बालकृष्ण घिमिरे
टुकुचा ७ काभ्रे, हाल : कुवेत
आजको यो बैठक सहमतिका लागि सहमती गर्ने निर्णय गर्दै टुङ्गियो ! के भनेको यो ? हामी सम्पुर्ण नेपाली जनतालाई पागल सम्झेका हैनन यो सहमतिका लागि सहमती गर्न दिनौ बैठक बस्ने राजनीतिक दलका नेताहरुले ? आज त पक्कै देशलाई निकास दिने निर्णय गर्लान र त्यो खुशीको निर्णय देशभरिका जनतालाई सबैभन्दा पहिला आफ्नो संचार माध्यमबाट सम्प्रेसण गर्न पाइयोस भनी होटेलबाट आहिरहेको मग्मगी बास्नालाई रुमालले छेकी होटेलको प्रांगणमा बसेका पत्रकारहरुलाई खसिका साप्रा, कुखुराका टाङ्ग लगाएत अन्य के के हो, के के खाइसके पछी भुँडी ठडाउदै नाक तन्काउदै पाचतारे होटलबाट बाहिर आएका नेताहरुले दिने जवाफ भनेको आज सहमतीका लागि सहमती गर्ने निर्णय भयो, पुन भरे अर्को बैठक बस्छौ |
एक दिन हैन, एक हप्ता हैन, एक बर्ष हैन अब कती समय लाग्ने हो देशलाई निकास दिने ठोस निर्णय गर्ने | सम्बिधान बनाउनका लागि नेपाली जनताले चुनेर पठाएका ६०१ जनाले अर्बौ सिध्याइ सके, त्यतिले नपुगेर सहमतिका लागि सहमती गर्ने नेताहरुले पाचतारे होटेलमा खाएको बिल समेत राष्ट्रिय धुकुटी बाटै नतिरी सुखै छैन किन कि यिनिहरुले देश र जनताका लागि खाई रहेका छन | आज भोली त यि नेताहरुका श्रीमतिहरुले मात्रै हैन घरमा काम गर्न राखिएका कान्छा-कान्छीहरुले समेत सुख पाएका छन वा झनै दु:ख पाएका छन त्यो छुट्याउन गाह्रो छ |
उनिहरुले सुख यो अर्थमा पाएका होलान, नेताका लागि घरमा चौरासी बेन्जन खानाका परीकार तयार पार्नु परेको छैन भने दु:ख चाँही नेताहरुले पाँच तारे होटलमा आफ्नो गोजिको जाने हैन राष्ट्रको धन जानेत होनि भन्दै सितै पाए झैं गरी चाहिदो नचाहिदो खानाले न टुवाइलेट पुग्नै भ्याएका छनन् की ? नेताहरु हो, अब त देशलाई निकास दिलाओ, हामी गरीब जनताहरु देशमा शान्ती भएको हेर्न चाहन्छौं, स्वदेशमा शान्ती भए आफ्नो पसिना बिदेशमा हैन आफ्नै माटोमा पोख्न चाहन्छौ | यसैले आजै तिमीहरुको मुखबाट सहमतीका लागी सहमती गर्ने निर्णय हैन देश निकासका लागि अन्तिम र निर्णायक निर्णय गरेको सुन्न चाहन्छौ |















































