Daily Archives: 13/05/2010

नेपाल र नेपालका निरोहहरु !!

केशब प्रसाद घोरासैने, कुवेत

बिदेशमा बसेर नेपालको आन्दोलन लगाएत बिभिन्न गतिबिधी हेर्न पाइयो, एक्काईसौं शताब्दीको बिज्ञान र प्रविधी मानव जातिको लागि एउटा वरदान नै साबित भएको छ । तर प्रविधिको यो सुनौलो युगमा दुनियाँले कती प्रगती गरिसके त्यसको चर्चा नगरौं चर्चा गरौं यस्तो बिकशित युगमा पनि नेपालीहरुले एक अर्कालाई गर्ने व्यबहारको । जे भएपनी माओवादीको यो आन्दोलनको सबैभन्दा सकारात्मक पक्ष चाँही सडकपेटीका रेलिङ नभाँचिनु र सडकमा टाएर नबाल्नु थियो यस अर्थमा माओवादीका नेतृत्व पंक्तीलाई धन्यवाद दिनै पर्ने हुन्छ । Continue reading

कोइरालाको निधनपछि रिक्त स्थानमा भट्टराई सभासद

काठमाडौँ,  नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि खाली भएको संविधान सभा सदस्य पद मनमोहन भट्टराईले लिने भएका छन्। नयाँ सदस्य चयन गर्न बसेको नेपाली कांग्रेस संसदीय बोर्डको बैठकले भट्टराईलाई चयन गरेको हो । सदस्य चयन गर्न सुशील कोइरालाको महाराजगन्जस्थित निवासमा बसेको संसदीय बोर्डको बैठकमा पार्टीका तीन शीर्ष नेताले अलग-अलग नाम प्रस्ताव गरेका थिए। भट्टराईको नाम पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले  प्रस्ताव गरेका थिए। Continue reading

सेना भर्नालाई सर्वोच्चको मान्यता

काठमाडौं, नेपाली सेनाले वैशाख पहिलो साता आह्वान गरेको भर्ना-प्रक्रियालाई सर्वोच्च अदालतले मान्यता दिएको छ । सेनाले आह्वान गरेको भर्नाको विज्ञापन प्राविधिकतर्फका मात्र भएको भन्दै सर्वोच्चले बुधबार भर्ना-प्रक्रियालाई मान्यता दिएको हो ।
विज्ञापन गरिएका पदहरू प्राविधिक भई मानवस्वास्थ्यजस्तो संवेदनशील विषयसँग सम्बन्धित भएकाले भर्ना रोक्न अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन न्यायाधीशद्वय तपबहादुर मगर र कृष्णप्रसाद उपाध्यायको संयुक्त इजलासले बुधबार गरेको फैसलामा भनिएको छ । Continue reading

सरी काठमाडौंबासीः प्रचण्ड / आमहडताल त्रुटिपूर्ण भएको स्वीकार

काठमाडौं, प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनिश्चितकालीन आमहडताल आहृवान गर्नु पार्टीको गल्ती भएकोमा आत्मालोचना गर्दै नागरिक समाज,बुद्धिजीवी र राजधानीबासीलाई गरेको गालीप्रति क्षमायाचना गर्नुभएको छ। Continue reading

एचआइभी संक्रमित महिलाको बिचल्ली

विराटनगर, एचआइभी संक्रमित भई घरबाट निकालिएकी मोरङ केराबारीकी एक महिला न्यायको खोजीमा भौँतारिइरहेकी छिन् । एचआइभी संक्रमित श्रीमान् विष्णु आलेमगरको मृत्यु भएपछि एक वर्षअघि उनी घरबाट लखेटिएकी थिइन् । मोरङ केराबारी-७ की गंगा आलेमगर अहिलेसम्म गाउँसमेत फर्किन सकेकी छैनन् । गाउँबाट विस्थापित भई उनी सदरमुकाम विराटनगरमा बस्दै आएकी छिन् । ‘आमा र बच्चालाई एड्स लागेको छ, सर्छ भनेर छुन पनि मानेनन् आफन्तले,’ पीडित गंगाले भनिन् । उनका श्रीमान् विष्णुको उपचारका क्रममा एचआइभीका कारण मृत्यु भएको थियो । Continue reading

अन्तिम पत्रको चौंथो अध्याय !!

चन्द्र तामाङ्ग, कुवेत 

भावना जीवनको धेरै वसन्तहरु तिमीसँग बिताउदा मलाई जीवनको नयाँ अनुभुती र नयाँ-नयाँ उत्त्सर्गका साथै नयाँ सोधलाई खोजी गर्न अनुबन्धित बनायो । मलाई पूर्णरुपमा विश्वाश छ, तिमीमा एक दृढ विवेक छ जुन विवेक आज हामीले हाम्रो समाजलाई दिन सक्यौं भने पक्कै पनि परिवर्तनशिल समाजको कल्पना गर्न सकिन्छ । तिमीलाई सबै कुराहरु थाहा छ हामी अलग भुखण्डमा रहेर समाज परिवर्तनको परीकल्पना गर्दा धेरै कठिनाईहरु झेल्नु परेको छ । तिमी आफै पनि बिमार शरीर लिएर अध्ययनमा नयाँ बिहानी र उत्सर्गसँग नयाँ सोधको सिर्जनाशिल हरफहरु कोरिरहेकी छौ यो काठिन छ तर सफलताको लागि……. स्फुर्ती भरिएका तिम्रा रगतहरु जहिले पनी रफ्तारमा दौडि रहने छन मेरो चोखो मायाको अनुबन्धन सँगै…….. Continue reading