नेपाल र नेपालका निरोहहरु !!


केशब प्रसाद घोरासैने, कुवेत

बिदेशमा बसेर नेपालको आन्दोलन लगाएत बिभिन्न गतिबिधी हेर्न पाइयो, एक्काईसौं शताब्दीको बिज्ञान र प्रविधी मानव जातिको लागि एउटा वरदान नै साबित भएको छ । तर प्रविधिको यो सुनौलो युगमा दुनियाँले कती प्रगती गरिसके त्यसको चर्चा नगरौं चर्चा गरौं यस्तो बिकशित युगमा पनि नेपालीहरुले एक अर्कालाई गर्ने व्यबहारको । जे भएपनी माओवादीको यो आन्दोलनको सबैभन्दा सकारात्मक पक्ष चाँही सडकपेटीका रेलिङ नभाँचिनु र सडकमा टाएर नबाल्नु थियो यस अर्थमा माओवादीका नेतृत्व पंक्तीलाई धन्यवाद दिनै पर्ने हुन्छ । तर यो आन्दोलनको अर्को त्यत्तिकै नराम्रो पक्षको पनि चर्चा नगरी रहन सकिंदैन एक्काईसौं शताब्दीको प्रजातान्त्रिक युगमा हाम्रा देशका नेता भनाउदाहरु कती तल्लो स्तरमा ओर्लेर गाली गलौज गर्न सक्छन भन्ने कुरा ।

आन्दोलन स्थगित गरेको भोलिपल्ट प्रचण्डले खुला मञ्चमा दिएको भाषण सुने मात्रै पुग्छ, जब प्रचण्ड काठमाण्डौका बासिन्दालाई तथानम गाली गर्दै यहाँका सुकिला मुकिलाले उनको आन्दोलनलाई सहयोग नगरेको भन्दै थिए त्यतिखेर उनको आफ्नो शरीरमा इटलीबाट झिकाईएको सुट र जापानबाट मगाईएको टाई सजिएको थियो उनको शरीरमा ! त्यतिबेला साठी, सत्तरी हजार भन्दा बढीकै पोशाक लगाएका थिए उनले, यसको अर्थ यो होइन की उनले राम्रो र सुकिलो लगाउनै हुँदैन, सफा सुकिलो भएर हिंड्नु त स्वास्थ्यको लागि पनि र समाजको लागि पनी राम्रो हो तर ताज्जुब चाँही के हो भनें एउटा सुकिलोले अर्को सुकिलालाई सुकिलो भएकोमा सत्तो सराप गर्नु स्वाङ्ग मात्रै हो ।

होलान सर्वहारा वर्गको महान नेताले टाई र सुटमा सजिएर गरेको त्यो भाषण सुन्ने पूर्वमेची र पश्चिम महाकाली देखी ल्याईएका सर्वहारा जनता भनें जोड-जोडले ताली पड्काउदै थिए अर्को अनौठो त के छ भने ६ दिनको बन्दले थिचिएका नगरवासिले उनको त्यो लामो बन्दलाई अस्विकार गरे भनेर नगरवासिलाई धम्की दिंदै थिए उनी जस-जसले उनको बन्दलाई सघाएनन् ति सबै उनको नजरमा प्रतीगामी थिए, बिदेशी दलाल थिए, मण्डले थिए, सुराकी थिए, भाडाका टट्टु थिए अनी भिजिलान्ते थिए उनले भनेको मानी सडकमा मेश चलाई लाइन लागेर खाना खाँदै साम्यवादको झझल्को दिनेहरु चाँही नेपाली थिए त्यो बाहेकका जनता चाँही उन्को नजरमा नेपाली नै थिएनन् जेहोस् नेपाली समाजलाई उनले राम्रै सँग बिभाजित गरिदिए एक्काइसौ शताब्दीका नेपालीलाई अठारौं शताब्दीमा लान नपाएकोमा ।

वास्तबमा के नेपालीलाई अहिले कुन चाँही सरकार राख्ने र कुन चाँही सरकार फाल्ने सँग के चाँही सरोकार छ त ! यो जुन दुईबर्ष अगाडि चुनाब भयो के त्यो चुनाव सरकार बनाउन र गिराउन को लागि भएको हो त ? अबस्य होइन त्यो चुनाव भएको थियो मात्रै र मात्रै संबिधान बनाउनको लागि भएको थियो । अहिले त कालेको होस कि गोरेको, चेप्टेको, लाम्चेको त्यो सँग जनतालाई सरोकार नहुनु पर्ने थियो तर भई राखेको छ ठ्याक्कै उल्टो संबिधानको ‘स’ पनि उच्चारण गर्न चाँहदैनन् कोही खाली सत्ताको खेल मात्रै छ जताततै अस्तिको बन्दको बेलामा यस्तो लाग्थ्यो रोम दनदनी जल्दै थियो बादशाह निरो चाँही बासुरी बजाउँदै थियो भन्ने इटालीको ईतिहासमा पढन पाईन्छ त्यस्तै भई राखेको थियो नेपालको राजाधानी काठमाण्डौमा । एउटा निरो बासुरी र मादलको तालमा सडकमा नाच्दै थियो भने अर्को निरो चाँही बालुवाटारमा खुट्टा उचाली-उचाली नाच्दै थियो अनी अर्को तेस्रो निरो चाँही यि दुईटै आपसमा लडेर सिधिन्छन अनी आफ्नो पालो आउँछ भनेर नाची रहेको थियो अरु सानातिना निरोहरु चाँही कहिले उता फर्केर ताली पड्काउदै थिए भने कहिले यता फर्केर नाच्दै थिए, देश जलिरहेको थियो, हाम्रा देशका निरोहरु नाची रहेका थिए र बार्ताको नाममा हरेक दिन जसो फाइभ स्टार होटलमा लन्च र डिनर गर्दै गरीब नागरिकहरुको पसिनामा आफ्ना जिबन भरिका अतृप्त चाहनालाई तृप्त गर्दै थिए भनें बाहिर चाँही एउटाले देश भरिका आफ्ना (दास) कार्यकर्ता राजाधानीमा ल्याएर सडकमा रत्यौली खेल्दै थिए भनें अर्को चाँही त्यो रत्यौली बिथोल्न त्यस्तै (दास) कार्यकर्ता परिचालित गर्दै थियो यस्तो लाग्थ्यो गृह युद्धको पूर्व तैयारी मज्जाले भई रहेको छ ।

धन्य छन, हाम्रा नेताहरु जो आफ्नो निजी स्वार्थमा जनतालाई नाजायज प्रयोग गरेकोमा अनी धन्य छन हाम्रा आम नेपालीहरु जो नेताको पछी लागेर आफ्नै दाजुभाई सँग दुश्मनी गरेकोमा । हो यस्तै बेलामा हो कुनै तेस्रो शक्तीको उदए हुनी, फ्रान्समा नेपोलियनको उदए भएको जस्तै हाम्रो नेपालमा पनि कुनै त्यस्तै शक्तीको उदए होला त ? प्रतिक्षा गरौ !!

उपरोक्त लेख लेखकको आफ्नै बिचारमा आधारित रहेकोले कसैलाई कुनै किसिमको प्रतिकृया जनाउनु छ भनें सिधै लेखकलाई संपर्क गर्न अनुरोध गरिन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s