एकै दिन करोडौंको भुक्तानी


 
पोखरा,  माओवादीको एक साता लामो आमहडतालपछि आइतबारबाट नियमित सेवा सुरु गरेका अधिकांश बैंक तथा वित्तीय संस्थामा पैसा झिक्ने सेवाग्राहीको भीड देखिएको छ। सयौंको भीड लाग्दा अधिकांश बैंकका कार्यालय बाहिरसम्म सेवाग्राही घन्टौं लाइन बसेका थिए। कतिपय बैंकमा बिहान कार्यालय खुल्नुअघि नै ५०/६० जना सेवाग्राही लामबद्ध भएको बैंकका अधिकाले बताए। ‘आज सबैजसो सेवाग्राही रकम झिक्ने मात्र थिए,’ न्युरोडस्थित नेपाल एसबीआई बैंकका शाखा प्रबन्धक सुरज मानन्धरले भने, ‘ एकैदिनमा ७ करोडभन्दा बढी भुक्तानी भयो। यो अन्य दिनको तुलनामा कैयौं गुणा बढी हो।’ उनले निक्षेप भने केही लाखमा सिमित रहेको बताए।

‘राजनीतिक तनावका कारण फे बन्द, हडताल हुने ठानेर धेरैले घरमा जगेडा पैसा राख्न रकम झिकेका छन्’ उनले भने, ‘यो बैंकहरुले झेलिरहेको निक्षेपको अभाव अझै गहिरिने संकेत हो।’

दैनिक करिब ८ सयको हाराहामा सेवाग्राही आउने उक्त बैंकमा आइतबार दुई हजारभन्दा बढीले कारोबार गरेको उनले बताए। एक सातासम्म बैंक बन्द भएको र राजनीतिक तनाव उस्तै रहेकाले फेरि पनि बन्द हुन सक्ने त्रासका कारण रकम जम्मा गर्नेभन्दा झिक्नेको भीड लागेको उनले बताए।

सभागृहचोकस्थित किस्ट बैंकमा बिहान कार्यालय खुल्न अघि नै सेवाग्राहीको भीड जम्मा भइसकेको थियो। सेवाग्राहीले दुई घन्टासम्म लाईन बसेर सेवा लिएका थिए। बैंकका शाखा प्रबन्धक टंकनाथ निरौलाले भने, ‘एक साता कारोबार गर्न नपाएका ग्राहकहरु आज एकैपटक आउँदा ठूलो भीड लाग्यो।’

अन्य केही बैंकहरुको कारोबार बुझेपछि उनी आईतबारको अवस्थाबाट गत असोजदेखि बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव फेरि दोहोरिने निष्कर्षमा पुगेका छन्।
‘बन्दका बेला बैकिङ सेवा दिन नसकेकाले पहिला घरमा ५ हजार रुपैयाँ राख्ने मानिसले अब कम्तिमा २०/२५ हजार राख्न थालेको अर्का बैंकरले बताए। उनले एटिएम समेत बन्द गर्दा अप्ठेरो परेको भन्दै एक सेवाग्राहीले बैंकप्रति विश्वास गुमेको भन्दै ६०/७० हजार रुपैयाँसम्म निकालेर लगेको बताए।

‘अन्य दिनको तुलनामा निकै कम निक्षेप संकलन भयो,’ उनले भने,’त्यसको तुलनामा अनुमान गरेभन्दा कैयन गुना बढी भुक्तानी गएको छ।’ ती बैंकरले कम्तिमा एक सातासम्म भुक्तानी दर निरन्तर बढ्ने भएकाले अर्को सातादेखि बैंकहरुमा भुक्तानी संकट देखिन सक्ने बताए।

‘यसले गत असोजदेखि बैंकिङ क्षेत्रमा देखिएको तरलतालाई झन् बढाउने उनीहरुको चिन्ता छ’ एक बैंकरले भने।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s