साउदीमा ६ नेपाली कामदारको शव महिनौंदेखि अलपत्र

वैशाख २६ – साउदी अरबमा मृत्यु भएका ६ नेपाली कामदारको शव अलपत्र अवस्थामा छन् । ती कामदारहरू विभिन्न घटनामा परी ७ देखि १९ महिनाअगाडि मृत्यु भएका थिए । साउदीको राजधानी रियादस्थित नेपाली दूतावासका अनुसार मृत्यु भएका कामदारका स्पोन्सर फेला नपरेर, परिवारले शव ल्याउन खर्च नपठाएर र साहुले शव खर्च नदिँदा स्वदेशमा शव पठाउन सकिएको छैन् । साउदीबाट नेपालमा शव ल्याउन कम्तीमा १५ हजार रियाल अर्थात् तीन लाख रुपैयाँ लाग्छ ।

मृत्यु भएको महिनौं बितिसक्दा पनि झापाका रमेश गिरी, हेटौंडाका शम्भुलाल श्रेष्ठ, रोल्पाका हर्कबहादुर विक, द्रुतबहादुर बुढा, हर्कबहादुर मगर र गंगा थापाको शव परिवारले पाएका छैनन् । तीमध्ये गिरीको १९ महिना र अरूको ७ महिनाअघि मृत्यु भएको थियो । उनीहरू सबैको शव साउदीका विभिन्न सहरका स्थानीय अस्पतालमा राखिएको छ । ती अस्पतालले शव राखिएबापत दैनिक ५० रियाल अर्थात् एक हजार रुपैयाँ शुल्क वृद्धि भइरहेको छ । उनीहरू सबै भागेर काम गर्दै आएका हुन् । भागेर काम गर्ने कामदार गैरकानुनी हुन्छन् । त्यस्ता कामदारलाई काम दिने साहुलाई कामदारको जिम्मेवारी लिनु पर्दैन, दूतावासका सचिव खड्गप्रसाद दाहालले भने, ‘त्यस कारण शव पठाउने खर्च दिलाउन साहूसँग कानुनी लडाइँ लड्न सकिँदैन ।’

शव समयमै आइनपुग्दा र परिवारले आवश्यक खर्च बेहोर्न नसक्दा पीडित परिवार झन् मानसिक तनाव खेप्नुपरेको छ । छोराको मृत्युको शोक र समयमा शव नआएको पीरमा डुबेकी वृद्धा आमाको बिहीबार बिहान मृत्यु भयो । श्रेष्ठको हत्या भएको थियो भने गिरी सडक दुर्घटना, बुढा बिरामी, मगर कार्यस्थल, विक कार्यस्थल र थापा भेडी चराउन मरुभूमि गएका बेला मृत्यु भएको थियो ।  गिरीको शव ल्याउन वैदेशिक रोजगार कल्याणकारी कोषबाट वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले परराष्ट्र मन्त्रालयलाई ३० हजार रियाल पठाइसकेकाले उनको शव पठाउने प्रक्रियामा दूतावास छ ।

दूतावासका सचिव दाहालका अनुसार थापा, मगर र विकको शव पठाउन लाग्ने खर्च सम्बन्धित साहूलाई दबाब दिइरहेका भए पनि सुनुवाइ भएको छैन । बुढाको स्पोन्सर नै फेला परेको छैन । साउदीमा शव स्वदेश पठाउन पनि भिसा चाहिन्छ । स्पोन्सरले अनुमति नदिएसम्म सरकारले भिसा जारी गर्न सक्दैन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s