Daily Archives: 15/05/2010

पहिले म गर्छु अनि तपाई गर्नुस् अनि हामी सबै गरौं

पुरु जोशी

हामी नेपाली बिदेश पलायन भएपछि मात्र देशभक्तिको साँचो आभाष पाउंछौं । देशमा हुंदा खान लाउन कुनै अप्ठ्यारो नभएर होला हामीलाई कुनै कुराको चिन्ता भएन । कोरियामा काम नभए कसैले गन्दैनन् । आफ्नै साथीहरु समेतले हेप्न थाल्छन् । खान पाउंदैनन् । तर त्यसको ठीक उल्टो नेपालमा काम नभएपनि खान पाउंछ । काम नभएपछि साथीहरुसंग बस्ने समय प्रसस्त हुन्छ र जे मन लाग्यो त्यही गर्न पाउंछ । अनि एउटा निहु न हो आन्दोलनमा जाने कि हुल दंगामा जाने कि जे गरे नि हुन्छ । Continue reading

१६ दिनमा चार गैँडा मारिए, संरक्षण अधिकृतसँग स्पष्टीकरण

चितवन, ३१ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा १६ दिनमा चार एकसिंगे गैँडा मारिएका छन् । ८ देखि २४ वैशाखभित्र ती गैँडा मारिएका हुन् । यति छोटो समयमा चार गैँडा मारिएको यो पहिलोपटक हो । चोरीसिकारीबाट भकाभक गैँडा मारिएपछि मन्त्रालयले निकुञ्जका प्रमुख संरक्षण अधिकृत नरेन्द्रबाबु प्रधानसँग स्पष्टीकरण माग गरेको छ । चोरीसिकारीबाट गैँडा मारिनुको कारणसहित लिखित स्पष्टीकरण दिन मन्त्रालयले अधिकृत प्रधानलाई निर्देशन दिएको छ । स्पष्टीकरण विषयमा संरक्षण अधिकृत प्रधानले भने केही बताउन चाहेनन् । Continue reading

कुबेतमा कुमारी आमा

काठमाडौं, जेष्ठ १ – घरेलु काम (हाउसमेड)मा बिचल्ली परेका युवतीलाई उद्धारमै ब्यस्त कुबेतस्थित नेपाली दुताबासले बिहीबार नयाँ समस्या झेल्नुपर्‍यो । बिहान ११ बजे दुताबासको गेट अगाडि भर्खरै सुत्केरी भएकी एक नेपाली युबतीलाई शिशु सहित फेला परिन् ।

उनीलाई तुरुन्तै अस्पताल लैजानुपर्ने अबस्था रहेकोले दुताबासले एम्बुलेन्सलाई बोलायो । तर एम्बुलेन्सले लैजान मानेन । प्रहरीले पनि मानेन । ‘दुबैले नमानेपछि हाम्रो गाडीमा राखेर अस्पताल लगियो’, कुबेतस्थित नेपाली राजदुत मधुवन पौडेलले कान्तिपुरलाई भने-’सुरुमा अस्पतालले पनि भर्ना लिन मानेन् । दुताबास जिम्मेवारीमा बसेपछि मात्रै भर्ना लियो ।’ Continue reading

शुभा लाई सन्देस……..

चन्द्र तामाङ्ग, कुवेत

प्यारी छोरी शुभा,

न्यानो माया साथै शुभ आशिष । 

छोरी तिम्रो तोते अष्पष्ट मिस्रित ध्वनिले फेरी मलाई एउटा सन्देश पठाउन वाध्य बनायो । छोरी तिमीलाई मेरो न्यानो माया र काखबाट टाढा राखेर प्रवासी पट्यार लाग्दो घडिका काँटाहरु रफ्तारमा दौडाउन रहर हैन वाध्यता । तिम्रो निर्दोष आँखाहरुले मैले हात हल्लाउदा दिएको बिदाइले निकै दिन सम्म तिम्रो प्रतिविम्व मेरो आँखामा नाची रहे । मेरो यात्रा अवधीभरी औंला समायर तिमीलाई पछीपछी हिडाउँदा हिडाईको प्रवेगले तिम्रा नसाहरु निस्तेज भएपछी तिमी जोडदार क्रन्दन मिस्रित ध्वनिहरु प्रस्फुटन गरिदिन्यौ अनी एकैछिन मात्र तिमीलाई साहारा दिएर काँधमा बसाएपछी तिम्रो खुशीको सिमा नै रहदैनथ्यो । सन्तान र ममताको भोको म प्यासी तिम्रो प्रतिविम्वको एक प्रतिलिपी मैले जहिले पनि मेरो नयनमा राखें, तिम्रो स्मरण र अनुभूतिमा म जहिले पनि फरक संसारमा हुन्थें । जहाँ तिम्री मामु, म र तिमी खुल्ला निलो आकाश मुनिको हरियो फाँट माथिको न्यानो बस्तिमा… Continue reading