अन्तिम पत्रको चौंथो अध्याय !!


चन्द्र तामाङ्ग, कुवेत 

भावना जीवनको धेरै वसन्तहरु तिमीसँग बिताउदा मलाई जीवनको नयाँ अनुभुती र नयाँ-नयाँ उत्त्सर्गका साथै नयाँ सोधलाई खोजी गर्न अनुबन्धित बनायो । मलाई पूर्णरुपमा विश्वाश छ, तिमीमा एक दृढ विवेक छ जुन विवेक आज हामीले हाम्रो समाजलाई दिन सक्यौं भने पक्कै पनि परिवर्तनशिल समाजको कल्पना गर्न सकिन्छ । तिमीलाई सबै कुराहरु थाहा छ हामी अलग भुखण्डमा रहेर समाज परिवर्तनको परीकल्पना गर्दा धेरै कठिनाईहरु झेल्नु परेको छ । तिमी आफै पनि बिमार शरीर लिएर अध्ययनमा नयाँ बिहानी र उत्सर्गसँग नयाँ सोधको सिर्जनाशिल हरफहरु कोरिरहेकी छौ यो काठिन छ तर सफलताको लागि……. स्फुर्ती भरिएका तिम्रा रगतहरु जहिले पनी रफ्तारमा दौडि रहने छन मेरो चोखो मायाको अनुबन्धन सँगै……..

भावना जीवनका कल्पनाहरु यथार्थमा ढाल्न तिमीले सिकायौ । जसले गर्दा जीवनको परीणाम आज सम्म बाँच्ने आशाहरु कहिले पनी निराश हुन पाएन । जीबन अनन्त छ यसका क्षेत्रहरु तिमीले फराकिलो पाराले ढाली दियौ जसको नतिजा जीबन सफल हो । म आज निकोटिन र अल्कोहलले खग्रास भएको शरीर लिएर तिमीले दिएका बाटाहरु खोजी रहेछु । मलाई थाहा छ गुमाउन भन्दा प्राप्ती गर्न धेरै कठिन भएता पनि यस बिधिसँग म रत्ती भर पनि बिचलित हुने छैन । किनभने मलाई धेरै बिचलित मोडहरुले तड्पाएको छ, यहाँ सम्म आउनलाई । अतितका घटना र दुर्घटनाले मलाई धेरै पाठहरु सिकाएको छ जसलाई मैले अनन्त सम्म बाँच्ने आधार भन्न रुचाउछु…….

मेरो मन्थिगलमा जहिले पनि तिम्रो पातला औंलाले कलमको सहीछाप लगाएर, धिम ज्योतीमा एकन्त कुनामा बसेर तिम्रो मानसपाटललाई
रत्तिभर पनि बिचलित नबनी गरेको गहिरो चिन्तन भोलिको हाम्रो समाजको सिर्जनशिल समाज निर्माण गर्नुछ । भावना हामीले धेरै बसन्तहरुलाई बिदाई गरी सकेका छौ । मानिस जन्मिछ, अन्त्य हुन्छ यति मात्र कर्तब्यबोध हैन यहाँ हामीले नयाँ परिणाम थपेर बिदा लिनु पर्छ । असम्भव भन्ने यो दुनियाँमा केही छैन सबै कार्य सम्भब छन तर फरक यही हो कुनै सफलता चुम्न सगरमाथाको शिरलाई छुनु पर्छ, कुनै समुन्द्रको सतही ।

आजको परिवेश र हामी २ को यात्र त्यस्तै छ । हो अलग-अलग परिवेशमा रहनु गाह्रो हुन्छ मुटुको धड्कननै मन्द भए सरी यादहरुको गहिराईमा जाँदा तर सम्झनाको तरेलिले जहिले पनि अनुकुल निलो रङ्गसँग कहिले पनि परिवेशलाई बिचलन आउन दिने छैन । जीवन भए मात्र जीवन्त रहन सकिन्छ । भावनाको महल भए मात्र भाबुक हुन सकिन्छ । तिम्रो सिन्को जस्तो झिनो र अध्ययनले उर्बरा भरेको मानसपाटललाई भोली झन धेरै चुनौत्ती छन । म जहिले पनि तिम्रो साथमा छु । तिमी एक अदभुत आत्मविश्वाश भएकी नारी हौ जसमा आदम्य शाहस छ अनी सफलता र बिचलन भन्ने नियम हाम्रो जीवनको परिवन्ध भित्र पर्ने बिजगणितिय सुत्र हुन । भावना यात्राको सुरु गर्नु समाजको मोडल बदल्नु छ । तिम्रा झिना औंलाले जहिले पनि नयाँ डायरी कोरी रहनु मुल्यांकन दुबैको सामिप्यमा गरौला सिर्जनशिल समाजलाई नयाँ परिवेशका नयाँ खोजहरु उपहार दिएर……..

आउँदो भाग…. पुन बिहीबार !!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s