Daily Archives: 16/05/2010

घरेलु कामदार देखी देहब्यापार सम्म

बिमल लामिछाने, कुवेत
संपर्क : ६६५२९७३७

“खोज र अनुसन्धान”

कुवेतको आन्तरीक मन्त्रालयको हवाला दिंदै सार्वजनिक हुन आएको तथ्यांक अनुसार कुवेतमा हालसम्म करिब ६ लाखको हाराहारीमा घरेलु कामदारहरु कार्यरत छन । कुवेतको पाराम्परिक कानूनका कारण कपिल (स्पोन्सर) सिस्टमको कारणले धेरै युवाहरु पनि घरेलु कामदारको रुपमा भित्रिएर अन्य काममा कार्यरत छन । अधिकांश अपराधिक गतिबिधिहरु त्यही कफिल सिस्टमको कारणले नै हुन आएको कुरा कुवेतको आन्तरिक मामिला सम्बन्धी अधिकारीहरुको ठम्याई छ । लागू औषध, रक्सिको ब्यापार लगायत बेश्यालय सम्म युवतीको बेच-बिखनमा पनि ति खाले मानिसहरु प्रयोग भएको तथ्यांक सार्वजनिक भएको छ । Continue reading

हङकङमा बसको ठक्करले नेपाली बालकको मृत्यु

हङकङ,  शनिबार साँझ हङकङमा मिनिबसको ठक्करले ३ वर्षका बालकको मृत्यू भएको छ। नेपालीहरूको बाक्लो वस्ती रहेको जोर्डनस्थित क्यान्टोन रोडको छेउमा आमासँगै उभिएका बालक वाइजलाई तिब्र गतिमा आएको बसले ठक्कर दिएपछि मृत्यू भएको हो। छोराको मृत्यूबाट बेहोस् बनेकी आमालाई स्थानीय क्वीन एलिजावेथ अस्पतलामा उपचार गरी साँझ घर ल्याइएको छ। प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ। बालक पोखरा घर भएका शशी गुरुङका छोरा हुन्। उनी हङकङमा निर्माण मजदुरको रुपमा काम गर्छन्।

‘पहिले आधार तय गर्नुपर्छ’

काठमाडौं, संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग समझदारी गरेर संविधानसभाको म्याद थप्नुपर्ने कांग्रेस नेताहरूले बताएका छन् । उनीहरूले संविधान बन्ने आधार तय गरेर मात्र म्याद थप्न नेतृत्वलाई सुझाव दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी शनिबारको केन्द्रीय समितिको बैठकमा सदस्यहरूले माओवादी लडाकु र हतियार व्यवस्थापन, अस्थायी शिविरहरूको अन्त्य, वाइसिएलको अर्धसैनिक र ब्यारेक संरचनाको अन्त्य, कब्जा सम्पत्ति फिर्ता, राज्य पुनर्संरचना आयोग गठनजस्ता विषयमा पहिले सहमति हुनुपर्ने पनि बताएका थिए । Continue reading

यि कुटाइ खाने र भाग्नेको गनगन

बालकृष्ण भट्टराई, कुवेत 

दिन त्यसै त्यसै एक तमासले बगेको छ । यसलाई रोक्न कसैका बाउको बुताले भ्याएन वा सकेन र सायदै सक्ला भनेर विश्वास पनि म गर्न सक्दिन । मात्र यो बाटो पहिल्याउने एउटा स्रोत या बहाना बाजी हो मेरो । सँधै दिनभरिको गन्थनले वाक्क भएर कहिले कहिले त यसो बाहिर जान मन लाग्छ, साथीहरू बनाउन मन लाग्छ, नयाँ ठाउँ हेर्न मन लाग्छ; के गर्ने यो मन हो । भाषाको ज्ञान विना यो सबै कुरा कोराकल्पना मात्र हो । नजिकै कुनै गाडिको सुविधा छैन । फेरि मनलाई गाँठो पारेर आधुनिक अरवी भाषा प्रशिक्षण समात्छु ।
 
सँधै उठेदेखि सुत्ने बेलासम्मका गहिरा कुरामा म हाम फाल्छु । यो मेरो सामान्य जस्तो लाग्ने दैनिक नित्यकर्म जस्तै हो कुराकानीको । म कहाँ छु सबै बिर्सिएर भागेर आउने दिदीबहिनी सँगै नेपालका कुना-कुनामा हराउँछु । यी साना झिनामसिना कुराको पोको बिसाउने, दुःख, पीडा, साटासाट गर्ने काममा म सरिक हुन्छु । सम्वाद यसरी सुरु हुन्छ — Continue reading

भेडेटारमा चिसो खानेहरूको घुइँचो

भीषण राई, भेडेटार भन्नेबित्तिकै जो-कसैलाई शीतलताको अनुभव भैहाल्छ । अहिले जीरो प्वाइन्टबाट दाइनेतर्फ कुनै सवारी साधन हुइँकियो बुभ्fनुपर्छ- त्यहाँ सवार मानिस भेडेटार नै हिंडेका हुन् । भेडेटारस्थित चाल्र्स टावरको माथिल्लो तला उक्लिएपछि सुनियो । वाह क्या मज्जा ! कस्तो दामी ! विराटनगरबाट चिसो खान आएका युवतीहरूको समूहबाट एक युवती भन्दै थिइन्- ‘मलाई त यहीं बसिरहूजस्तो लाग्यो ।’ भेडेटारको चिसोमा रमाइरहेका सबैको मन चंगा भएझैं देखिन्थ्यो । सबै चिसोमा रमाइरहेका देखिन्थे । कोही फोटो खिच्न आतुर थिए । Continue reading

रित्तो हात स्वदेश फिर्ता

जेष्ठ १ – चितवन गडौलीका देवराज राई त्रिभुवन विमानस्थल उत्रिएलगत्तै स्वदेश आइपुगेकामा निकै हषिर्त थिए । कष्टकर दिन कटाएर स्वदेश आइपुगेका उनका सामु आर्थिक संकटको समस्या जस्ताको तस्तै रहेकाले पीडा भने कायमै थियो । ‘पहिला स्वदेश फिर्नु नै ठूलो कुरा भयो,’ बिहीबार विमानस्थलमा भेटिएका राई भन्दै थिए, ‘अब साहुसँग लिएको ऋण कसरी तिर्ने भन्ने तनाव बढेको छ ।’

१७ महिनासम्म काम गरेर बिनापारिश्रमिक फर्केका राईले कतार जानुअघि साहुसँग १ लाख ३० हजार रुपैयाँ ऋण लिएका थिए । ‘अहिलेसम्म सय कडा तीनका हिसाबले साहुलाई ब्याज बुझाइरहेको छु,’ उनले भने । Continue reading