कुवैत स्थित बिगत केहि बर्ष देखि पारिवारिक जिन्दगी बिताई रहेका हाम्रा परम मित्र आर. बि. बुढाथोकी तथा उशा बुढाथोकीका कोखबाट दुई जुम्ल्याहा सुपुत्र आज मात्रै जन्मिएको कुरा यहाँहरुलाई जानकारि गराऊन पाउँदा हामीलाई खुशी लागेको छ । तर, श्रीमती उशा बुढाथोकीको अप्रेशनको क्रममा केही रगतको कमी भएको हुदाँ ऊहाँलाई ए नेगेटिभ ब्लडको आबस्यकता रहेको कुरा अस्पताल सुत्रले जानकारी दिए अनुसार ऊहाँको जीबन रक्षाको लागि ए नेगेटिभ ब्लड हाम्रा नजिकका कुनै पनि साथिहरुबाट मिल्न सक्ने सम्भावना भएसम्म उहाँलाई ब्लड उपलब्ध गराई जीबन दान गरि उहाँको शिघ्र स्वास्थ लाभको कामना गरौं ।
सम्पर्क : आर. बि. बुढाथोकी
फोन : ६६११५३६८
२०६७ साल बैशाख १८ गते वा मे १ तारिखका दिन नेपालकै ईतिहासमा बिशाल र बेवस्थित जुलुस प्रदर्शन गर्न सफल नेकपा माओवादीले ६ दिन सम्म लामो आमहडताल गर्नाले मे १ तारिख हासिल गरेको मान र सान धुलोमा मिलाएको छ |मे १ को कार्यक्रमका लागि जुन खालको तयारी माओवादीले गरेको थियो त्यो बाट त्रशित नेपाली जनताहरुमा प्रचारमा आए जस्तो हुलहुजत,काटमार,गोला बारुद्द केही नगरि अत्यन्तै बेवस्थित र मर्यादित जुलुस प्रदर्शन गरी बिशाल आमसभा गर्न सफल नेकपा माओवादी पार्टी र त्यस पार्टिका प्रमुख नेताहरुमा देखिएको परिवर्तनले स्वदेशमा मात्र हैन विश्व नै चकीत भएको थियो |















































