चन्द्र तामाङ्ग, कुवेत
प्यारी छोरी शुभा,
न्यानो माया साथै शुभ आशिष ।
छोरी तिम्रो तोते अष्पष्ट मिस्रित ध्वनिले फेरी मलाई एउटा सन्देश पठाउन वाध्य बनायो । छोरी तिमीलाई मेरो न्यानो माया र काखबाट टाढा राखेर प्रवासी पट्यार लाग्दो घडिका काँटाहरु रफ्तारमा दौडाउन रहर हैन वाध्यता । तिम्रो निर्दोष आँखाहरुले मैले हात हल्लाउदा दिएको बिदाइले निकै दिन सम्म तिम्रो प्रतिविम्व मेरो आँखामा नाची रहे । मेरो यात्रा अवधीभरी औंला समायर तिमीलाई पछीपछी हिडाउँदा हिडाईको प्रवेगले तिम्रा नसाहरु निस्तेज भएपछी तिमी जोडदार क्रन्दन मिस्रित ध्वनिहरु प्रस्फुटन गरिदिन्यौ अनी एकैछिन मात्र तिमीलाई साहारा दिएर काँधमा बसाएपछी तिम्रो खुशीको सिमा नै रहदैनथ्यो । सन्तान र ममताको भोको म प्यासी तिम्रो प्रतिविम्वको एक प्रतिलिपी मैले जहिले पनि मेरो नयनमा राखें, तिम्रो स्मरण र अनुभूतिमा म जहिले पनि फरक संसारमा हुन्थें । जहाँ तिम्री मामु, म र तिमी खुल्ला निलो आकाश मुनिको हरियो फाँट माथिको न्यानो बस्तिमा…
छोरी गास, बास, कपास, गरीबी, शिक्षा र रोजगारीले सताएको हाम्रो समाज अनी हाम्रो पारिवारीक, आर्थिक बिषमता यि विविध तंगारोले नै आज म तिम्रो मामु र तिमीलाई छाडेर भुखण्ड र मपनको आधारमा धेरै टाढा छु । तिमी ठुलि भएपछी यी सबै कुरा अनुभूति गर्ने छ्यौ… रगत, पसिना र आँशुको बिक्री मैले आज उजाड बालुवा, खजुर, उट र हामी भन्दा भिन्न संस्कार भएका प्रतिविम्वहरुलाई बेचिरहेको छु । यो मेरो बध्याता हो र परिवन्ध पनि ।
मनिसलाई समयले दास बनाउँछ अनी समयले नै मुक्ती पनि दिन्छ, यो त प्रकृतिको नियम हो । छोरी तिमीलाई मैले कुनै पनि हालतमा आजको मेरो जस्तो बिषम बिछोडको परिस्थिती सिर्जना हुने बातावरण आउन दिन्न । मलाई थाहा छ, निर्दोष तिम्रो मामु र तिमीलाई छाडेर म प्रवासमा बस्दा कती छट्पटाई रहेको छु भन्ने । सग्लो प्रेमको प्रतिमुर्तीबाट टाढा हुँदा धेरै पिडा हुन्छ । छोरी तिम्रो मामु र मेरो मन्जिल भनेकै तिमी हौ, तिम्रो ध्वनी जब स्पष्ट हुन्छ, तिमीले पहिलो शब्दमानै नेपाली भुमिमा रगत, पसिना र आँशुलाई सिन्चित गर्ने कसम खानु पर्छ ।
उहि तिमीलाई स्नेह दिने बाबा
















































Ramro prastuti tatha sahityoko samuchit upayog sahit ko hridaya sparsi lekhan shaililai naman