगायतका क्षेत्रमा स-साना अपार्टमेन्टहरु बेश्यालयको रुपमा केहि एसियनहरुले सन्चालन गरेको कुरा बताउछन । उनिहरुले घरेलु कामदारको रुपमा कार्यरत युवतीहरुलाई बिभीन्न बाहानामा ललाई-फकाई घरबाट भाग्न बाध्य बनाई यौन पेशमा लाग्न उक्साउने गरेको जानकारीमा छ भनें केहि युवतीहरु धेरै पैसा कमाउने नाममा यतातिर खिचिएको कुरा फाहहिलमा सन्चालीत एक देह ब्यापार केन्द्रका सन्चालक नै बताउछन ।
स्रोतका अनुसार सालमियामा बेश्यालय सन्चालन गरेकी एक फिलिपिनो आईमाईका अनुसार उनि कहाँ सेल्टरको लागी आउने भगुवा युवतीहरुलाई उनले देह ब्यापारको लागी उक्साउने गरेकी छिन र उनिहरुको लागी उचित ग्राहकको पनि व्यवस्था गर्न उनि पछि पर्दिनन । ति युवतीहरुलाई प्रति रात २५ देखी ५० कुवेती दिनारमा उनले बेच्ने गरेको कुरा सार्वजनिक भएको छ । ति युवतीहरुलाई आधुनिक ड्रेसमा सजाएर रात्री निजि पार्टीहरुमा नाच्ने हुँदै यौन कार्य गर्न बाध्य बनाईन्छ । हुनत ति महिनाले बेश्यालय नै सन्चालन गरेको कुरा भनें ठाडै अस्विकार गरिन र आफु प्रतिष्ठित एभेन्यु मलमा काम गर्ने कुरा बताईन ।
एक फिलिपिनो बेश्याका अनुसार, “कुनै पनि युवती बाध्यताले यो पेशा अंगालेको भन्ने कुरा उनिहरु कै ईच्छामा भर पर्छ । सम्भवत: उनिहरुलाई कसैले फोर्स गरेकै कारणले देह ब्यापार गराउँछन भनेर म भन्न सक्दिन” तर म यो भन्छु की कुनै युवती यस पेशामा नआउन ।
उनले आफनो बारेमा जानकारी दिंदै भनिन, उनिहरु म कहाँ सेल्टर र सहयोगको लागी आए तर म उनिहरुलाइ खाना खुबाउन, पाल्न लगायतका उनिहरुका आबश्यकता पुरा गर्न सक्षम म थिईन अनि मैले उनीहरुलाई देह ब्यापार गर्न सुझाव दिएं किनकी उनिहरुले हालको अबस्थामा चाहिने पैसाको जोहो जाम गर्नको लागि यो नै उचित काम हुनसक्छ जसबाट उनिहरुले चाँडै उनिहरुको लागी आबश्यक पर्ने पैसा जो उनिहरुको पासपोर्ट निकाल्ने लगायतका कार्यमा खर्च हुनेछ । तर यो आम्दानीबाट केहि रकम मैले पनि लिने गरेकी छु, बेश्यालयकी सन्चालक बताउँछिन । उनका अनुसार उनले घरबाट भागेका केहि घरेलु कामदारहरुलाई सहयोग गरेकी छिन । खासमा ब्यापारबाट कमाएको पैसा उनिहरुको कानूनी परामर्शको लागी नै खर्च गर्ने गरिन्छ । हुनत ति भगौडा कामदारहरुले सम्बन्धित बिभागमा आत्मसमर्पण गर्दा पनि हुन्छ तर उनिहरु नै आफ्ना सम्बन्धित देशमा रहेका पारिवारीक आबश्यकता पुरा गर्नको लागि पनि यो ब्यापार उचित हुनसक्छ, उक्त फिलिपिनो दलालले थप्छिन ।
देह ब्यापारमा संलग्न एक फिलिपिनोका अनुसार उनलाई १० देखि ५० दिनार प्रति रातको दरले ग्राहकको सन्तुष्टिको अनुसार पैसा मिल्ने गरेको जनाउँछिन । उनिहरुका दलालले धम्क्याउँदै चक्कु रोपेर बालुवामा पुरिदिने धम्कि दिने गरेकोले ज्यान जोगाउन कै लागि भएपनि देह ब्यापार गरेको बताउँछिन । उनका अनुसार, शुरुमा उनलाई एक मलमा सेक्रेटरीको काम दिने भनेर घरबाट भाग्न लगाईयो तर वास्तविकता अर्कै भयो । उनलाई घरबाट भागे कै दिन जाबरिया लगियो र देह ब्यापारका लागि संलग्न गराईयो, उनलाई भगाउने दलालको एक उच्च गिरोहको साथ संलग्नता थियो । जसका अनुसार केहि अरब तथा बिदेशी नागरिकहरुको लागि देह ब्यापार गराउनु नै मुख्य थियो । उक्त दलालले उनिहरुको आम्दानीको ३० प्रतिशत रकम लिने गरेको थियो । दलालका अनुसार, ति बेश्याहरुको खाना, कपडा तथा लाउण्ड्रीको लागि खर्च बापतको रकम लिएको हो ।
स्रोतका अनुसार, बिगतमा अबु-हालिफास्थित एक इन्डियनले सन्चालन गरेको बेश्यालयमा देह ब्यापार गराई रहेकी हेटौंडा तिर घर बताउने नेपाली युवतीका अनुसार छिट्टै कमाउने भन्दा पनि दु:खको कारण घरबाट भागेपछि सजिलोको लागि यो पेशा अपनाएकी हुँ । अब जति बिग्रनु बिग्रिसकेपछि कसको लागि के नै पो जोगाउनु छ र ? दाम कै कुरो त रह्यो नि ? उनले सहज उतर दिईन । सालमिया, जाबरिया, फाहहिल लगायतका स्थानका साना तथा पुराना अपार्टमेन्टमा सन्चालित यि सबै बेश्यालयहरु दक्षिण एसियाली मुलुकका नागरिकबाट सन्चालनमा आएको पाईन्छ ।
फिलिपिनो, श्रीलंकन तथा केहि समयको लागि अफ्रिकन युवतीहरुलाई पनि राखेर अस्थायी रुपमा जिलिब अल-सुवैख र खेतान तिर ति दक्षिण एसियाली नागरिकहरुले बेश्यालय सन्चालन गरेको पाईन्छ । तर नेपाली युवतीहरु भनें खासै खुल्ला रुपमा भेटिएको तथ्यांक छैन ।
कुवेत स्थित कुनै एक दूतावास सम्बन्ध कर्मचारीका अनुसार, “देह ब्यापार मानव सभ्यताकै पहिलो ब्यापार हो र पैसा कमाउनको लागि सजिलो माध्यम पनि तर प्रत्येक फूल गुलाब नै हुन्छ भन्ने छैन” ति धेरै युवतीहरु लगायत दलालहरु आजसम्म पनि जेलमा छन र सम्बन्धित देश जान पाउने प्रतिक्षामा दिनहरु गन्दै छन । हामी लगायत सम्बन्धित अधिकारीहरुले दु:खमा परेका युवतीहरुलाई प्रयोग गर्ने गरु बिरुद्दको कारबाहीलाई जारि नै राखैका छौं र ति सबै खाले युवतीहरुलाई घरबाट भाग्नु भनेको समस्याको समाधान होईन भनेर आम सूचनाहरु जानकारीमा ल्याउने गरेका छौं । उक्त दूतावासका अधिकारीले थप्छन, केहि बर्ष पहिले एक युवतीलाई प्रति एक दिनारमा जिलिब अल-सुवैखमा बेचिएको र पछि उनि त्यस जन्जालबाट भागेर दूतावासमा शरण लिन आएपछि स्थानिय पुलिसको सहयोगमा रेड गरेर दक्षिण एसियाली मुलका दुई दलाललाई गिरफ्तार गरेको कुरा सार्वजनिक भएकै हो ।
र अन्त्यमा, एक एसियन कुटनैतिकका अनुसार, हरेक मानिसले सम्बन्धित अपराधिक गतिबिधिको बारेमा सम्बन्दित बिभागलाई जानकारी गराएर यौनको लागि युवतीको बेचबिखनलाई पर्दाफास गर्न जरुरी छ । हुनत यो कुनै एक सानो समस्या होला तर यसको कारणले भयानक रुपमा मानव तस्करहरुले युवतीहरुलाई प्रयोग गर्न सक्छन । स्थानिय निकायहरुले बेलैमा देशव्यापी रुपमा क्याम्पियन सन्चालन गरि यि सबै किसिमका मानवता उलंघन जस्ता अपराधको निर्मूलिकरण गरि दु:खीत युवतीहरुको उचित न्यावरण गर्नु गराउनु जरुरी छ, उक्त कुटनैतिक व्यक्तिले थप्छन ।














































Pingback: Ram Magar
Pingback: snjaya limbu
bimal ji ko lekh ta babal chha tara alikati k sachyaunu paryo bhane (khadama) lai chhadera aru aru kuraharu pani lekhnu bhayo bhane ati ramro hunthyo ki!
keep on going its really great but dont write any more abuot housemaid.