बालकृष्ण घिमिरे
टुकुचा ७ काभ्रे, हाल : कुवेत
आजको यो बैठक सहमतिका लागि सहमती गर्ने निर्णय गर्दै टुङ्गियो ! के भनेको यो ? हामी सम्पुर्ण नेपाली जनतालाई पागल सम्झेका हैनन यो सहमतिका लागि सहमती गर्न दिनौ बैठक बस्ने राजनीतिक दलका नेताहरुले ? आज त पक्कै देशलाई निकास दिने निर्णय गर्लान र त्यो खुशीको निर्णय देशभरिका जनतालाई सबैभन्दा पहिला आफ्नो संचार माध्यमबाट सम्प्रेसण गर्न पाइयोस भनी होटेलबाट आहिरहेको मग्मगी बास्नालाई रुमालले छेकी होटेलको प्रांगणमा बसेका पत्रकारहरुलाई खसिका साप्रा, कुखुराका टाङ्ग लगाएत अन्य के के हो, के के खाइसके पछी भुँडी ठडाउदै नाक तन्काउदै पाचतारे होटलबाट बाहिर आएका नेताहरुले दिने जवाफ भनेको आज सहमतीका लागि सहमती गर्ने निर्णय भयो, पुन भरे अर्को बैठक बस्छौ | Continue reading

काठमाडौं, राजनीतिक दललाई सहमतिमा आउन दबाब दिने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघको पहलमा पेसागत संघसंगठन सम्मिलित दबाब समूह निर्माण गरिएको छ ।महासंघ र चेम्बर अफ कमर्सले मंगलबार सर्वपक्षीय भेला गरी दबाब समूह गठन गरेका हुन् ।वकिल, चिकित्सक, पत्रकार, मानवअधिकारकर्मीलगायत उद्यमी व्यापारीका विभिन्न संगठन समेटेर जनतामा सचेतना ल्याई दललाई दबाब दिने निर्णय भएको छ ।
बुटवल, नेपाल भ्रमणका लागि भारतीय नाका हुँदै नेपाल आएका पर्यटक भ्रमण छोट्याएर र्फकन थालेका छन् । एकीकृत माओवादीको आमहडतालका कारण पर्यटकहरू नेपाल छाड्ने तयारीमा लागेका हुन् ।
काठमाडौं, प्रधानमन्त्रीको राजीनामा माग्दै पार्टीअध्यक्ष झलनाथ खनाललाई ज्ञापनपत्र दिने एमाले उपाध्यक्ष वामदेव गौतमलाई ज्यान मार्ने धम्की आएको छ । ज्ञापनपत्र दिएकै आइतबार राति विभिन्न नम्बरबाट पटकपटक फोन गरेर ज्यान मार्ने धम्की आएपछि गौतमले राति नै प्रहरीसँग सुरक्षा मागेका थिए । तर गृहमन्त्री भीम रावलले भने यसबारे अनभिज्ञता प्रकट गरेका छन् ।
पोखरा- छयाङै खुलेका सेता हिमाल र रमणीय दृश्य आहा पोखरा, यहाँ आउने स्वदेशी विदेशीको मुखवाट यही वाक्य निस्कन्छ । फेरी आफनो गन्तव्यमा फर्केपछि अरुलाई पनि एक पटक जाउँ है पोखरा भन्ने निम्तो उनिहरु नै बाँढछन् । यतिबेला निम्तो स्वीकार्दै पोखरा भित्रने पाहुनाहरु हवात्तै बढेका छन् । पोखरामा अहिले मौसम पनि उस्तै खुलेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा पनि ओइरो लागेको छ ।














































