काठमाडौं, जेष्ठ १ – घरेलु काम (हाउसमेड)मा बिचल्ली परेका युवतीलाई उद्धारमै ब्यस्त कुबेतस्थित नेपाली दुताबासले बिहीबार नयाँ समस्या झेल्नुपर्यो । बिहान ११ बजे दुताबासको गेट अगाडि भर्खरै सुत्केरी भएकी एक नेपाली युबतीलाई शिशु सहित फेला परिन् ।
उनीलाई तुरुन्तै अस्पताल लैजानुपर्ने अबस्था रहेकोले दुताबासले एम्बुलेन्सलाई बोलायो । तर एम्बुलेन्सले लैजान मानेन । प्रहरीले पनि मानेन । ‘दुबैले नमानेपछि हाम्रो गाडीमा राखेर अस्पताल लगियो’, कुबेतस्थित नेपाली राजदुत मधुवन पौडेलले कान्तिपुरलाई भने-’सुरुमा अस्पतालले पनि भर्ना लिन मानेन् । दुताबास जिम्मेवारीमा बसेपछि मात्रै भर्ना लियो ।’
ती युवतीको बिषयमा केही खुलेको छैन् । कुबेतमा बिबाह नगरी गर्भवती भएमा ‘अपराध’ मानिन्छ । यही कारण उनीलाई सुत्केरी ब्यथा लागेपछि दुतावास अगाडि छाडेर भागेको हो । ‘ती युबतीले हालसम्म केही बताएकी छैनन्’, पौडेलले भने ।
गैरकानुनी रुपमा अबैध बच्चा जन्माउने उनी कुबेतमा एक्ली भने होइनन् । त्यस्ता महिलाहरु बढिरहेका छन्् । ‘हाउसमेडमा आएका महिला भाग्ने र भगाउने प्रबृत्ति डरलाग्दो छ’, उनले भने-’काम गरिरहेको घर छाडेपछि गैहकानुनी हुन्छ । त्यसपछि पुरुष कामदारहरुको साथमा बस्छन् र गर्भधारण गर्छन् ।’
केही महिना अगाडि पाँच बर्ष छोरा सहित स्वदेश फिरेकी एक महिलाका अनुसार कुबेती जेलमा २५ जना भन्दा बढी नेपाली महिला बच्चा सहित जेलमा सजाय भोगिरहेका छन् । उनी पनि जेलमा सजाय भोगरे स्वदेश फिरेकी थिइन् ।
यसलाई कुबेती कानुनमा अपराध ठहरिने हुदाँ दुताबासले केही गर्न सक्दैन् । कुबेतस्थित गैर आवासीय नेपाली संघ समन्वय समितिका अध्यक्ष राजेन्द्र तामाङका अनुसार अनिच्छुक गर्भधारणा गर्ने महिलाहरु बढिरहेका छन् । ‘समय समयमा त्यस्ता महिलाहरु हाम्रो सम्र्पकमा आउनेगर्छन्’, उनले भने । केही समय अगाडि आठ महिना र पाँच महिनाको गर्भ बोकेका सन्तकुमारी गल्यान र काली तामाङ उनीहरुका सम्र्पकमा पुगेका थिए ।
उनीहरुले नेपाली, बंगाली र कुबेतीको गर्भधारण गर्छन् । ‘अनिक्षित गर्भ बोकाउनेमा नेपाली र बंगालीहरु बढी भेटिन्छन्’, एक नेपाली भन्छन्-’यहाँकै बासिन्दाबाट निकै कम हुनेगरेको छ ।’
उनका अनुसार घरमा काम गरेर बसिरहेको नेपाली युबतीलाई भगाएर आफुसँग राख्ने र पछि यौन ब्यबसायमा लगाउने प्रबृत्ति पनि बढ्दो छ । गैरकानुनी भएकोले ती महिलाले लुकीछिपी कोठामै बच्चा जन्माउने हुँदा बच्चा अधिकार पाउन वञ्चित छन् । कुबेती सरकारले अस्पतालमा जन्माएको बच्चालाई मात्रै मान्यता दिने गरेको छ । ‘कतिमय किशोरीहरू भने फ्ल्याट लिएर बसेका हुन्छन् । उनीहरूलाई खान बस्न व्यवस्था गर्नेको आवश्यकता पुरा गरिदिनुपर्ने बाध्यता महिलालाई छ’, स्थानीय पत्रकार राजन रिमालले भने ।
कुबेतमा झन्डै चालीस हजार नेपाली कामदार रहेको अनुमानित तथ्याङ्क छ जसमा झन्डै ८० प्रतिशत घरेलु महिला कामदार छन् । तलब नपाउने, यातना दिएको भन्दै बिहीबारसम्म दुताबासले करिब पचास जना महिलाहरुलाई आश्रय दिएको छ । दुताबासको आफ्नै सेल्टर नभएकोले उनीहरु मध्ये कसैलाई कुबेती सरकारले सञ्चालन गरेको सेफ हाउस, चर्च र दुताबासको भर्याङ मुनि राखेको छ ।
Source : Kantipur
















































80%mahila haru ta naholan /ta pani keti bhagauni r bhagni prawitti ma kami lyauna lai mahila haru ma janchetna mulak karkram ko pahal dutawas bat pani hunu parni ho jasto lag6
Janchetana ko programe ta ramrai ho tara tapai hami le ni kehi kadam chalaunu parne….haina ra? DUTAWASH le ta khali passport renew garne matra ho…. Ha ha ha ha ,,,,,,
kahi nabhako jatra hadi gaun ma bhaneko yehi ho