काठमाडौं, २५ वैशाख
मुलुकभित्र बढ्दो प्रतिरोध तथा नेपालमा रहेका विदेशी दातृ निकाय तथा कूटनीतिक नियोगका प्रमुखहरूको चेतावनीयुक्त दबाबपछि माओवादीले ६ दिन पुरानो तर अनिश्चितकालीन भनिएको राष्ट्रव्यापी आमहडताल शुक्रबार साँझ स्थगित गरेको छ । उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले कलंकीमा आयोजित सभामा आन्दोलनको स्वरूप परिवर्तनको घोषणा गरेको तीन घन्टाभित्रै अध्यक्ष प्रचण्डले आमहडताल स्थगित भएको घोषणा गरे ।
आमहडतालको छैटौं दिन राजधानीमा शान्ति र्यालीमार्फ विभिन्न पेसागत समूह, उद्यमी र स्वतन्त्र नागरिकको ठूलो समूहले साँझसम्म आमहडताल फिर्ता लिन दबाब दिएको थियो भने अमेरिकी सहायक विदेशमन्त्री रोबर्ट ओ ब्लेकले वासिंगटन डीसीबाट त्यस्तै आशयको विज्ञप्ति जारी गरेपछि माओवादीले आकस्मिक रूपमा त्यस्तो घोषणा गरेको हो ।
नयाँबजारस्थित प्रचण्ड निवासनजिक जुडो हलमा आयोजित माओवादी स्थायी समिति बैठकले जारी आमहडताल लम्बिँदै जाँदा ‘जनताविरुद्ध जनता भड्काउने प्रतिक्रान्तिकारी षड्यन्त्र हुने’ कारण देखाएको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पदाधिकारीसहित वरिष्ठ नेताहरूलाई सँगै राखेर प्रचण्डले ‘आमहडतालमा सहभागिता र र्समर्थन’ का लागि जनतालाई धन्यवाद दिँदै विभिन्न क्षेत्रले गरको माग र जनता-जनता भिडाउने षड्यन्त्रका कारण आमहडताल स्थगनको निर्ण्र्ाालिइएको बताए। प्रचण्डले सञ्चारकर्मीलाई जानकारी दिँदै आन्दोलनलाई सरकारले बेवास्ता गरेका कारण देखाएर आन्दोलनको स्वरूप परिवर्तन गर्ने बताएका थिए । ‘यो सरकार रहेसम्म र राष्ट्रिय संयुक्त सरकार नबनेसम्म आन्दोलन जारी रहन्छ ।’ उनका अनुसार माओवादीले सिंहदरबार घेराउ, जिल्ला सदरमुकाम घेराउलगायत कार्यक्रमहरू ल्याउनेछ । नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय -ओएचसीएचआर)ले पनि माओवादी आमहडतालमा हिंसा तथा त्रासको स्तर बढ्दै गएको भन्दै चिन्ता प्रकट गरेको थियो । ओएचसीएचआर प्रमुख रिचर्ड बेनेटले शुक्रबार पत्रकार सम्मेलन गरी भने, ‘शान्तिपर्ूवक भेला हुन पाउने तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई र्समर्थन गर्दै धाक/धम्की, मनोवैज्ञानिक त्रास तथा अन्य हिंसात्मक उपायलगायत बन्दलाई बलपर्ूवक लागू गराउने कार्यको विरोध गर्दछौं ।’ बेनेटले माओवादी अध्यक्ष प्रचण्डलाई शुक्रबार नै भेटेर हडताल हिंसात्मक बन्दै गएको भन्दै चिन्ता प्रकट गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले भने हडताल स्थगित हुनुमा अमेरिकी सहायक विदेशमन्त्रीको दबाब कारण नभएको दाबी गरे । ‘हामीले हिजो -बिहीबार) नै आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्छ भन्ने निष्कर्षनिकालिसकेका थियौं, अमेरिकीमन्त्री वा कसैको दबाबले होइन,’ प्रचण्डले भने । शुक्रबारको माओवादी हडताल पनि हिंसाबाट मुक्त भने थिएन । माओवादी कार्यकर्ताले शान्ति र्यालीमा हिँडेका एवं प्रतिकारमा उत्रेका अन्य दलका कार्यकर्ता एवं र्सवसाधारणमाथि देशभर आक्रमण गरेका थिए ।















































