कुवेतमा चर्चित गायक राजेन्द्र बिरहीको “एकल प्रस्तुती” आगामी जून ११ मा हुँदै

जय आले, कुवेत

“साह्रै राम्री रैछौ रननी” बोलको गिती एल्बमबाट अपार सफलता हाँसिल गरेका सुप्रख्यात लोक गायक राजेन्द्र बिरही (फोटोमा) कुवेतवासी नेपालीहरु बीच एक चिर-परिचित नाम हो । नव वर्ष २०६७ को पावन अवसरमा नेपालकुवेत साँस्कृतिक मञ्च र युनिटी लाईफ जन जागृति टिम कुवेतको सामुहिक आयोजनामा प्रस्तुत गरिएको नेपाली साँस्कृतिक कार्यक्रम सफलताका पुर्वक सम्पन्न हुनुमा बिरहीजीको ठुलो योगदान मानिंदै आएको छ ।   
 
बिगतमा मुलुक गृह युद्दको चपेटामा परेकोले नेपाल आर्मिको जागिरलाई त्यागेर केहि वर्षदेखी कुवेत नगरीलाई आफ्नो कर्मथलो बनाउँदै आउनु भएका गायक बिरही बिगत केही समय देखी कुवेतमा प्रस्तुत हुँदै आएका बिभिन्न नेपाली साँस्कृतिक कार्यक्रमहरुमा हमेशा सरिक देखिनु हुन्छ । बिक्षिप्त कला र गलाका धनी गायक बिरहीले आगामी ११ जून २०१०, शुक्रवारको दिन, दिनको २ बजे देखी कुवेतको मालियास्थित एसिया एसिया होटलमा आफ्नो एकल सांस्कृतिक प्रस्तुती कुवेतवासी नेपालीहरु माझ पस्कनु हुने निश्चितप्राय: भएको छ ।

“हाम्रो संस्कृति हाम्रो पहिचान” भन्ने नेपालीहरुको मूल नारालाई आत्मसात गर्दै, तमाम कुवेतवासी नेपालीहरुलाई आफ्नो संस्कृतिको आभाष दिलाउन यो कार्यक्रमको आयोजना गर्न गईरहेको वहाँले बताउनु भयो । आफ्नो सुमधुर स्वर र मग्न संगीतले नेपाली दर्शकहरुको मन जित्न र मनोरञ्जन दिलाउन आफु सफल हुने वहाँको अनुमान छ । 

लोक गायक राजेन्द्र बिरही एक स्थापित एवं सुप्रख्यात गायक त हुनुहुन्छ नै ! फेरिपनी जागिरे जीबनसँगै प्रवासी परिवेशमा रुमल्ली रहेको एउटा सिमित समय र वाध्यात्मक परिस्थितीमा यसरी कुवेतको इतिहाँसमै वहाँबाट प्रथम पटक “एकल बिरही सांस्कृतिक प्रहसन” प्रस्तुत हुन गई रहेकोमा यो नै ठुलो उपलब्धी मान्दै र वहाँको हुन गईरहेको एकल प्रस्तुतिलाई एउटा ऐतिहाँसिक प्रस्तुतिको रुपमा लिंदै हामी अग्रिम सफलताको शुभकामना अर्पण गर्दछौं । 

कुवेतनेपाल डट कम परिवार
सफात कुवेत ।

3 Responses to कुवेतमा चर्चित गायक राजेन्द्र बिरहीको “एकल प्रस्तुती” आगामी जून ११ मा हुँदै

  1. hello…राजेन्द्र बिरही jee

    please take pr omission from Nepal Embassy and take the paper from there…..

  2. indra bhusal

    rajendra ji
    akal karya karam ko lagi agrim suvakamana cha.asha cha hajura ko pareyas le nepali lok vaka lai parbasma pani ajhai aglo thauma puraune cha.
    mero tharfa bata dherai suvakamana cha hai.

  3. aba feri testai programme arganige garnnus manchheharu yekdamai kam hunechhan.

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s