काठमाडौं, आफनै नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठन हुनुपर्ने प्रमुख माग राखी प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) को अनिश्चितकालीन राजनीतिक आमहडतालको दोस्रो दिन सोमबार देशभर केही घटनाबाहेक शान्तिपूर्ण् भएको र आमहडतालबाट जनजीवन निकै कष्टकर मात्र होइन, अस्तव्यस्त भएको छ। राजधानीको गोंगबुमा भने सोमबार साँझ प्रहरीमाथि ढुंगा प्रहार भएपछि अश्रुग्यास र हवाई फायर हुँदा दुवै पक्षका केही व्यक्ति घाइते भएका छन्।
- राजधानीमा
- चार मोटरसाइकल जलाइए
- दलहरूबीचको
- वार्ता निष्कर्षवहीन
- पहिले प्रमको राजीनामा कि आमहडताल फिर्ता भन्ने विवाद
कायमै
- माओवादी कार्यकर्ता हिँडेरै घर फर्किन थाले
- अस्वस्थ हुनेको संख्या बढ्दो
गोंगबुमा साँझ ६:३० बजे एक जना र्सवसाधारणले मोटरसाइकल चलाएर जानासाथ माओवादी कार्यकर्ताले घेरा हालेपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको र प्रहरीले दुइ राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।
माओवादीको बजार खोल्ने समयमा एक र्सवसाधारणले ल्याएको मोटरसाइकल घेराहाली जलाउन खोज्दा प्रहरीले जोगाउन प्रदर्शनकारीमाथि हस्तक्षेप गरेको गृहमन्त्रालयको भनाइ छ भने माओवादीले चार राउन्ड गोली चलाएको दाबी गरेको छ। पर्रदर्शनकारीले शान्तिनगर, कोटेश्वर, चाबहिल र कलंकीमा गरी चारवटा मोटरसाइकल जलाएका छन्।
सम्पर्ण् बजार, कलकारखाना, यातायात, शैक्षिक संस्था पर्ण्तः बन्द भएकै कारण खाद्यान्न, तरकारीलगायत दैनिक उपभोग्य सामानको अभावसँगै कालोबजारी तीव्ररूपमा बढेको छ। माओवादीका कार्यकर्ताहरू बिहान ५ बजे नै सडकमा निस्कने र साँझ मसाल जुलुसपछि घर र्फकने गरेका छन्। उपत्यकाका १८ वटा प्रमुख चोकमा माओवादी कार्यकतर्हरू बिहानैदेखि जम्मा भएर नाचगान, कविता वाचन र उखान टुक्का प्रस्तुत गरी दिन बिताएका थिए।
दलहरूबीच निरन्तर वार्ता भइरहेकाले माओवादीले आन्दोलनमा सोमबार पनि संयम अपनाउन खोजे पनि हिजो साँझ गोंगबुमा भएको घटनाले हिंसा बढ्ने हो कि भन्ने आशंका बढाएको छ। यदि वार्ता भइरहने तर सहमति नहुने भए आन्दोलनलाई सशक्त बनाउने चेतावनी नेताहरूले दिएका छन्।
कार्यकर्ताको जिल्ला र्फकने चाहना
आमहडतालमा पहिलो दिनको तुलनामा दोस्रो दिन पर््रदर्शनकारीको संख्या घटेको र उपत्यका बाहिरबाट ल्याइएका हजारौं कार्यकर्तामध्ये एकपछि अर्को गरी अस्वस्थ हुने क्रम बढेको छ। शहरका चोकमा नाचगान भइरहेका बेला अस्वस्थ भएका र जिल्ला फर्किन गाडी पाए जान हुन्थ्यो भनी थुप्रै कार्यकर्ता पेटीमा निराश भएर पल्टिएका थिए भने २ सय बढी कार्यकतर्ँ हिँडेरै चितवनतर्फलागेका छन्।
आमहडतालमा काठमाडौंका स्थानीय बासिन्दा भने सोचेअनुसार अझै ननिस्किएको माओवादीका नेताहरूले बताएका छन्। नेताहरू भन्छन्-भिडन्त नभएपछि आन्दोलन तात्ने रहेनछ र आन्दोलन तात्न थालेपछि प्रहरी हस्तक्षेप हुने र त्यसको विरोधमा जनता सशक्त रूपमा उत्रिने थिए, त्यो कुरा बुझेर पनि हामी आन्दोलनलाई शान्तिपूण् नै बनाउने पक्षमा छौं तर वार्ता मात्रै हुने सहमति नहुने हो भने यही स्थिति भने नरहन सक्छ।’ माओवादीले दिउँसो पुतला दहन गर्ने गरे पनि सरकारले हस्तक्षेप गर्ने गरेको छैन किनकि कानुनतः मसाल, पुतला जलाउन निषेध गरेको छ।
मसाल जुलुस निकाल्नुअघि चोकचोकमा भएको कोणसभालाई माओवादीका नेताहरूले आमहडतालको दोस्रो दिन पनि सानदार रूपमा सफल भयो भने देश ठप्प नै भएको छ तर राज्यले अझै जनभावना बुझन खोजेको छैन भन्दै यो सरकारलाई घुँडा नटेकाएसम्म आमहडताल नरोकिने चेतावनी दोहोर्याएका छन्। राजधानीमा पार्टी वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईसहितका नेताले सम्बोधन गरेका थिए।
पर््रदर्शन र कोणसभामा बोल्ने सबै माओवादी नेताहरूले एमालेका उपाध्यक्ष वामदेव गौतमसहितका नेताहरूले प्रधानमन्त्री नेपालको राजीनामा मागेको र एमालेभित्रका सच्चा क्रान्तिकारीले व्रि्रोह गर्न सक्ने भन्दै कार्यकर्तालाई उत्साहित बनाएका छन्।
हिजो आमहडतालको प्रत्येक चोकमा एमालेनेता गौतमको प्रशंसा भइरहेको थियो। स्मरणीय छ, अघिल्लो दिन आइतबार एमाले उपाध्यक्ष गौतमसहितका नेताहरूले पार्टर्ीीयक्ष झलनाथ खनाललाई इमेलमार्फ ज्ञापनपत्र दिई प्रधानमन्त्री नेपालको राजीनामा तत्काल हुनुपर्ने माग गरेका थिए।
सिंहदरबार सुनसान
आमहडतालले जनजीवन अस्तव्यस्त भएपछि राजधानीको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत सुनसान जस्तै भएको छ।
आमहडतालले जनजीवन …र्
कर्मचारी हिँड्दै दिउँसोतिर कार्यालयतिर पुग्ने र हाजिर गरेर तत्काल फर्किने गरेका छन् भने जनता पनि काम लिएर जान सकेका छैनन्, जसले गर्दा सिंहदरबार पनि सुनसान छ। केही मन्त्रीहरूबाहेक धेरै मन्त्रीहरू सिंहदरबार जाने गरेका छैनन्। देशका प्रमुख शहर मात्र होइन, अधिकांश सरकारी कार्यालय पनि प्रभावित भएका छन्।
चार दिनदेखि मुलुक ठप्प भएको र यसलाई यथाशीघ्र निकास दिने उद्देेश्यले माओवादी, कांग्रेस र एमालेका शर्ीष्ा नेताहरूबीच सोमबार औपचारिक/अनौपचारिक कुराकानी भएको तर आ-आŠनै हठका कारण वार्ता ठोस निष्कर्षा पुग्न नसके पनि वार्ता निकै सकारात्मक हुँदै गएको नेताहरूले बताएका छन्। माओवादीले पहिले प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिनुपर्ने भनेको छ भने एमाले-कांग्रेसले प्याकेजमै सबै विषयमा सहमति भएमा राजीनामा हुन्छ तर पहिले नै हुँदैन भन्दै आमहडताल फिर्ता गरौं र सहमति गरौं भन्ने प्रस्तावसमेत राखेका छन्।
सरकारमा रहेका १० दलको सोमबार बसेको बैठकले पनि
विधि र प्रक्रियामा नआई सहमतिबिना सडकको मागले प्रधानमन्त्रीले राजीनामा दिन नहुने निष्कर्षहित हडतालमा हिंसा हुने सरकारको तर्फाट कुनै पनि हालतमा नआओस् भनी सचेत गराएको छ। जनधनको क्षति र निषेधित क्षेत्रमा प्रवेश नगरेमा प्रहरीलाई पर्ण्ातः संयमता अपनाउन बैठकले सुझाव को र प्रधानमन्त्री नेपालले पनि सरकारले पर्ण्तः संयमता अपनाएको जानकारी गराउनुभएको थियो।
१० दलको बैठकलगत्तै प्रधानमन्त्रीनिवास बालुवाटारमै बसेको मन्त्रिपरिषद्को बैठकमा जनतामा पर्दै गएको समस्या, खाद्यान्न अभाव र त्यसलाई कसरी राज्यका तर्फाट सहज बनाउने भन्नेबारेमा छलफल भएको थियो। बैठकले सहमति र संवादबाटै निकास दिन सकिन्छ भन्दै आमहडताल फिर्ता लिन माओवादीलाई आ³वान गरेको छ।
सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’ ले कांग्रेस र एमालेका शर्ष् नेताहरूलाई छुट्टाछुट्टै भेट गर्नुभएको थियो। भेटघाट र वार्ता निकै सकारात्मक बन्दै गएको र छिट्टै निष्कर्षा पुग्न सकिने जानकारी अध्यक्ष प्रचण्डले गराउनुभएको छ।
निकास दिन व्यापक दबाब
देश अस्तव्यस्त भइसक्यो, त्यसैले तत्काल निकासका लागि दबाब दिने र आवश्यक परे सहजकर्ताको भूमिका पनि निर्वाह गर्ने उद्देश्यका साथ सोमबार मिडिया सोसाइटी, नेपाल पत्रकार महासंघ, नेपालका टेलिभिजन र रेडियोहरूको संगठनका पदाधिकारीहरूले माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनाललाई छुट्टाछुट्टै भेट गरेका छन्।
सो भेटमा अध्यक्ष प्रचण्डले माओवादी जनतामा लोकप्रिय छैन, माओवादी द्वन्द्व र हिंसा मात्रै मच्चाउन चाहन्छ भन्ने जुन आरोप थियो, त्यसलाई चिर्न यो आन्दोलन अवसर पनि हो, त्यो गरेर देखाएको बताउनुभएको छ। अध्यक्ष प्रचण्डले दलहरूबीच भएको पछिल्लो कुराकानीले धेरै आशावादी बनाएको छ र छिट्टै मिल्ने बिन्दुमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले विगतको तुलनामा सोमबारको वार्ताले धेरै आशावादी बनँएको बताउनुभएको छ।
एमाले अध्यक्ष खनालले विगतमा दलहरूले तय गरेका छवटा एजेन्डामा गम्भीर गृहकार्य नगरेका कारण स्थिति असहज बनेको तर अहिले जसरी कुराकानी भइरहेको छ, त्यो निकै सकारात्मक भएको र दुइ दिनभित्र सहमतिमा पुग्न सकिन्छ भन्ने विश्वास आफूमा रहेको बताउनुभएको छ।
सेना समायोजन, संविधान निर्माणका लागि आधारभूत विषयमा सहमति गरी निश्चित समयका लागि संविधानसभाको म्याद थप गर्ने, वाईसीएलको अर्धसैनिक संरचना अन्त्य, कब्जा गरिएका सम्पत्ति फिर्ता गर्ने र राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने विषयमा प्याकेजमै सहमति भएमा प्रधानमन्त्री माधवकुमार नेपालले पनि राजीनामा दिनुहुने नेताहरूले बताएका छन्।
राजनीतिक गतिरोध अन्त्य गर्ने उद्देश्यले सोमबार साँझ नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीका शर्ष् नेताहरूबीच वातर् भयो। वार्ता निकै सकारात्मक भएको नेताहरूले बताए पनि कुनै निष्कर्षभने निस्किएन।
माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकारले तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने निर्णय गरेको हिजो सोमबार एक वर्षपुगेको छ। सरकारको सो निर्णयराष्ट्रपति डा. रामवरण यादवले बदर गराउनुभएको थियो। सो निर्णयबदर भएपछि गत वैशाख २१ गते प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो। त्यसपछि माओवादीले निरन्तर चलाएका विभिन्न खाले आन्दोलन र एक वर्षछि यतिबेला मुलुकले आमहडतालको सामना गर्नुपरेको छ।













































