Daily Archives: 08/05/2010

पर्यटन बर्ष २०११ सफल पार्न युनिटी सक्रिय

इश्वरी प्रसाद काफ्ले, कुवेत
संपर्क : ००९६५-६६६५२१५०/५५१३३८२९ 
 
नेपाल संसारका चर्चित पर्यटकिय स्थलहरु मध्ये एक प्रमुख स्थल रहेको र यसको व्यवस्थित विकास गर्नसके राष्ट्रको अर्थतन्त्रमा आमुल परिवर्तन गर्न सकिने कुरा जग जाहेर रहादै आएता पनि यसको प्रचुर संभावनालाई देशले यथेष्ट उपयोग गर्न नसकिरहेको अवस्थामा युनिटी लाईफ ईन्टरनेशनल लि.ले यसको विद्यमान संभावनालाई अगाडी बढाई बढी भन्दा बढी पर्यटक भित्र्याई राज्यलाई आर्थिक रुपले सवल बनाउने उद्देश्यका साथ टुर एण्ड ट्राभल्सको शुरुवात गरेको छ । जस अनुसार नेपालका विभिन्न, ऐतिहासिक र प्राकृतिक रुपले चर्चित र आकर्षक पर्यटकिय स्थलहरुलाई गन्तव्य स्थलको रुपमा अगाडी बढाईरहेको परिपे्रक्षमा छिमेकी मुलुकहरु भारत, चीन तथा संसारभरिबाट नेपाल घुम्न अग्रिम बुकिङ भईरहेको छ । छिमेकी मुलुक भारतबाट मात्रै अहिले हजारौं पर्यटक यस योजना अन्तर्गत नेपाल भित्रिदै छन् । Continue reading

धन्यवाद छ माओवादी : प्रधानमन्त्री

०८ मे, काठमाडौं– प्रधानमन्त्री माधवकुमार नेपालले अनिश्चितकालीन आमहड्ताल फिर्ता लिएकोमा एकीकृत माओवादीलाई धन्यवाद दिनुभएको छ । उहाँले यसबाट संवाद, सहमति र सहकार्यको मार्गमा सहयोग पुयाउने विश्वास समेत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री नेपालले आज एक प्रेस विज्ञप्ति जारी गरि शान्ति प्रक्रियालाई पूर्णतामा पुरयाउने र नयाँ संविधान लेख्ने कार्य दलहरुबीचको सहमति र सहकार्यबिना सम्भव नभएको उल्लेख गर्दै त्यसका लागि अनावश्यक हठ त्यागेर सबैलाई मान्य हुने सहमतिमा आउनुबाहेक अन्य विकल्प नभएको उल्लेख गरिएको छ । Continue reading

१५ वर्षदेखि श्रीमती अस्वीकार

ससुराले दिए देश नै छाड्ने धम्की, न्याय खोज्दै अदालतको ढोका चहार्दै पीडित,

सप्तरी, २४ वैशाख, १५ वर्षअघि विवाह गरेकी सप्तरी तिलाठीकी चाँदनी झा अहिलेसम्म आफ्नो घर भित्रिन पाएकी छैनन् । विवाह गरेको एक महिना पनि पूरा नहुँदै श्रीमान् र ससुराले निकालेपछि उनी १५ वर्षदेखि न्यायका लागि भौँतारिरहेकी छिन् ।

घरपरिवारले अस्वीकार गरेकाले विवाह दर्ता र नागरिकता प्रमाणपत्रसमेत पाउन नसकेको झाको गुनासो छ । ‘घरबाट त निकाले-निकाले, विवाह भएको प्रमाणसमेत दिन मान्दैनन्, नागरिकतासमेत बनाइदिएनन्’, उनले गुनासो गरिन् ।

१५ माघ ०५१ मा उनको विवाह सप्तरी बोरिया-५ का पंकजकुमार झासँग भएको थियो । मैथिली परम्पराअनुसार विवाह गरे पनि ससुरा प्राध्यापक अमरकान्त र श्रीमान् पंकजकुमारले घरमा बस्न नदिई निकालेको उनले बताइन् । Continue reading

गाई काट्दै गरेका ११ जना रङ्गेहात पक्राऊ

२२ वैशाख, स्याङ्जाको वालिङ नगरपालिका– ११ जामुने भन्ने ठाँउमा गाई काट्दै गरेका ६ जना महिला ३ बालक र २ पुरुष सहित ११ जनालाई प्रहरीले रङ्गेहात मासु सहित पक्राऊ गरेको छ । पक्राऊ पर्नेहरुमा ३ जना बालक सहित स्याङ्जा जिल्ला थुमपोखरा ९ कोखेका ३८ वर्षिय गोपाल सार्की, १३ वर्षका अशोक सार्की, १२ वर्षका सूर्य सार्की,२८ वर्षका सरीता सार्की, ३० वर्षकी नरमाया सार्की, ३१ वर्षकी फूलमाया सार्की, ६० वर्षकी डल्ली सार्की, ५८ वर्षकी हरिमाया सार्की, १४ वर्षका अर्जुन सार्की, वालिङ नगरपालिका ११ का ४६ वर्षका मेघबहादुर सार्की र उनैकी श्रीमती ३५ वर्षिय जैशरा सार्की रहेका छन् । Continue reading

आमहडताल स्थगित “पछि हट्यो माओवादी”

काठमाडौं, २५ वैशाख

मुलुकभित्र बढ्दो प्रतिरोध तथा  नेपालमा रहेका विदेशी दातृ निकाय तथा कूटनीतिक नियोगका प्रमुखहरूको चेतावनीयुक्त दबाबपछि माओवादीले ६ दिन पुरानो तर अनिश्चितकालीन भनिएको राष्ट्रव्यापी आमहडताल शुक्रबार साँझ स्थगित गरेको छ । उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले कलंकीमा आयोजित सभामा आन्दोलनको स्वरूप परिवर्तनको घोषणा  गरेको तीन घन्टाभित्रै अध्यक्ष प्रचण्डले आमहडताल स्थगित भएको घोषणा गरे । Continue reading