बालकृष्ण घिमिरे टुकुचा ७ काभ्रे,हाल:-कुवेत
२०६७ साल बैशाख १८ गते वा मे १ तारिखका दिन नेपालकै ईतिहासमा बिशाल र बेवस्थित जुलुस प्रदर्शन गर्न सफल नेकपा माओवादीले ६ दिन सम्म लामो आमहडताल गर्नाले मे १ तारिख हासिल गरेको मान र सान धुलोमा मिलाएको छ |मे १ को कार्यक्रमका लागि जुन खालको तयारी माओवादीले गरेको थियो त्यो बाट त्रशित नेपाली जनताहरुमा प्रचारमा आए जस्तो हुलहुजत,काटमार,गोला बारुद्द केही नगरि अत्यन्तै बेवस्थित र मर्यादित जुलुस प्रदर्शन गरी बिशाल आमसभा गर्न सफल नेकपा माओवादी पार्टी र त्यस पार्टिका प्रमुख नेताहरुमा देखिएको परिवर्तनले स्वदेशमा मात्र हैन विश्व नै चकीत भएको थियो |
त्यसो त शक्तिशाली राष्ट्र अमेरिकाले माओवादि पार्टी माथि लगाएको आतंककारीको बिल्ला हटाउनु उसको प्रमुख उदेश्य रहेको देखिन्छ | त्यही भएर नै होला माओवादीले प्रचारमा आए जस्तो बिधोङ्सात्मक कार्यमा लागेको मे १ का दिन देखिएन | उक्त दिनको माओवादिको कार्य बाट उस्ले जनमतको कदर गर्ने लागेको हो कि ? भन्ने आशा नेपाली जनता र विश्वले अनुमान गरिरहेको अवस्तामा ६ दिने आमहडताल र त्यस पच्क्षातको माओवादी पार्टीका नेता कार्यकर्ताहरुको गतीबिधी बाट पुन नेपाली जनताहरुमा निराशा छाउनु कुनै नौलो कुरो भएन | हरेक कार्यक्रममा उपस्थित मासको आधारमा आफ्नो बोली फेर्ने बानी बोक्नु भएका कामरेड पुष्पकमल दाहाल (प्रचन्ड)ले ब्यापक नेपाली जनता र खाश गरी शक्तिशाली राष्ट्र अमेरिकाको दवाब पच्क्षात ६ दिने पिडा दायी आमहडताल फिर्ता लिएको घोषणा गर्ने क्रममा काठमान्डुको खुल्लामन्चमा उपस्थित आफ्ना नेता कार्यकर्ताहरुलाई माओवादी पार्टि र आफ्नो बिरुध्द लाग्ने जो कोहिलाई घेरा बन्दी गरी ईतिहासले हिसाब किताब असुल उपर गर्ने छ भनेको चौबिस घण्टा बित्न नपाउदै उहाका कार्यकर्ताहरुले भोक्तिक कार्वाहीको सुरुवात गरेका छन | थाहा छैन उहाले त्यस दिनको मासको उपस्थितिको उन्मातमा त्यो निर्देशन दिनु भएको हो वा के हो ? तर त्यसैको उधारण हो स्वतन्त्र पुर्वक आफ्नो पेशा चलाएका पत्रकार,अन्ने पार्टिका कार्यकर्ता लगाएत माओवादिको बिरुद्द लागेका जो कोई उसको सिकार हुँदै जाने क्रम बढेर जानु | माओवादिको बिश्लेषणमा उसलाई समर्थन नगर्ने नेपाली जनता जती सबै सरकारी भाडाका टट्टु,भिजिलान्ते अरु केके हो केके भएका छन, यथार्थ यही हो त ? पक्कै पनि हैन | कुनै बेला नेपाली कांग्रेस,नेकपा एमाले,पन्चे,राजावादी वा अरु धेरै बादि लगायत बिदेशी भडुवाका नेपाली एजेन्टहरु अहिले एनेकपा माओवादी भएका छन वा हुने लाइनमा छन,उनिहरुको एकमात्र उदेश्य भनेको बलियो बन्दै गहेको नेपालको राजनीतिक पार्टि वा शक्तिलाई उसै भित्र रहेर आफ्नो स्वार्थ सिद्द गर्दै त्यो शक्ती वा पार्टिलाई धरासाई पार्नु नै हो,त्यो राक्षेस रुपी धमिरा अहिले माओवादिमा छैन भन्न सकीदैन | नेकपा माओवादी र त्यसका नेताहरु अहिले जनमतको कदर गर्नुको सट्टा तिनै धमिराको सिकार बन्दै नगहेका होलान भन्न सकिदैन | आफुलाई शक्तिको बिरोधि भन्न रुचाउने औसरवादी तत्वहरु कुन बेला आफ्नो स्वार्थ सिध्ध गर्न राजनीतिक पार्टीको भक्त वा त्यसमा पनि कम्युनिस्ट हुँ भनी छातीमा हिर्काउनेहरु अहिले कम्युनिस्टहरुको शिद्धान्त स्वदेशी बिचार नभै बिदेशी आयातित्त बिचार भएको ठोकुवा गर्दै छन भने एनेकपा माओवादीले त्यस्ता तत्वहरुलाई मलजल पुग्ने काम गरिरहेको देखिन्छ | आफुलाई राजनीतिक शिद्धान्तकार भन्न पछी नपर्ने कामरेड प्रचन्ड एउटा सेनाको कर्मचारीको चित्त बुझाउन नसकी सरकार बाट हट्नु तिनै औसरवादीहरुको चङ्गुलमा परेर त हैन ? नेकपा माओवादीमा मात्रै हैन नेपालका ठुला तीन वटै राजनीतिक दलहरुमा स्वदेशी तथा बिदेशी औसरवादिहरुको ठुलो चलखेल भएका कारण हाम्रा राजनीतिक दल र दलका नेताहरु नेपाल र नेपाली जनताहरुको हितमा नलागी आफुआफुमा कटाक्क्षे र काटामार गर्दै छन,गरिनै रहने छन |आखिर कहिले सम्म शहने नेपाली जनताले ? यि जनता द्वारा जनाताका लागि नै कृयाशिल छौ भन्दै नेपाली जनताहरुलाई नै यो वा त्यो नाममा थिचो मिचो गर्ने राजनीतिक दलहरुलाई ? दलहरुको यस्तै अकमन्यता रहिरहने हो भने अब नेपाली जनताहरुले पुन अर्को शक्तिको खोजी नगर्लान भन्न सकिदैन | बिशेष गरी नेपालको सबै भन्दा ठुलो दल भएका कारणले नेकपा माओवादी लगाएत तीन वटै दलहरुलाई चेतना भया !
उपरोक्त लेख लेखकको ब्यक्तिगत बिचारमा आधारीत भएकोले कसैलाई केही चित्त नबुझेको खण्डमा लेखकलाई सिधै संपर्क गर्नु हुन हामी अनुरोध गर्दछौ,
















































LEKH RAMRO LAGYO,KUNAI PARTY KO PAKCHA NA LI SWATANTRA RUP LEY SAHI TATHYA KURA HJARU LEKHDAI JANU HOAL BHANNEY ASHA RAKHE KA CHAU.