काठमाडौं २५ वैशाख
एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीले मे दिवस र आमहड्तालमा ५१ करोड रुपैयाँ खर्च गरेको थाहा भएको छ । पार्टीनिकट स्रोतका अनुसार मजदुर दिवसमा गरिएको जनप्रदर्शन, ६ दिने आमहड्ताल र शनिबारसम्ममा यो रकम खर्च भएको पार्टी वृत्तमा चर्चा छ । यो हिसाबमा देशभरका जिल्लाहरूमा भएको खर्च गणना गरिएको छैन । यो खर्चमा माओवादीका राजधानीमा रहेका कार्यकर्ताको खर्च पनि हिसाब गरिएको छैन । माओवादी आफैंले दाबी गरेको करिब १ लाख कार्यकर्ता काठमाडौं आएको अनुमानका आधारमा यो हिसाब गरिएको हो । Continue reading
झापा,रोजगारीका लागि दुई साताअघि खाडी मुलुक मलेसिया पुगेका २१ नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै नेपाली १४ दिनदेखि मलेसियाको जेलमा छन् । नक्कली भिसा प्रयोग गरेको आरोपमा मलेसिया पुगेकै दिन क्वालालाम्पुर विमानस्थलबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा सतासीधाम-७ का विष्णुप्रसाद रिजाल, केर्खाका होम आचार्य, छत्रबहादुर कार्की र हडिया बुधबारेका न्यौपाने थरका एक युवक छन् । अन्यको नाम खुलेको छैन । 














































