बुटवल, नेपाल भ्रमणका लागि भारतीय नाका हुँदै नेपाल आएका पर्यटक भ्रमण छोट्याएर र्फकन थालेका छन् । एकीकृत माओवादीको आमहडतालका कारण पर्यटकहरू नेपाल छाड्ने तयारीमा लागेका हुन् ।
मंगलबार मात्रै पोखराबाट एक दर्जनभन्दा बढी सवारीसाधनमा बुटवल हुँदै सुनौली नाकाबाट पर्यटक भारत गएका थिए । १५ दिने नेपाल भ्रमणमा आएका अमेरिकी जोडी कलिन रिड र अम्बेर रिड चीनको तिब्बत हुँदै नेपाल प्रवेश गरेका थिए । तर, रिड दम्पती ६ दिनमा नै फर्किए । नेपाल भ्रमण गर्ने इच्छा भए पनि हडतालका कारण छोट्याएर भारत हुदै अमेरिकातर्फ जान थालेको उनीहरूले बताए ।
अहिले नेपाल रहेका पर्यटक धमाधम भ्रमण छोट्याउँदै फिर्ता जान थालेका छन् भने होटल बुकिङ रद्द गर्ने क्रम बढेको छ । साथै, स्थलमार्ग भएर आउने पर्यटक सीमा नाकाबाटै फिर्ता भइरहेका छन् ।
स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने सबैभन्दा ठूलो बेलहिया नाकाबाट विदेशी पर्यटक धमाधम भारततर्फ जान थालेका छन् ।
माओवादी आमहडतालको तेस्रो दिन भिसाका लागि भारतबाट बेलहिया हुँदै आएका क्यालिफोर्नियाका एक जोडी पनि सीमानाकाबाटै फिर्ता गएका छन् । उनीहरूले अन्नपूर्ण क्षेत्रको पदयात्रामा आएको र अवस्था त्यति राम्रो नभएको जानकारी पाएपछि भ्रमण छोट्याएको बताएका छन् ।
आमहडतालको पहिलो दिन बेलहिया नाकामा आइपुगेका ३१ जना जापानी पर्यटक समूह पनि नेपाल प्रवेश नगरी भारततर्फ नै फिर्ता गएको बेलहियास्थित अध्यागमन कार्यालयले जनाएको छ ।
बेलहियास्थित अध्यागमन कार्यालयका अनुसार आमहडतालको पहिलो दिन करिब ४० पर्यटक सो नाकाबाट नेपाल भित्रिए पनि बन्दको दोस्रो दिन थाइल्यान्ड, रुस, चीन, इजरायलसहित जम्मा ६ मुलुकका पर्यटक सो नाका हुँदै नेपाल प्रवेश गरेका थिए ।
नेपालको पछिल्लो अवस्थाबारे अनभिज्ञ विदेशी पर्यटक धमाधम सीमानाकाबाट भारततर्फ जाने क्रम बढेको मात्र होइन, नेपालबाट फिर्ता जाने पर्यटकले नेपाल भित्रँदै गरेका पर्यटकलाई असहज परिस्थितिबारे अवगत गराएपछि सीमाबाटै फर्केका छन् ।
बन्दका कारण पर्यटक आगमनमा कमी हुँदा प्रवेशाज्ञाबापत आउने शुल्कसमेत घटेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी विदेशी नेपाल प्रवेश गर्ने भैरहवाको बेलहिया नाका यतिखेर सुनसान देखिन थालेको छ ।














































opps nepal dasa hey raaaaaaaaaaaaaaaaaaaam
gribi bhagao or bdao?
ke garunn ta bichara paryatak haru le….. nepal ka neta jati lai kholti bhardai fursat chaina tara tyo kholti ma mal kaha bat aaucha tini haru lai ke matalav…..? yi neta le garda nai ho yo sabai bidambana aaune nepal ma…… hey bhagvan rakchya gara pravhu….