केशब प्रसाद घोरासैने
काठमाडौं, हाल – कुबेत
जब मानिसहरुले रुखको बोक्राले आफ्नो शरीर ढाक्दथे, जङ्गलमा कन्दमुल खोजेर खान्थे र ओडारमा रात बिताउँथे । त्यतिखेरका मान्छेहरु लाई न घर चाहियो न जमिन चाहियो कुनै कुराको चिन्ता थिएन जब मनिसहरुमा बिबेक र चेतना पलायो त्यतिखेरदेखि नै आधुनिक युग आएको मान्नु पर्छ त्यतिखेरको ब्रिसतित कुराहरु त समाजशास्त्री या ईतिहास बिदहरुलाई नै थाहाहोला |
मानिसहरु जब कन्दमुलबाट अन्नबाली तर्फ लागे र ओडारबाट सानातिना घर छाप्रोहरु निर्माण गर्न थाले त्यतिखेर देखिनै जमिन हडप्ने, आफ्नो बनाउने र सक्ने बलियाहरुले धेरै आफ्नो बनाए नसक्ने कम्जोरहरुले अली थोरै आफ्नो बनाए, त्यो पनि नसकनेले त्यतिकै जतापायो उतै भौतारिए तिनै केही नहुनेहरुलाई हुनेहरुले आफ्नो जमिनमा काम गर्न लगाए ।
जमिनदारहरुको पनि त्यहीबेला देखिनै उदए भएको हुनु पर्छ । सबैभन्दा बढी जमिनदारहरुको जगजगी चाँही अठारौं या उन्नाइसौं सताब्दिमा भएको हुनुपर्छ । हामीले सुनेको तर नदेखेको हाम्रै नेपालका जमिनदारहरुको चर्चा गरौ, हाम्रो नेपालमा जमिनदारी प्रथा चाँही पहाडमा भन्दा तराइमा ज्यादा भएको पाईन्छ पहाडमा धेरै खेतियोग्य जमिन नभएर पनि त्यसो भएको हुनुपर्छ तराइमा चाँही प्रसस्त खेतीयोग्य जमिन भएरनै होला जमिनदारहरुको धेरै जगजगी भएको अब एकैछिन जमिनदारहरुको चरित्रको बारेमा लेखौ | उनिहरुको चरित्र भनेको ज्यादा भन्दा ज्यादा जमिन आफ्नो बनाउनु र गाउका बलिया-बलिया बेरोजगार युवाहरुलाई आफ्नो निजी सुरक्षाकोलागी र आफ्नो खेतबारीमा कामगर्नकोलागि नोकरसरहको व्यबहार गरेर राख्दथे र ति थोरै जमिनहुने गाउलेहरुलाई आफ्नु ठुलो परिवार पाल्न अप्ठेरोहुँदा उस्को थोरै भएको जमिनपनि आफ्नो नाउमा गरेर सहयोग गर्दथे र उनिहरुदिन प्रतीदिन धनी हुँदैजान्थे भने थोरै हुनेहरु दिन प्रतिदिन गरीब हुँदै जान्थे ति जमिनदारहरुले आफ्नो खेतबारिमा बाली लगाउने र बाली उठाउने बेलामा सबै गाउलेहरुलाई बिना पारीश्रमिक काम लगाउथे यदी कसैले यस्तो अन्यायको बिरुद्ध आबाज उठायो भने उस्को थोरै भएको सम्पत्ति परिवार र ज्यानै जोखिममा पर्थ्यो । गाउलेहरुले आफ्नो करेसाबारीमा लगाएको तर्कारी पनि आली राम्रो र सप्रिएको देख्यो जमिनदारले भने त्यो तरकारीपनि आफ्नो घरमा ल्याईदिन लगाउँथे । बाख्राले अली राम्रो पाठो पायो भने पनी त्यो हुर्किएपछी आफ्नो घरमा ल्याईदिन भन्थे । यहाँसम्मकि कुनै-कुनै अत्याचारिहरुले त गरीब गाउलेहरुका राम्राराम्रा छोरीबुहारी पनि देख्नु हुँदैन थियो, देखेमा तिनलाइ पनी आफ्नो घरमा पठाउने हुकुम दिन्थे ति जमिनदारहरु ।
अब एकैछिन कुरा गरौ हालका आधुनिक जमिनदारहरुका बारेमा यि आधुनिक जमिनदार भनेका हाल हाम्रो नेपालमा सत्ताको खेलमा रमाइरहेका जत्था यानिकी राजनैतीक पाटीहरुको यि आधुनिक जमिनदारहरु पनि आफ्नो जमिनदारी बढाउन यानीकि आफ्नो ग्याङ (पाटी) ठुलो बनाउन निचताको जुनसुकै हदसम्म जान पनि हिच्किचाउदैनन, पुराना जमिनदारहरुसँग यिनिहरुको धेरै समान्ता पाईन्छ, पुराना जमिनदारहरु बैशाख असार बाली लगाउने बेला र भादौ मङ्सिर बाली उठाउने बेलामा सम्पूर्ण गाउलेहरुलाई बिनापारीश्रमिक दुइमुट्ठी खाजाको भरमा काममा जोताउदथे यदी कोही गरीब गाउले कुनैकारणबस काममा आएन भने उस्को खैरियत हुँदैन थियो त्यस्तालाई आफ्नलठैत लगाएर कुटपिट गरी अङ्गभङ्गपार्ने र ज्यानै लिने सम्म गर्दथे त्यस्तै आजका आधुनिक जमिनदारहरु पनी उनिहरुको आफ्नो काम सडकबन्द, तोड्फोड, आग्जनी, नाराजुलुस, ईत्यादीको लागि सोझा र बेरोजगार नागरिकहरुलाई सडकमा उतार्छन, केहीगरी कुनै टोलबासी त्यो कामामा आउन मानेन भने उस्लाई आफ्नलठैत (कार्यकर्ता) लगाएर ठोक्न लगाउछन मार्न लगाउछन हातखुट्टा काटेर बोरामा हालेर फाल्न लगाउछन, त्यो बेला यस्ता घटना गाउमा मात्रै हुन्थे हाल आएर शहरबजारमा पनि उत्तिकैछ ।
पुराना जमिनदारका लठैतहरुको आफ्नो सोंच निजी बिचार केहीपनी हुँदैनथ्यो, उनिहरुको रुपमात्रै मनिसको हुन्थ्यो, मनिस भएको पहिचान यो मात्रै थियोकी, उनिहरुको ! उनिहरु सास फेर्थे, कहिले काही बोल्थे पनी र उनिहरुलाई भोक लाग्थ्यो अन्यथा उनिहरुको सम्पूर्ण कन्ट्रोल मालिक जमिनदारको हातमा हुन्थ्यो उस्ले जे भन्थ्यो तेहि गर्थे जे दिन्थ्यो तेही खान्थे अब अहिलेका जमिनदारहरुको पनि त उहिरुप छ । यि नयाँ लठैतहरुको पनी आफ्नो निजी ज्ञान बिचार सोच दिमाग केहीपनी आफ्नो निजी हुँदैन यिनिहरुको पनी सम्पूर्ण कन्ट्रोल आफ्नो मालिक (नेता) को हातमा हुन्छ । आफ्नो मालिकले जा आज फलानालाई गोदेर आईज भन्यो भने उस्ले गोदेर आउछ ! मालिक(नेता) ले यती चन्दा भनेर वा लुटेर आईज भन्यो भने उस्ले दिए मागेर नदिए लुटेर ल्याउँछ र मालिकलाई अझै धनी बनाउछ, आज बाटोमागूडीरहेको मोटरलाई ढुङ्गाहानेर धुलोपिठो पारेर आईज भन्यो भने तेसैगर्छ आधुनिक जमिनदारर्को त्यो लठुवाले । उस्लेत मालिक नेताले भनेको भन्दा अझ्बडी आगो पनी लगाइदिन्छ सामान्य नागरिकहरु त्यो जमिनदारको निजिकाम अर्थात जुलुस र उस्को बक्बास (भासण) सुन्न वा हेर्न गएनन भने तिनै आफ्नलठैत (कार्यकर्ता) लगाएर ज्यानलिन लगाउछन, अङ्गभङ्ग पार्न लगाउछन । राष्ट्रको र जनताको सम्पत्तिमा तोड्फोड गर्न लगाउछन यदी कही कसैले झिनु बिरोध गरिहाल्यो भने तेसको ज्यान लिन लगाउछन ।
अहिले हाम्रो देशमा यस्ता जमिनदारहरु धेरै छैनन, केबल पच्चिसतिस जती होलान तर यतिले नै देशभरी तहल्का मच्चाइ रहेका छन, पुराना जमिनदारहरुले आफ्ना लठैतहरुलाई लाठी, खुकुरी, तरबार, भाला ईत्त्यादीले सुसज्जित पार्थे भने हालका नयाँ जमिनदारहरुले लाठिको ठाउमा बन्दुक भिराएका छन, खुकुरिको ठाउमा गोलीको झोला बोकाएका छन र तरबारको ठाउमा बारुदरबमको भारी बोकाएका छन फरक यति मात्रै छ यिनिहरुमा । पुराना जमिनदारहरुले गाउलेका छोराछोरी अलीठुला भएको देखे भने छोरालाई आफ्नखेतबारिमा काममाजोताउन बोलाउथे छोरीहरुलाई घरमा कामगर्नी बाहानामा बोलाई बलात्कार गर्थे नयाँ जमिनदारहरुले पनि जनताका छोराछोरी ठुला भएका देख्नैहुँदैन आफ्नुपाटिको सदस्य बनाइ हाल्छन, जबर्ज्स्ती आफ्नकार्यकर्ता बनाउनु पनी त भाबनात्मक बलात्कारै होनी हैनर ?
पुराना जमिनदारहरुको पालामा गाउलेका छोराछोरीहरुले पढ्नलेख्न मुस्किलले गाउको स्कुलमा पाउथे भने जमिनदारहरु आफ्न छोराछोरीहरुलाई शहरका राम्राराम्रा स्कुलमा पठाउथे नयाँ जमिनदारहरु पनी जनताका छोराछोरीहरुले सरकारी स्कुलमापनि राम्रोसँग पढन पाउदैनन नयाँ जमिनदारहरु आफ्न छोराछोरीहरुलाई बिदेसका महङ्गा महङ्गा स्कुल कलेजमा पढन पठाउछन, केहीगरी गाउको स्कुलमा राम्रै अंकल्याएर पास भएपनी कालेजमा भर्ना हुनि बेलामा तिनै जमिनदारहरुको लठैत सङ्गठन (भात्री सङ्गठन) को सदस्य नभै त्याहा एडमिसनहुन पाउदैनन, अनी तिनमा र यिनमा के चाही फरक भयो त ? बरु पुराना जमिनदारहरुले गाउका कोही बिमारी भएभने त्यो बिमार मान्छेको घरखेत बन्दकी राखेर भएपनी उस्को ज्यान बचाउथ्यो तर यि नया जमिनदारहरुको त तेतिपनी मानबियता छैन किनभने यिनिहरुले सडक बन्द गरेको दिन पर्यो भने त बिरामीले अस्पातल पुग्न पाउदैन म्रितकले घाट पुग्न पाउदैन विवाहको लगन हुनिले जन्ती लिएर जान पाउदैन एम्बुलेन्स्को बिरामी अंबुलेन्स्मै सिधिन्छ । म्रितकको लास आगनमै सुक्छ अनी ति पुराना जमिनदार जती पनि मानबिय भाबना छ त ? यि नयाँ जमिनदारहरु सङ्ग !! ठुलासाना गरी नेपालमा अहिले चालिस पचास जती होलान आधुनिक जमिनदारहरु तर तिनले यति बिगबिगी मच्चाएकाछन की कुरा गरेर साध्य छैन ।
जमिनदार न हुन जमिनदारी चरित्र त देखाउनी भई हाले कसैले अलि नरम पाराले देखाउछन आफ्नु अस्लियत त कसैलेहिन्स्रक र क्रुर पाराले देखाउछन, हालसालकै गतिबिधी हेरौ न नेपालको सबैभन्दा ठुल्लो आधुनिक जमिनदारले कस्तो तहल्का मच्चाई रहेको छ यो जमिनदारलाई अहिले असारको पन्द्र छ, भ्याइ-नभ्याइ छ तेसैलेत उ आफ्नो निजि कामको लागी ति दासरुपी कार्यकर्ता र नोकररुपी जनतालाई सडकमा उतारेर फोहोरी हिलोखेल्नलगाउदै छ जनताको घरअघरमा गएर एतिहजार रुपैयाँ दिन्छौकी घाटिछिनाइदिउ भन्दै दुनियाँलाई आतङ्कित पार्दैछन, हाम्रो काम गर्नलाई घरघरबाट मान्छे पठाउछौकी घरमा आगो लगाइदिउ भन्दै नाङ्गोनाच गर्दै छन नरपिचासहरु, पुरानो जमिनदारी प्रथा लगभग अन्त्य भईसक्यो नेपालमा अब हेरौ यो नयाँ आधुनिक जमिनदारी प्रथा चाही कैले अन्त्य हुन्छ तर आम नेपालीहरुको चेतना स्तर यस्तै भईरहने हो र हरेक नेपालीहरुमा नया चेतना नपलाउनि हो भने यो जमिनदारी प्रथा लामै समय सम्म चल्छ जस्तो छ तर हरेक चिजको एकनएक दिन नाश अबस्य हुन्छ भनेझै यिनीहरुको पनी एकनएक दिन अबस्यै नास हुन्छ ।













































