कुवेतीको घरमा प्रेमिका भेट्न जाँदा नेपाली युवक पक्राउ

जय आले, कुवेत

कुवेत सिटी, मे ०८ : कुवेतको ओमारियास्थित एक कुवेतीको घरमा आफ्नी नेपाली प्रेमिका भेट्न प्रवेश गरेको आरोपमा नाम र स्रोत नखुलाईएका एक नेपाली युवक पक्राउमा परेका छन । उनी घरमा प्रवेश गरेपश्चात कुवेती घर धनीले उनलाई घरमै बन्द गरी पुलिसलाई खबर गरिदिएको र उनको बिरुद्द आफ्नो घरमा अवैधानिक तरिकाले घुसेर आफ्नो नेपाली खदामालाई फोटो दिएको भनी कुवेतीले फरवानिया सेक्युरिटी शाखामा केस दर्ता समेत गराएको छ । तर नेपाली युवकले भनें आफु केबल फोटो र घडी नेपाली युवतीलाई दिनको निम्ती घरमा पसेको र कुनै पनि अनैतिक कार्य उनिहरुले नगरेको पुलिसलाई बयान दिएका छन ।

नेपाली दाजुभाईहरु; जुन भावनाले तपाईं हामी गईएको भएपनी कुवेतीको घरमा घुसी सकेपछी हाम्रो बिरुद्द एउटा मात्र नभई ३/३ वटा केसहरु, जस्तै: चोरी डकैति, अनुमती बिना घरमा प्रवेश र यौन संपर्क जस्ता लाल्छनाहरु लाग्ने भएकोले यस्तो कार्यमा संलग्न भई जीबन र ज्यानै जोखिममा नपारौं । साथै नेपाली दिदीबहिनीहरुले पनि कुवेतीको घरमा दाजुभाईहरुलाई बोलाउने काम कदापी नगरिदिनुहोस् यस्तो कार्यले सबैलाई केबल नोक्सानी मात्र पुग्ने गर्दछ ।

Source : Arab Times, Dated 09.05.2010

3 Responses to कुवेतीको घरमा प्रेमिका भेट्न जाँदा नेपाली युवक पक्राउ

  1. thank u god ma panee three year kuwaiti ko ghar mai pasee afno premee ka lai vetnee ghartheya ajo bata ma pane sabdaan hune chu pls satee haru kohee pani yasto galat kam nagarou aba mo mero love lai nepal mai gaee vetnee bachha rahkhee sakko chu

  2. के गर्नु बिचारा मनले थामनै सकना होला कुवैत जस्तो ठाऊमा केटा केटी दुबई …. बसेको होला मनले थामनै नसकेपछि जेहोला देखा जायगा भनेर छिरेको होलानि बिचारा..

  3. ramji tiwari

    hahaha ke funny boy ho ghata hune kam pani garne mora, aba bas jel ma. patrakar sathi dhayebad la news ko lagi

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s