Daily Archives: 10/05/2010

रुँदै फर्किए आन्दोलनकारी

जिल्ला प्रशासन कार्यालय घेराउ गर्दा निराश देखिएका आन्दोलनकारी

२६ वैशाख, साता दिनपछि कालो सडक कालोमै फर्कियो, राताझन्डा र रातामान्छे देखिएनन् । न मार्चपास भयो न मेसमा खाना नै पाक्यो । रातामान्छेले सडकमा हुइँकेको गाडी समाते आँसु पुछ्दै । बैतडीको आमचौरबाट आएका आन्दोलनकारी डाँको छाड्दै गाउँ फर्के । बाह्रै महिना भातको लडाइँ गरिरहेका बाजुरा बिच्छयाका आन्दोलनकारी घाइते जिउ लिएर सिटामोल नभएको गाउँतिर हिँडे । Continue reading

बालुवाटारमै श्रममन्त्रीले परराष्ट्रसचिवको कठालो समाते

श्रममन्त्री मोहम्मद आफ्ताव आलमले प्रधानमन्त्रीनिवास बालुवाटारमै परराष्ट्रसचिव डा. मदनकुमार भट्टराईमाथि हातपात र दुव्र्यवहार गरेका छन् । विभिन्न ६ देशमा श्रम सहचारी नियुक्त गर्न परराष्ट्र मन्त्रालयले सहमति नदिएको भन्दै मन्त्री आलमले २० वैशाखमा हातपात गरेका हुन् । घटनाको छानबिन गर्न माग गर्दै परराष्ट्र मन्त्रालयका कर्मचारीले तीन दिनअघि नै प्रधानमन्त्री माधवकुमार नेपाल, मुख्य सचिव डा. माधव घिमिरे र परराष्ट्रमन्त्री सुजाता कोइरालालाई ज्ञापनपत्र बुझाएका थिए । Continue reading

ट्रकले किचेर दुई महिलाको मृत्यु- स्थानीय आक्रोशीत

वैशाख २७ – ट्रकले किचेर दुई महिलाको मृत्यु भएपछि आक्रोसित स्थानीयले ट्रकमा आगजनी गरेका छन । आगजनीका कारण ट्रक जलेर पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । आक्रोसित स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड टियर ग्यास प्राहार गरेको छ । महिलाको मृत्युपछि अहिले जिल्ला सदरमुकाको स्थिति तनावग्रस्त छ ।सहचालकले ट्रक चलाएकोले दुर्घटना भएको भन्दै स्थानीय आक्रोशीत भएका हुन । घटनापछि चालक र सह चालक फरार रहेकेा प्रहरीले जनाएको छ । दुवैको नाम खुलेको छैन । Continue reading

पत्रकारमा प्रहार रोक !

सुबिन श्रेष्ठ, ललितपुर

मुलुकभर विभिन्न पक्षले प्रेस स्वतन्त्रताको पक्षमा बोलेपनि सचारकर्मीमा हुने प्रहार र धम्की भने रोकिएको छैन । पत्रकारहरुमा आमहडतालको ६ दिन र सिंहदरबार घेराऊका बेला समेत गरि उपत्यका र जिल्लाबाहिरका नौ पत्रकारमा आक्रमण भएको छ । नौ घटना मध्ये एक घटनामा प्रहरीले सचारकर्मी पिटेका छन् ।

माओवादी कार्यकर्ताको बाँकी आठ घटनामा संलग्नता रहेको सार्वजनिक भएका छन् । गोरखापत्रका पत्रकार अर्जुन बस्नेतमा कृटपिट तथा मोटरसाईकलमा तोडफोड, शिक्षक मासिकका सम्पादक सुदर्शन घिमिरेमा कुटपिट, Continue reading

आन्दोलनका कारण स्थगित १२ कक्षाको परीक्षा जेठ २ देखि

काठमाडौं,  माओवादी आन्दोलनका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आगामी जेठ २ बाट सञ्चालन हुने भएको छ। उच्च शिक्षा परिषदको संचालक समितिको आइतबार बसेको बैठकले परीक्षाको नयाँ तालिका तोकेको परिषद्का परीक्षा नियन्त्रक देवीप्रसाद बारहकुटीले बताए। जेठ २ बाट सुरु हुने परीक्षा जेठ १२ सम्म चल्नेछ। हड्तालका कारण विथोलिएका केन्द्रमा मात्र पुनः परीक्षा हुने परीक्षा नियन्त्रक बारकुटीले बताए। Continue reading

एकै दिन करोडौंको भुक्तानी

 
पोखरा,  माओवादीको एक साता लामो आमहडतालपछि आइतबारबाट नियमित सेवा सुरु गरेका अधिकांश बैंक तथा वित्तीय संस्थामा पैसा झिक्ने सेवाग्राहीको भीड देखिएको छ। सयौंको भीड लाग्दा अधिकांश बैंकका कार्यालय बाहिरसम्म सेवाग्राही घन्टौं लाइन बसेका थिए। कतिपय बैंकमा बिहान कार्यालय खुल्नुअघि नै ५०/६० जना सेवाग्राही लामबद्ध भएको बैंकका अधिकाले बताए। ‘आज सबैजसो सेवाग्राही रकम झिक्ने मात्र थिए,’ न्युरोडस्थित नेपाल एसबीआई बैंकका शाखा प्रबन्धक सुरज मानन्धरले भने, ‘ एकैदिनमा ७ करोडभन्दा बढी भुक्तानी भयो। यो अन्य दिनको तुलनामा कैयौं गुणा बढी हो।’ उनले निक्षेप भने केही लाखमा सिमित रहेको बताए। Continue reading

पुरानो डुङ्गा फेला परेपछि पूजापाठ

झापाको लखनपुर चार स्थित गेउरीया खोलामा अत्यन्त पुरानो एउटा काठको डुङ्गा फेला परेको छ । फेला परेको उक्त डुङ्गालाइ स्थानिय धिमालहरुले शनिबार उत्खनन गरेर निकालेका छन् । डुङ्गा उत्खननपछि धिमाल समुदायले दैवी शक्तिले यो फेला परेको भन्दै गराम थान निर्माण गरेर परम्परागत रुपमा पूजाआजा शुरु गरेका छन् । डेढ फुट चौडाइ र आठ मिटर लम्बाइ रहेको यो डुङ्गा के काठले बनेको हो भन्ने खुलेको छैन । डुङ्गा खिएको र छिद्रछिद्र बन्दै गएको अवस्थामा फेला परेको हो । Continue reading

सिग्रेट नपाउँदा मनीषाको रडाको

लगभग दुई दशकपछि फेरि मनीषा कोइराला नेपाली सिनेमामा देखापर्ने भएकी छिन् । हुन त यसअघि पनि उनलाई आफ्नो सिनेमामा खेलाउन अरुहरुले पनि प्रयास नगरेमा होइनन् तर सफलता भने शाहीकालकी मन्त्री दुर्गा पोखरेललाई मात्र हात लाग्यो । शाहीकालका मन्त्री अर्थात् मनीषाका पिता प्रकाश कोइराला र दुर्गा पोखरेलबीचको सम्बन्धका कारण मनीषा नायिका बनिन् चलचित्र धर्मामा ।

धर्मामा मनीषाको जोडी बनेका छन् नायक राजेश हमाल । Continue reading

राजिनामा नआएसम्म माओवादीले वार्ता नगर्ने

माओवादीले प्रधानमन्त्रीले राजिनामा नदिएसम्म वार्ता नगर्ने निर्णय गरेको छ । मुख्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । यसअघि आइतबार साँझ प्रधान मन्त्री माधवकुमार नेपालले माओवादी अध्यक्षलाई सम्बोधन गर्दै वार्ताका लागि पत्र लेखेका थिए । पत्रबारे छलफल गर्दै माओवादी बैठकले यस्तो निर्णय गरेको हो । Continue reading

सुनको भाउ तोलामा ३४ हजार नाघ्ने

वैशाख २६- विवाहको सिजन सुरु हुनै लाग्दा स्थानीय बजारमा आइतबार सुनको मुल्य तोलामा ३४ हजार नाघ्ने भएको छ । स्थानीय बजारमा अघिल्लो आइतबारभन्दा प्रतितोला सुनको मूल्य करिब १ हजार ३ सय रुपैयाँ बढेर आइतबार कारोबार हुने भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा यस साता सुनको मुल्यमा उच्च वृद्धि भएकाले स्थानीय मूल्य उकालो लागेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । बिहीबारभन्दा शुक्रबार उच्च दरले पहेंलो धातुको मूल्य बढेको र घट्ने सम्भावना कम भएको भन्दै संघले आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ३४ हजार रुपैयाँभन्दा बढी कायम हुने जनाएको छ । Continue reading